~ऋतिक यादव~
जरुर म तिम्रो कालान्तरदेखिको प्रतिवादी
एकपटक मेरो खुल्ला अपिल सम्झिदेऊ
उपसंहारको पुण्य कदम उठाई तिमीले
दृढताको परिष्कारवादलाई फालिदेऊ
तिम्रो मित्रताको प्रतीक्षामा मेरो अनुभूति
एक पटक भत्केको प्रेमलाई फेरि सिँगारिदेऊ
जितको एकलौटी दावेदारी गरेर तिमीले
हृदयविदारक मेरो चाहनाको बहाली गरिदेऊ
तिम्रो तवरमा तयार छु बन्न आशावादी
एक पटक दुश्मनीको काँडेतार हटाइदेऊ
घायल हाम्रो सम्बन्ध नयाँ गरेर तिमीले
गल्तीको एहसासलाई पलमै हटाइदेऊ !
– ऋतिक यादव
सिम्रौनगढ-१०,बारा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )