कविता : बिर्खेको समाज

~अनुष्कर पुष्कर गुरुङ~

भिन्न भिन्न रंगहरुले सृजना भएको
बीर्खेको समाज लंगड़ो छ !
हेर्नुहोस बीर्खेको हतकेलाका चक्रहरुलाई
कुण्ठित भई बसेका छन्
निमुखा भई बसेका छन् बीर्खेको परीवार
बसेका छन् सडंकमा सुकुमबासी भई
नत गाँस ,बास र कपास !
हुरुरुरुरुरु….समाजमा रुड़बतास चलेको बेला
बीर्खे चिल्लाई चिल्लाई सहयोग मागिरहेको छ
लंगड़ो समाजका देविदेवताहरु
नसुने झै गरिरहेको छ
बीर्खेको घरको भित्ता हुरीले उड़ाइ लगेछ
एकैक्षणमा फेरी अर्को भित्ता
फेरी उड़ायो बीर्खेको आशाको छानो
बिश्वासको छानो ,प्रेमको छानो,परीवारको भरोसाको छानो
उड़ायो बीर्खेको घरको छानो !
बीर्खे ए बीर्खे कहिले दिन्छस्
तैले मेरो हातको झापट खोजेको
बुझदैनस् तैले मेरो मुखले भनेको
कि झापटले बुझछस् !
बीर्खेको नीधारमा पसीना , मस्तिष्कमा पसीना
पसाना बीर्खेको जीवनमा , पसीना बीर्खेको घरमा
पसीना बीर्खेको परीवारीक जीवनमा !
बीर्खेको मनमा प्रश्न छ कहिले चुक्ता गर्ने होला
साहुको पैसा ,कहिले छुटिने होला साहुको गालीबाट
कहिले मुक्तभई बाच्नु होला यो समाजमा !
बीर्खेको घरबार छिन्यो , पस्यो साहुको खल्तिमा
बीर्खेको बीश्वासको घर ,आशाको घर ,भरोसाको घर
आज बीर्खेको जीवनमा पह्रेरो आएको छ
बीर्खे कुदिरहेको छ धनेको घर ,मनेको घर
कुदिरहेको छ समाजमा
दया र सहयोगको झोला फिंजाई
भोकको निम्ति भिख होइन
बिश्वासको घरको निम्ति भिख मांगदै
तर
बीर्खेले कत्तैबाट पाइएन सहयोग
समाजमा रहेर पनि बीर्खे टाड़ासुदुर
दु:खदायी जीवनमा बाचिरहेको छ
बीर्खेको परीवार बाचिरहेको छ सड़कमा
भगवानको नाम केहि दिनुहोस भन्दै
दया गर्नुहोस हजुर भन्दै …..!
आज बीर्खेको घर साहुको खल्तिमा छ
बीर्खे भने सड़मा हात फैलाई रहेको छ …….!!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.