~गोविन्दप्रसाद आचार्य~
एक जमाना यस्तो थियो, सङ्कल्प परिवार र बेदना परिवार साहित्य र संस्कृतिका क्षेत्रमा दरो प्रतिस्पर्धा गर्थे । तिनीहरूका गीत÷सङ्गीत र वैचारिक धरातल साहित्य, संस्कृतिका गतिविधिसमान थिए । यी दुई भिन्न रेखाका रूपमा देखा परे ३५÷३६ सालतिर । यिनीहरूको वैचारिक धरालत पनि मिल्दो थियो । कसैले बेग्लै विचारका हुन भनेर छुट्याउन सक्दैनथे । राजनीतिक विवादका कारणले यिनीहरूभित्र केही असर त अवश्य थियो । तर सर्वसाधारणले वैचारिक भिन्नता छुट्याउन सक्दैनथे । यस्तो लाग्थ्यो कि यी दुई वटा सांस्कृतिक समूह किन भिन्न भएका होलान् ? एउटै भए कति रमाइलो हुन्थ्यो होला ? तर यहाँभित्र वैचारिक प्रभाव चर्को थियो । कतिपय विवाद त धेरै पछि गएर मात्र स्पष्ट हुँदै गए । त्यही सन्दर्भमा मैले सङ्कल्प परिवारका गीत र अन्य साहित्य दुःख–कष्टका साथ पढेको थिएँ । जुन गीतमा पनि श्याम तमोटको नाम भेट्थे । त्यो बेलाको आखाँले हेर्दा वैचारिक धरातल नखस्किएको जनवादी संस्कृति र साहित्यको धारका सशक्त प्रतिभाको रूपमा उनलाई स्वीकार गर्न सकिन्छ । मेरा दुवै आँखाहरू आजभोलि श्याम टमोट के गर्छन् ? वामपन्थी आन्दोलन र टुटफुटको यात्राले उनलाई कहाँ पु¥यायो ? उनी कसको अंशमा परे ? भनेर खोजिरहन्छ । तर मलाई केही थाहा छैन । उनको र मेरो परिचय सम्भवतः नहोला ।
उनको गीतिसङ्ग्रह जीवनमुखी गीतको सँगालो एकता प्रकाशनले २०५८ मा पहिलो संस्करण र २०६८ मा दोस्रो संस्करणका रूपमा बाहिर ल्याएको छ । पुस्तक एकता प्रकाशनसँग मैले मागँ,े तर मलाई दिइएन । सज्जन भाइबाट मैले यो पुस्तक प्राप्त गरेँ । ७५ वटा गीतहरू यसमा सङ्ग्रहित छन् । यी गीतहरू यस्ता देखिन्छन् कि हिजो लेखिएका भएता पनि यी कहिल्यै पुराना हुँदैनन् । यी गीतहरू त्यस्तो कारखानाबाट उत्पन्न भए, जसलाई कुनै पनि युगले च्यात्न सक्दैन । देशमा नौलो जनवादी व्यवस्थाको स्थापना समाजवाद हुँदै साम्यवादसम्मको यात्रा र गरिब सर्वहाराहरूले आप्mनो अधिकार प्राप्त गरेर शान्तिको साहस फेर्दाको दिन यी गीतहरू च्यातिन सकिएला घ् जीवन रसमा सुख र दुःख लेख्दै आँसु र पसिनालाई मसी बनाएर भोलिको सुख र मुक्तिको यात्रामा रमाउँदै, गीतभित्र जीवन गाउँद,ै बालकदेखि बृद्धसम्म सबैको मर्म बोकेर जागरणको स्वाद चखाउँदै, जीवनप्रतिको निरासमा पखालेर आशाको उज्यालो छर्दै श्याम तमोटका गीतहरू देखा परेका छन् । यी गीतहरूले कसको मुटु नछोलान् र ? समाजवादप्रति देखा परेको पुँजीवादको भ्रमलाई उनका गीतले राम्ररी चुनौती दिन्छन् । पुँजीवाद मक्कएको व्यवस्था हो । यसले जतिसुकै भ्रम छरे पनि यो टिक्न सक्दैन । यसको मृत्यु आफूले छरेको भ्रमजालभित्र जेलिएर घाँटी पासो