गजल : शीर कस्लाई पर्‍यो

~केशव गाहा ‘पाल्पाली’~

पाउ कस्लाई पर्‍यो शीर कस्लाई पर्‍यो
टुक्रा पारिइन आमा पीर कस्लाई पर्‍यो ?

लुछातानको खेल खेले छातीमा टेकी
तन ढाकेको उनको चीर कसलाई पर्‍यो ?

सेतो हिमाल अग्ला अग्ला पहाड थिए
होचो तराई अनि भीर कसलाई पर्‍यो ?

सबै खुशी छन आमा मारी चल्दैछ भोज
मिठो हलुवासँग खिर कसलाई पर्‍यो ?

आँशु झारेर रुंदै थिइन विचरी आमा
चट्टै काटिंदा अश्रु नीर कसलाई पर्‍यो ?
(२०७२ भदौ २० गते )

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ४० – Sep, 9, 2015 – २०७२ भाद्र २३ गते, बुधबार )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.