गजल : पार तर्न सकिएन

~हरिप्रसाद भण्डारी~

धेरै युद्ध भए यहाँ पार तर्न सकिएन
यो देशको अभावमा भाव भर्न सकिएन ।

यो देशलाई धेरै माथि उठाउने मन थियो
सकुनीको छल सधै, पासा हर्न सकिएन ।

आतङ्कले पन्जा फिजाई ऐया आत्थु गराउँदा
रगत बग्ने घाउ माथि मलहम छर्न सकिएन ।

धेरै रगत दान भयो आफन्तलाई बचाउन
देशको लागि एक थोपा दान गर्न सकिएन ।

लाग्छ सारा जीवन अब देशकै लागि अर्पण गरुँ
तर सहिद हुने गरी अघि सर्न सकिएन ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.