~मित्रलाल पङ्ज्ञानी~
जो निजी बस्तु हैनन् तिनैलाई निजी भन्यो
धर्तीमा युद्धबाट बाटो त्यै स्वार्थी अन्धले खन्यो
व्यर्थैको दम्भले गर्दा तँभन्दा म ठूलो भनी
इख्खियो हेपिने मान्छे मच्चियो झगडा अनि
उही घाम उही माटो हावा पानी बराबर
गर्भबाटै झरेको होस् भिन्न तेरो नि के छ र ?
हेपिनेहरूमा बोधीचेत साँच्चै पस्यो भने
इखले भरिलो आँसु तप्प भैँमा खस्यो भने
बल्छ विद्रोहको आगो चल्छ यौटा महाहुरी
ढल्छ शोषणको सत्ता धानेको धमिरे धुरी
मर्यादा सब उल्टिन्छन् मान्य बन्छन् नयाँ तरु
जरैपाई उखेलिन्छन् तँ भनिन्छन् हजुरहरू
(लेखक प्रगतिशील लेखक सङ्घका महासचिव हुनु हुन्छ)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क १८ – March 30, 2016 )