~दिपक अभिमन्यू~
रक्सीको नशा जति पनि भर गरिनौ किन ?
टाढा हुदा पीडा भए खै नजिक सरिनौ किन ?
आफुलाई भन्दा धेरै माया गरेकै थिएँ गर्छुपनि
खै किन हो यो आँखाको सागर तरिनौ किन ?
तिम्रै लागि यो मनमा बिस्कुन फिजाएकै थिएँ
भर भएन कि के हो यो मनभरि चरिनौ किन?
सपनाहरु बुनेर राखेकी थियौ सायद मनभरि
शिखरमाथ्यो नजर त्यो मेरो बेंसी झरिनौ किन?