नेपाली पप गीत : फर्की हेरें मेरो जीवन तमाशा

~द हिमालय ब्याण्ड~

फर्की हेरें मेरो जीवन तमाशा जस्तो हो
सम्झी हिरें सपनामा त म मधुरै अधुरो
अधुरै अधुरो ।।

डर लाग्छ मलाई त यहाँ विश्वाशमा अडेसिनु
कर लाग्छ आज मलाई मायालु तिमीलाई बिर्सनु

नियाली हेरें सपना त म मधुरै अधुरो
फर्की हेरें मेरो जीवन तमाशा जस्तो हो
सम्झी हिरें बिपना त म मधुरै अधुरो
अधुरै अधुरो ।

रहर लाग्छ मलाई त आज मौनतालाई अङ्गाल्नु
कर लाग्छ आज मायालु तिमीलाई बिर्सनु
फर्की हेरें मेरो जीवन तमाशा जस्तो हो
सम्झी हिरें बिपना त म मधुरै अधुरो
अधुरै अधुरो ।

(युट्युबबाट ‘आविष्कार’ले टाईप गरिएको)

शब्द / सङ्गीत : द हिमालय ब्याण्ड
स्वर  : नोर्देन तेन्जिङ भुटिया

सन १९८१/८२ तिर हुन पर्छ होला यो गीत द हिमालय ब्याण्डले (७ जिआर) बिएफबीएस हङकङमा नोर्देन तेन्जिङ भुटियाको स्वरमा रेकोर्ड गराएको । हिमालयन्स ब्यान्डले यो गीत भन्दा अघि नै सुमधुर स्वरका धनी नोर्देन तेन्जिङ भुटियाको स्वरमा ‘गाजलुले आँखा छोप्ने’, ‘कहाँ तिम्रो मायालुलाई’, ‘मुसुमुसु हासीदेउन’, ‘मायाले माया गाँसिदेउ’ जस्ता गीतले हङकङ देखि नेपाल सम्म उधुमै मच्चाई सकेको थियो । हुन सक्छ पल्टने जीवनको ब्यस्तता आदिले होला त्यस्तो चर्चाको शिखरमा पुगेको ‘हिमालयन्स ब्यान्ड’ ले १९८३/८४ साल पछि साङ्गितिक यात्रालाई निरन्तरता दिन सकेन । तर आज पर्यन्त हिमालयन्स ब्यान्डको गीतहरू चर्चामा आईरहेकै छ, जनजिब्रोमा झुन्डीरहेकै छ ।

This entry was posted in नेपाली पप गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.