~अमृत सिङ थिङ~
गिट्टी बालुवा चाल्नेको घर हुँदैन
आफ्नै भन्ने आफन्तको भर हुँदैन
देशको माया खोज्न परदेश जानू
सबै नेपाली तेरो मेरो थर हुँदैन
माया प्रेमको के परिभाषा गरौँ खै
भङ्ज्याङ चौतारीमा पिपल वर हुँदैन
यस्तो लाग्छ प्रेमिल शहर बनाऊ
जहाँ छुट्ने छुटाउने डर हुँदैन
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )