गजल : जुनेली तिमी हौ !

~सूर्य चापागाईं~

तिमी जून हौ कि जुनेली तिमी हौ !
कतै पूर्णिमाकी उजेली तिमी हौ !

भयो बाग प्यारो तिमी आउनाले
जसै चिर्बिरायौ जुरेली तिमी हौ !

कढा धूपमा सासको धाप बढ्दा
खडेरी पवनकी सुरेली तिमी हौ ।

तिमी बग्दछ्यौ गीतझैँ यी नयनमा
नदीको नीलो नागबेली तिमी हौ ।

तिमी हाँस्दछ्यौ मञ्जरी पालुवामा
वसन्ती छटाकी चमेली तिमी हौ ।

उषा हौ तिमी प्रात भै साथ चल्ने
सधैँ ‘सूर्य’लाई सहेली तिमी हौ ।

-कुरुले तेनुपा, धनकुटा ।
हाल : काठमाडौं

(स्रोत : काव्यकुञ्ज डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.