~हेमबहादुर गन्धर्व~
छुवाछूतमुक्त राष्ट्र कानुन बन्यो समान
जातभात भन्ने अब गयो जमाना
आफ्नो मन आफ्नो खुशी रातो सिन्दुर छरिन्छ
इच्छा लागे अन्तरजातीय बिहे गरिन्छ
मान्छे मान्छे रातो रगत निलो कतै देखिन्न
निधारमा सानो जात कतै लेखिन्न
उँचो निच जातभात यो भ्रममा परिन्न
बाआमाको करकापले बिहे गरिन्न
जातीयता मुर्दावाद अब नारा लाइन्छ
यो तीजमा समानताको गीत गाइन्छ
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३९ – Aug.27, 2014 – २०७१ भाद्र ११, बुधबार)