~प्रेम लिम्बु नुगो~
उडी जाने जेट होईन गुडी जाने रेल होईन।
तिम्रो मेरो पिरती दुई दिनको खेल होईन।।
उडी जाने जेट होईन ………………..……………
उडी जाने पुतलीको पानी मुनी पर्यो छाँया।
छोडी जाने निष्ठूरीको पनि लाग्दो रैछ माया।।
सर्सिउको तेल होईन परीक्षाको फेल होईन।
तिम्रो मेरो पिरती दुई दिनको खेल होईन।
उडी जाने जेट होईन ………………..……………
चखेवा र चखेवीले काटी सके नौ डाँडा ।
तिम्रो मेरो पिरतीले जलिसक्यो दुनियाँ सारा।।
पर्खालको जेल होईन हतकडी र नेल होईन।
तिम्रो मेरो पिरती दुई दिनको खेल होईन ।।
उडी जाने जेट होईन ………………..…………..
* नोट : 1999मा रेडियो नेपालमा भएको आधुनिक गीत सम्मेलनमा भाग लिई आफ्नै लेखन, आफ्नै संगित र आफैले गाएको यो गीतको एक झलक ।
प्रेम लिम्बु नुगो
ईटहरा- 4 मोरङ, कोशी, नेपाल।
हालः दुबई (यु. ए. ई.)