गजल : थापूँजस्तो लाग्छ

~समुन्द्रा शर्मा~

पहिलो किरण अन्जुलीमै थापूँजस्तो लाग्छ ।
तिम्रो तस्बिर हृदयमै छापूँजस्तो लाग्छ ।

इन्द्रेणी यो मनको अब रङ बनी घुल्दा
सारा रङ तिमीलाई नै छ्यापूँजस्तो लाग्छ ।

जिन्दगीको बाढीभित्र रुमल्लिँदाखेरि
तिम्रो माया मात्र मलाई टापूँजस्तो लाग्छ ।

तीतामीठा अनुभूतिमा हराउँदै जाँदा
कहिलेकाहीँ माया पनि नापूँजस्तो लाग्छ ।

श्रीमती शर्मा साहित्यसञ्चार समूहकी संस्थापक सदस्या, कवयित्री, कथाकार।

(स्रोत  : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.