~शेखर ‘अस्तित्व’~
गमलाको फुल हैन, वनको काँडेघारी हुँ म !
सौभाग्य हो मेरो न त वारी न त पारी हुँ म !
तिमीजस्तो हलुँगो म भा’को भए तरिहाल्थें !
डुबेपछि थाहा पाएँ तिमीभन्दा भारी हुँ म !
बन्दुक बोकी जँगल छिर्ने घाती भाईमारा हैन,
कलम बोकी विचार छर्ने क्रान्तिको चिनारी हुँ म !
कुर्सी पाई मख्ख पर्दै बिर्सेका छन् बाँदरहरु !
लाटो जनता हैन तिनको लागि त मदारी हुँ म !
‘अस्तित्व’का जरा खन्ने, पात टिपी फर्केकाछन् !
आजको सिकारु हैन, उहिल्यैको शिकारी हुँ म !
बुटवल–६
हाल : मुम्बई,