गजल : सगरमाथामा सिर छ

~कल्पना पौडेल जिज्ञाशु~

हाम्रो गौरव त्यो सगरमाथामा सिर छ
तराईमा सम्मो फाँट, पहाडमा भीर छ

लाली गुराँस धकमक्क फुल्ने बन पाखा
मेचीकोसी सेती नदी गन्डकीको तिर छ

गरिब जनतालाई हातमुख जोड्नु छैन
पुँजीपति सामन्तीलाई दिनहुँ खिर छ

हाम्रै खुन पसिनाको धुकुटी रित्याएर
केही नेतालाई देश विदेश फिर छ

धैर्यताको सिमा नाघेपछि अत्याचारले
मन्त्रीको गाला पनि चड्काउने वीर छ

–गैडाकोट–४,नवलपरासी, (हाल इजरायल)

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ७ – Dec. 26, 2012 – २०६९ पौष ११ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.