कविता : संविधान तिमी आऊ

~एस. दिवस~

भोका पेटहरूका निम्ति अनिकाल हैन सहकाल बनेर आऊ
भोकै मर्न बाध्य हुनेहरूका लागि विष हैन पियुष बनेर आऊ
भोका पेटहरूमा मुसा दौडिने गरी हैन माछा पौडिने गरी आऊ
सविधान तिमी ¤ कोही भोको अनि कोही रो’को देख्नै नपर्ने गरी आउ

आकाशमुनि बास बस्नेहरूलाई डर हैन घर दिने गरी आऊ
ओत लाग्ने ठाउँ नपा’काहरूलाई त्रास हैन बास दिनेगरी आऊ
रुखमुनि रात काट्नेहरूलाई तिमी पासो हैन हाँसो बनेर आऊ
संविधान तिमी ¤ कुतत्व छिर्नै नसक्ने धोखा हैन ढोका बनेर आऊ

ती नाङ्गे भुतुड्डेहरूका लागि बेइज्जत हैन इज्जत बनेर आऊ
कठ््याङ्ग्रिएका तनहरूका लागि आवास साथै कपास बनेर आउ
थरर्र मुटु नै काम्ने शीत हैन तिमी जाडो थाम्ने मीत बनेर आऊ
संंविधान तिमी ¤ गरिबका लागि भूत हैन प्रिय दुत बनेर आऊ

जोड्दै अशक्तसँग सशक्त नाता स्वास्थ्य जीवन दाता बनेर आऊ
धनि–गरिबबीच असमान हैन समान उपचार बनेर आऊ
भोकानाङ्गाहरूका लागि सःशुल्क हैन निःशुल्क उपचार लिई आऊ
संविधान तिमी ¤ विभेदकारी हैन हितकारी स्वास्थ्य सेवा लिई आऊ

दुःखीहरूका लागि अशिक्षाको कालो हैन शिक्षाको उज्यालो बनी आऊ
हैन धनिमानीहरूको एकाधिकार निर्धाहरूको अधिकार बनी आऊ
बेकम्मा थोत्रो अवैज्ञानिक हैन वैज्ञानिक शिक्षा नीति लिएर आऊ
संविधान तिमी ¤ सदा सुखी एवं निर्धामुखी अधिकार लिएर आऊ

दीनदुःखीहरूका लागि बेरोजगार हैन स्वरोजगार बनी आऊ
युवालाई विदेशी भूमी हैन स्वदेशी भूमिमै रोजगार बनी आऊ
योग्यता सीप हेरी रोजगार क्षमता हेरी स्वरोजगार लिई आऊ
संविधान तिमी ¤ सक्दैनौ भने दक्षता अनुसार अक्षता लिई आऊ

क्रुर अपराधीहरूलाई माफी हैन काफी सजाय दिने गरी आऊ
कुतत्वहरूलाई सदाबहादर हैन नाङ्गेझार नै पार्ने गरी आऊ
स्वतन्त्र भई बाँच्ने अधिकार अनिश्चित हैन सुनिश्चित गर्दै आऊ
संविधान तिमी ¤ गास, बास र कपासको ग्यारेन्टी गर्दै आऊ

(लेखनाथ–७, पोखरा)

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अंक ११, – Feb. 4, 2015 – २०७१ माघ २१, बुधवार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.