~उपेन्द्र पागल~
तिमी थियौ र पो मेरो माया अडिने ठाउँ पाएको थिएँ
आफ्नै देखायौ परेलीमा र पो तिमी तिरै धाएको थिएँ ।
हृदय बुझेर मन नदिने कति कठोर रहिछौ तिमी !!
तिमीलाई नजिक सम्झेर कसम पनि खाएको थिएँ ।
गम्भिरताको आवरण भित्रको आकर्षणले चुम्बीएर
तिर्मिरिएको मनलाई तिमीमा नै सम्हाल्न पाएको थिएँ ।
बसेको थियो रुँङेर कसैले नाउ विनाको त्यो घाटमा
आउँछ्यौ भन्ने मनो-द्वन्द्वीय आत्मारतिमा रमाएको थिएँ ।
फेरीमन फिँजाई आफैँ लुकायौ त्यो चिटिक्क चुल्बुले चुल्ठी
र पो त म ‘पागल’ बनेर तिम्रो लागि नै पलाएको थिएँ ।।
– उपेन्द्र पागल
सं. ९८५२०५९४५२
मधेशा ।