लाउँदै हुनेछ । हरेक गीतको अन्तिम निस्कर्र्षले यही बताउँछन् । प्रकृतिलाई मानवीयकरण गर्दै जीवनबोधको रसमा प्रयोग गरेका छन् । प्रकृति र मानवका बीच गहिरो सम्बन्ध छ । प्रकृतिमा रमाउने किसानहरूलाई पुँजीवादको पीडाले घोचिरहेको छ । पुँजीवादको नक्कली नाटकभित्र सुधारको खोल ओढेका अवसरवादीहरू मानवताको ढवाङ र स्वाङ रच्छन् तर यथार्थमा जीवनबोध गर्दैनन् भन्ने विषयतर्फ गीतका भावनाहरू सशक्त रूपमा बगेका छन् ।
यस सङ्ग्रहमा राष्ट्रवाद, अन्तर्राष्ट्रिय परिस्थिति देशको कहालीलाग्दो अवस्थाबारे त विस्तृत चर्चा गरिएको छ । यस सङ्ग्रहमा गीतहरू छोटा छन् तर बुनाइ कलात्मक छ । भनाइ सरल छ । प्रस्तुति सरल छ । विषयको धरातल यथार्थ छ । उद्देश्यले धेरै पटक देख्छन् । लक्ष्यका आँखा चनाखा छन् । लक्षित विचार चेतनामूलक छन् । भावनाहरू संसार बदल्नमा प्रेरित छन् । उत्साहित आसा छ । मानवीय चिन्तन छ । विकृतिले पारेको प्रभावको चर्चा गर्दै त्यसलाई मिल्काउने उपाय समेत यी गीतहरूले बताएका छन् । पुँजीवादले गरेका अमानवीय र विकृतिको व्यवहार राम्ररी चर्चा गरिएको छ । गीतहरू व्यावहारिक छन् । यी आवाजहरू नेपालका मात्र होइनन्, संसारभरिका सर्वहाराका हुन् । दुःख पाउनेका हुन् । सुखी जीवनको आशामा आवाजहरू कसरी मुखरित हुनु पर्छ भन्ने चिन्तनमा आधारित छन् ।
यस सङ्ग्रहमा श्याम तमोट युगयुगसम्म बाँच्न सक्छन् । आफू मात्र बाँच्ने होइन, गरिब सर्वहाराको आवाज बचाउने छन् । यसरी यस गीतका ७५ वटा शीर्षकले एकमुष्ट भएर भनिरहेछन्— प्रतिकृयावादी सत्ता पल्टाऊ । गरिबको राज्य निर्माण गर । भ्रमभित्र नपर । असत्तिका जालहरू च्यातिदेऊ । मुक्तिका लागि सङ्घर्ष गर । जीवनमा रोएर होइन, सङ्घर्षले हाँसेर बाँच्नु पर्छ भन्ने जीवनबोधको यथार्थ चिन्तन राम्ररी गरिएको छ । गीतहरू सन्देशमूलक छन् । भाषा जनस्तरको छ । गीतहरू पढ्दा जुरूक्क उठेर बन्दुक बोकेर प्रतिक्रियावादी व्यवस्थालाई ढाल्न मन लाग्छ । अन्यायका परिस्थितिहरू देखाउँदै न्याय र सत्यको उज्यालो पनि तिनै गीतभित्र देखाइएको छ ।
अन्त्यमा के भन्न सकिन्छ भने श्याम तमोट जनआवाजका धनी व्यक्तित्व हुन् । उनको यस गीतिसङ्ग्रहले वर्तमान अवस्थालाई चिर्दै वैचारिक स्तर उठाउँदै समाजवादी व्यवस्थाका विरूद्धमा छरिएका भ्रमहरू चिरिएर सर्वहारा अधिनायकत्वका लागि सङ्घर्ष अनिवार्य सर्तको रूपमा लिएको छ । सरल भाषा, सरल प्रस्तुति, जीवनबोध, यथार्थवादी चिन्तन, अवसरवादको अन्त्य, जीवनप्रतिको उच्च दृष्टिकोण, पलायनता र नैराश्यताको अन्त्य यस गीतिसङ्ग्रहका विशिष्ट भावना हुन् ।
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ८ – Jan. 2, 2013 – २०६९ पौष १८ गते, बुधबार)