~नारायण योगी~
घरको पिर सम्झी सम्झी दुख्छ मेरो घाउ
पसिनाले दाम साटेर पठाएको छु दिल नदुखाउ
कहिले डुल्छु रनवन कहिले भेँडी गोठ
कहिले हुन्छु तातो हावामा मरूभूमिको फाँट
साथीसँगी सम्झी सम्झी छिन छिनमा रून्छ मन
एक्लै एक्लै तड्पी हिँडदा आँशु छुट्छ धेरै झन्
घरको पिर ……….
सपना झैँ भयो चिसो हावा त्यो धर्तीको सुवाष
परदेशी सम्झी सम्झी वन पाखा छन् कि उदास
के गर्दै होलिन् प्रियाले आजकाल भिरपाखा बारीमा
सपना झैँ लाग्छ मुगलानको ठाउँ कङ्क्रिटको जङ्गलमा
घरको पिर ……….
कहिले आउला परदेशै छाडी स्वदेशमै रम्ने दिन
हाम्रो पौरखले सिञ्चिदा धर्ती खुशीले नाच्दी हुन्
बैरीले गर्दा यो दिन खेप्न पर्दै छ हामीलाई
यो चलन तोडन नउठी भएन देश–परदेशका दाजुभाइ
घरको पिर …………..
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १८ – March 25, 2015 – २०७१ चैत्र ११ गते, बुधबार)