गजल : मरी मरी वाँच्नु पर्ने

~विनय राजोपाध्याय~

दिन दिनै मर्नु पर्ने , मरी मरी वाँच्नु पर्ने
जीवन यो कस्तो मेरो रुंदा रुंदै हाँस्नु पर्ने

सुखि हुन खुशी हुन , जति सुकै खोजे पनि
दुःख पीर वर्षे पछि ,जसै तसै थाप्नु पर्ने

दुःख पीर लुकाउन , सुखि जस्तै देखाउन
भित्र आँशु झरे पनि , ओठमा हाँसो राख्नु पर्ने

छिया छिया भए पनि , छाती भित्रै पोले पनि
टुक्रा टुक्रा मुटुलाई , जसै तसै गाँस्नु पर्ने

जिन्दगीको मोडै मोडमा , सफलताको खोजै खोजमा
जानी जानी झुठो वोली , सवैलाई ढाँट्नु पर्ने

कस्तो जुनी मेरो यो ? जिउनलाई नै गाह्रो भो
विवशता छ जताततै , आफ्नै हात बाँध्नु पर्ने

मेरो भन्ने जीवन पनि , मेरो आफ्नै होईन जस्तो
परिस्थितीले जता ठेल्यो , उतै उतै लाग्नु पर्ने

कुलेश्वर आवास
binayab5@yahoo.com

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.