कविता : माइला दाइको उद्घोष

~रामप्रकाश पुरी~

उहिले कुनै दिनमा, कुनै समयमा
डाँडामाथिको सूर्यको पाइलामा हिडिरहेको
जीवनको उत्तराद्र्ध क्षणमा
भोलि आउने दिनको कुरा गर्दै
हाम्रो बुवाले माइला दाइलाई
केही कुरा सोधेको
ताजै छ मेरो मानसपटलमा ।
ए माइला घ् यो पारिको पाखामा
हाम्रो पालामा ऐसलु र काफल पाक्थे,
ढुकुरहरm गुन्गुनाउँथे
चराहरm कुरकुर गर्थे
मृगशावकहरm उफ्रिदै खेल्दै
आँगनीको बिस्कुनमा चिप्लिन्थे,
तर अब नाङ्गो छ पाखा
सुनसान छ आँगन,
न त रmख छ
न त चराहरm छन् ,
के हुने होला भोलि ?

आँगनीको डिलमा उभिई
कसैलाई पर्खिरहे जस्तो
कतैतिर जान लागे जस्तो
केही सोचिरहे जस्तो पनि
केही बुझिरहे जस्तो पनि ¤
खैर घ् जे भएतापनि
माइला दाइको पनि उत्तर आयो–
हो बाबा,
उहिले हजूरको पालामा
प्रकृतिमय थियो भूगोल ¤
तर पनि अन्धकारको कूचो लिएर
विर्तावाल राजाको लौरो
कूत झार्दै दौडिन्थ्यो ती जङ्गलका गाउँहरmमा,
हूकुमको सत्ता चल्थ्यो लौराको
नतमस्तक झुक्थे मान्छेहरm
राजाको लौराका सामू ।
तर अव छैनन् तिनीहरm,
जङ्गलमा लुकीलुकी
अधिकारको भोजन गर्ने बाघहरm
अँध्यारोमा शासन गर्ने राजाहरm
लौरा सामू झुक्ने मान्छेहरm
आज छैनन् त्यही रmपमा ¤
प्रकृति बद्लिएको छ,
मान्छेहरm पनि बद्लिएका छन् ¤

आफूमाथि शासन गर्ने कालो युगलाई
नमन गर्ने मान्छेहरmले
मुक्तियुद्धको लडाइँमा
अधिकारको गोली प्रहार गरी
मृत्युशैय्यामा सुताइदिए,
र बद्लियो नाङ्गो पाखोमा ।
अब त्यहाँ काले र सेतेहरmको पसिनाले
वहार उमार्ने योजना बनेको छ,
जीवनका सङ्गीतहरm
स्वतन्त्रता र अधिकारका गजलहरmको
भाका लिएर ढुकुर र कोइलीहरmलाई
आउनका लागि निम्तो गएको छ ।
विहानको राता घामका
पाइलाहरm बनाउँदै
मानवताका लामवन्दीहरmमा
भोलि रक्तरञ्जित हुँदैै आउने कुरा छ ।

माइला दाइको कुराले मौन बुवा
केही वर्षसम्म विगतको वहारको सम्झना गर्दै
नाङ्गो पाखामा सेते र कालेको अभियान हेर्दै
भोलिको रmखको सानो विरmवालाई
र उसको भविष्यलाई सोच्दै
एकदिन दिवङ्गत हुनुभयो ।

आज वीस वर्षपछि पनि,
माइला दाइले उद्घोष गरेका ती सत्यहरmमा
मुक्ति अभियानहरm चलिरहेकै छन् ।
तर जिउँदा छैनन् कुनै पनि विरmवाहरm
उभिएका छैनन् कुनै पनि रmखहरm ¤
सुनिएका छैनन् चराहरmका कुरकुरहरm ।
झन् झन् पहिरो जाने विपदहरm थपिएका छन्,
काले र सेते वीचमा
अंशवण्डाको कलह उठ्न थालेको छ ¤
अब डर छ कालो युगको पुनर्रागमनको,
अब त्रास छ जङ्गलका बाघहरmको
अब सन्त्रास छ भूतबनेका राजाहरmको ¤
सानो विरmवा,
सेते र कालेको तानातानमा
कता किचिने हो,
स्वयम् सेते र कालेका सपनाहरm
उनीहरm आफ्नै हर्कतका शिकार भएर
मर्ने हुन् कि भन्ने हल्ला फैलिएका बेला
बुवाको उहिलेको प्रश्न फेरि दोहोरिएको छ–
भोलि के होला ?

तर पनि माइला दाइको उद्घोष जारी छ–
यहाँ नाङ्गो पाखो हुने छैन
जाग्ने छैनन् भूतहरू
झगडियाहरूलाई नाङ्गेझार बनाएर
उत्पत्ति हुनेछन् अब यहाँ
नयाँ नयाँ सेतेहरू
नयाँ नयाँ कालेहरू
भोलिको नयाँ युगको विरासत उठाएर
आउने छन् सेते र कालेहरू ¤
भोलि हुने छ सुनौलो
भोलि हुने छ मानवताको
भोलि हुने छ स्वतन्त्रताको
भोलि हुने छ न्यायको ¤
ए राँइला, काँइला, साहिंला, कान्छा, दिदी र वहिनीहरू,
आऊ यो बाटोमा हिडौँ
आऊ नयाँ सङ्घर्षमा जुटौँ ।

–२०७१ कार्तिक १४ गते

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १ – Nov. 12, 2014 – २०७१ कार्तिक २७ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.