एकाङ्की : लाग्छ ऊ आझ छिट्टै निदाएछ

~सुरेश प्रसाद अर्याल~

पात्रहरू:-
———–
1-ऊ÷ एउटा युवक,पढे-लेखेको;साधारण…,आजको युवा
2-आमा÷ त्यो युवकको आमा
3-पाले÷ त्यो टोलको पाले

(आमा र पाले दर्शकको सामु आउदैनन्,बोली मात्र सुनिन्छ)

***

(नाटकको प्रारम्भ,पर्दा उठ्छ..)

[विध्यार्थीको जस्तै देखिने कोठा।ढोकाबाट भित्र पस्न साथ देखिन्छ-अगाडिको भित्तोमा हिमालयको ठूलो पोस्टर,दाहिने कुनो तर्फ एउटा पलंग,देब्रे तिर एउटा स्टडी टेबल,टेबलमा केहि किताबहरू,अनि ठूलो झ्याल,टेबल र पलंगको बिचमा बुक- र्याक..आदि-ईत्यादि…]

छेउकै कोठाबाट आमाको आवाज आउछ-
“बाबु!निदाईस् र?!”

ऊ-“अ आमा!निदाउनै थाल्या छु।”

आमा-“ऐऐ!अनि बाबु के भयो त आझ अन्तर्वाता तेरो?”

ऊ-“ठिकै भयो आमा!काँल गर्छु भन्या छ!!”

खामोशी केहि बेरको…

बाटोबाट पालेको आवाज÷”जाग्दै गर्नुस्!सुरक्षित सुत्नुस्!!

ऊ आफैमा बड्बडाउछ-“देशमा जागिरको त कुरै हरायो…खाएर नि के गर्ने!!खान नि पेल्नै पर्यो पैशा..अनि तलब….नास्ता गर्न नि नपुग्ने…!!

आमा-“बत्ति आफ नगर्या अझै?!सुत बाबु..भोली नि त छिट्टै उठ्ने भन्दैथिस् नि।”

ऊ-“हस् आमा।अब सुते!”

झ्यालमा उभिएर बाहिर चिहाउदै,आफैमा-“उफ्फ..साला निन्द्रै लाग्दैन!याहाको जागीर त आशै हरायो..!विदेशीन्छु भन्दा नि उहि कुरो-पैशा…पैशा..पैशा!!

आमा-“बुबाको औखती ल्या हो त तैले?”

ऊ-“बिर्सेछु..भोली ल्याउछु।”

आमा-“ऐऐ तर फेरि नबिर्सनु ल!!”

ऊ फेरि आफैमा बड्बडाउछ-“पैशा भा पो औखती आउछ!!उफ्फ्!!स्यामे साला अमेरिका जाने रे!!मीरा अस्ट्रेलिया!!सबैले बिर्सने छन्।आफु…!”

आमा-“सुत के बाबु!!बिजुलीको बिल अति आउन थाल्या छ।”

ऊ(झिझ्झिदै)-हस् हस् हस् उफ्फ्फ्…!!(अनि बत्ति आफ गर्छ र बेडमा पल्टिदै):-“कस्लाई के को रन्को कस्लाई के को रन्को..!!

तल बाटोबाट फेरि पालेको आवाज आउछ-“जाग्दै गर्नुस!..सुरक्षित सुत्नुस्!!”

ऊस्को मोबाईल बज्छ!

(आफैमा):-“को होला यति राती?!!ऐ!!मामा!!हजुर मामा!भन्नुस्!के रे?!!”…..

कहि बेर पछि फोन काटिन्छ।

चेहरामा अति नै छट्पटाहट अनि पिडाको भाव देखिन्छ!ऊ फेरि झ्याल तिर जान्छ,केहि बेर बाहिर टोलाउछ अनि बड्बडाउदै फर्किन्छ:-“के भा छ र मलाई?कसरि म मेडिकलमा अनफिट?कसरि??!!नराम्रो आजसम्म छुया छैन,गर्या छैन…हे भगवान!!किन म संगै यो सब??!!”

ऊ बेहोश झै भएर गनद्रम्म लड्छ पलंगमा…!!

सन्नाटा…

आमा-“निदाईस् र बाबु?”

प्रतिउत्तर आउदैन।

आमा(अलि टाठो स्वरमा फेरि):-निदाई सक्या हो र त?”

प्रतिउत्तर आउदैन फेरि पनि!!सुनसान.. !!

आमा(आफैमा):-थाकेछ आज,कहिल्लै थाक्दिन भन्ने मान्छे!!छिट्टै निदाएछ!!”

तल बाटोबाट फेरि पालेको आवाज:-जाग्दै गर्नुस्!…सुरक्षित सुत्नुस्!!!!

[बिस्तारै पर्दा गिर्छ..)

[बिचारा आमालाई के थाहा?!!ऊ सधा-सधाको लागि निदाई सकेको थियो…!!]

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.