गीत : मैले छोएको पानी चल्दैन….

~विनु काफ्ले~

बिरानो यो मन्दिरमा, कुनै दियो बल्दैन
न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन

हेलामा बाचिरहेछु, कसरी तिमीलाई समेटु
के लेखिदियो भाबिले, कसरी यसलाई म मेटु
शितको थोपा हु म, मन्दिरको जल होइन
न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन

सधै म रमेको हुन्छु, आफ्नै छाँयाको साथमा
बुझ्नै सकिन मैले, कुन्नि के राख्या छ जातमा
दक्षिणको घाम हु म, पश्चिममा ढल्दैन
न आउ मेरो सामु तिमी, मैले छोएको पानी चल्दैन

शब्द : विनु काफ्ले
स्वर / सङ्गीत : एस कुमार
एल्बम : यो संसार / रिजन

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.