कविता : सपनाको कुरा

~उपेन्द्र सुब्बा~Upendra Subba_1

हिजो राति सपनामा
तागेरानिवाफुङ्माङ आएर
यसो भनिन्-
ल कान्छा
जे छोइस् तेरो भो।

तब मैले
माटो छोएँ,
ढुङ्गा छोएँ,
हावा छोएँ,
पानी छोएँ,
खोला छोएँ,
आगो छोएँ
सप्पैसप्पै मेरो भयो।

र स्वयम्लाई छुन खोज्दा बिम्झिएँ
बाँकी रात निद्रा लागेन
छुकछुक् लागिरह्यो
तिमीलाई छुनु थियो, कसो छोइनँ।

अर्थ :
तागेरानिवाफुङ्माङ- लिम्बु जातीमा स्वयम्भू, सर्वव्यापी, निराकार र निर्गन।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.