कविता : बुर्काले ढाकिएको मरुभुमि

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

ओ, मरुभुमि
तिम्रो पक्षमा
साक्षि नराख मलाई
तिम्रो खिलाबमा उठेको कुनै बहसमा
न त म बोल्न सकिरहेको छुँ
न त म स्मरण गर्न सकिरहेको छुँ
न त म सुन्न सकिरहेको छुँ
न त म केहि देख्न सकिरहेको हुन्छु ।

जल्लादहरुको अदालतमा
निष्कृय हुन्छु
उनीहरुको दिमाख भरिएको मेसिन हुन्छु
म निक्कै दबाबमा पारिएको छु ।

र, तिमी तिम्रो पुनराबेदनको सुनुवाईमा
फेरि यस पटक पनि
अपराधी घोषित गरिने छौ
किनकि तिमीले
संसार हेर्न बुर्का हटाउन खोज्यौ
संसारले तिमीलाई पनि देख्न सकोस भन्यौ
बुर्का भित्रका आगोहरु बाहिर निकाल्न खोज्यौ
तिमीले गरेको महाअपराधहरु यहि हुन् ।

उनीहरु गलत छन्
साक्षि नराख मलाई तिम्रो पक्षमा
किनकि
मैले संसार देखेको छु
बुर्काले छेक्तैन मलाई
र, संसारले मलाई देखे पनि नदेखे झैं गरेको हुन्छ
संसार आफै बुर्का ओडेको छ
तिमी र संसार एउटै देख्छु
तर तिमी अपराधी होइनौं
बरु तिमीलाई अपराधी देख्ने संसार नै अपराधी हो ।

अब आफ्नो निसाफको लागि
घरिघरिको पुनराबेदन होइन
अन्तिम लडाईं लड बरु
अपराधी संसारको बिरुद्ध साक्षी भेला पार्छु बरु
र तेस्को बिरुद्धमा बयान दिन्छु
एउटा दिगो आवाज उठाउ
मरुभुमिको
तातो हावालाई सितल बनाउन
अन्तिम लडाईको लागि अब बुर्का उघार ।

(१४ अगस्ट २०१४, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.