लोक गीत : डल्ली मगर्नी

~सङ्कलन : जङ्गबहादुर गन्धर्व~

डल्ली मगर्नी हो सुन माया
बोल्न मन लाग्दैन हो पीर पर्या सि
पीर पर्या सि हो सुन माया
बोल्न मन लाग्दैन हो पीर पर्या सि

चोली सियाउदेऊ मखमलीको सेप्टी लाइदेऊ चुलको
माया दिउँला हृदयको औंठी दिउँला सुनको
सोह्र वर्ष जोवन रैछ अहिले तिमी धन
दुखियाले लाको माया अहिले तिमी मान

रातदिन रोइ बस्छु तिम्रो सम्झनाले
बिपनामा उठी हिंड्छु मनको कल्पनाले
मर्चङदीको स्वर मिठो सारंगीको ताँती
माया गर्न कोही छैन एक्लो चिहानमाथि

शब्द सङ्कलन – जङ्गबहादुर गन्धर्व
सङ्गीत \ स्वर – कुमार बस्नेत
एल्बम – लोक कोशेली

This entry was posted in लोक गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.