~किरण खरेल~
सागर हो स्वास्नीमान्छे
उ त बुझ पचाउन सक्छे
सारा रहस्य छातीभित्रै लुकाउन सक्छे
सागर हो स्वास्नीमान्छे
अङगालोबाट आफूलाई उ जान्दछे छुटाउन
बिटुला ओठहरूलाई उ सक्दछे पखाल्न
उ अभिनय गरेर आशु खसाल्न सक्छे
भाबुक लोग्नेमान्छेलाई छिनमै भुलाउन सक्छे
सागर हो स्वास्नीमान्छे
घुम्टो उघारी हेर्दा उ जान्दछे लजाउन
आँखामा धेरै कुरा उ सक्दछे अटाउन
उ अनेक ख्याल पारी पवित्र बन्न सक्छे
हर एक सत्यलाई कहानी भन्न सक्छे
सागर हो स्वास्नीमान्छे
रचना : किरण खरेल
सङ्गीत : शिवशङ्कर
स्वर : माणिकरत्न