कविता : कमरेड दासनुदास

~शरद पाैडेल~

म हनुमान !
कत्ति उत्तेजित छैन कमरेड !
जे उचित लाग्छ कमरेडलाई
अाजकाे उचित
र मेराे उचित पनि त्यहि नै हाे ।
र लाग्छ जे खराब हजुरलाइ
साेच्न र साेध्नै पर्दैन मलाई
शतप्रतिशत खराव पनि त्यहि नै हाे ।

म हनुमान !
मलाई
अाँफैले साेच्ने बिचार्ने लेठाे नदिईयाेस ।
के बाेक्ने हाे ? कति बाेक्ने हाे ?
अाज्ञा मात्र हाेस
भ्याए जति सामर्थ्यले
म बाेक्नेछु र हिंड्नेछु कमरेड !
अहं
म माथि किमार्थ शंका नगरियाेस
म हनुमान !
मलाई चाकरीमै रमाउन दिईयाेस ।

रङकाे भेउ भएन कमरेड
हजुरकाे राताे
मेराे पनि राताे ।
हजुरकाे कालाे
मेराे पनि त कालाे ।
कसरी बन्छन
हजुरका रात
मेरा लागि दिनहरू ?
कसरी बन्छन र
हजुरका दिन
मेरालागि रातहरू ?

म हनुमान हुँ कमरेड!
मलाई भजन गाऊन दिईयाेस
मलाई त अारती गर्न दिईयाेस ।
अहं बिचार्न नभनियाेस केहि
तामेलिका लागि
केवल केवल अादेश दिईयाेस ।
केवल केवल फर्मान दिईयाेस ।।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.