गजल : सामु आयौ किन ?

~मन्दिरा कोइराला ‘मधुश्री’~

नआउनुपर्थ्यो सामु आयौ किन ?
आइ त सक्यौ फेरि डरायौ किन ?

मात्र एक झल्को चिहाउने बहानामा
यी नजरमा ती नजर मिसायौ किन ?

मदिरामा ‘नँ’ थपिएको प्याला हुँ म
व्यर्थै त्यो अधरमा लगायौ किन ?

बेहोसीमा मात्र लाग्दैन रे बात
नपिउँदै मेरो हात समायौ किन ?

‘मधुश्री’मा मधुर बहार नै छैन
सुहागसेज व्यर्थै सजायौ किन ?

– खनार ४, सुनसरी, फोनः ०२५ ५८०३९१
श्रीमती मधुश्रीका प्रशस्त फुटकर गीत र गजलहरू प्रकाशित भएका छन्।

(स्रोत  : साहित्यसरिता – माघ-फागुन-चैत-2061 अङ्क ४ )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.