~रुमानी राई~
अाखिर…..
घर जस्ताे नभएपछि घर
घर जस्ताे नहुँदोरहेछ घर
र,घर जस्ताे घर हुनलाई
घर जस्ताे घर हुनै पर्दाेरहेछ ।
अाकार मात्र हाेइन रहेछ अस्तित्व घरकाे
ेरुपरङ्ग मात्र पनि हाेइनरहेछ घरकाे पहिचान
वास्तवमा,
एउटा सुन्दर घर हुनलाई
एउटा सुन्दर परिवार नै चाहीदाेरहेछ
जुन परिवारभित्र हाेस्
केही केटाकेटीहरुकाे कल्याङमल्याङ र रडाकाे
र,हाेस् अाधारातदेखि नै
बूढाेखाेकी ख्वाकख्वाक खाेकिरहने बाजेबाेजु
गमलाभरी फुलेकाे हाेस्
हाेस् अाँगन वरीपरी मुस्कुराईरहेकाे
ढकमक फुलेका फूलहरु जस्तै दिदीवहिनीहरु
र,हाेस् दाजुभाईहरु अाकास झैं अनन्त हृदयका
अनि,हाेस् वुवाअामा बलियाे मियाे सबैकाे ।
हाे,
अाज म
अाफ्नै घरकाे कुरा गरिरहेकाे छु
हाम्रै घरकाे कुरा गरिरहेकाे छु
जुन घरभित्र-
हाम्रै बाजेबाेजुहरु अपहेलित हुनुहुन्छ
अपहृत वन्दी झैं हुनुहुन्छ वुवाअामाहरु ।
दाजुहरु एकातिर फर्किनु हुन्छ
भाउजुहरु अर्कातिर
भाईहरु बटारिन्छन् बिना कारण
खुसुखुसु अागाेमा घिऊ थप्छन् बुहारीहरु
परपरै तर्किन्छन् दिदी बहिनीहरु ।
त्यही नन्द एउटा भाउजुकाे प्याराे
त्यही नन्द अर्काे भाउजुकाे अाँखाकाे कसिङ्गर ।
जेठानीहरुकाे फुर्ती उस्तै
देउरानीहरुकाे घुर्की बेग्लै
बुहारीहरु देख्नै सक्दैनन् सासुससुरा
न त बुहारीहरुले राख्छन् कुनै मान मनिताे ।
सासु ससुरा माहीर बहारीहरुकाे कुरा काट्न
बुहारीहरु झन् माहीर सासु ससुराकाे जरा काट्न ।
कहीले बुवाअामा बम्किनु हुन्छ सुर न ताल
कहीले साँढेहरु झैं डुक्रन्छन् दाजुभाईहरु
दाजुले भाईहरुलाई अाँखा तरेका छन्
भाईहरुले पनि अाफ्नै भाका फेरेका छन्
सबैकाे बाेली चर्काे छ अनि झर्काेफर्काे छ
काे भन्दा काे कम
सबैजना एक से एक छन् ।
कस्ताे विडम्वना !
सानाे कुरामा झगडा हुन्छ
त्यही झगडा महा लफडा बन्छ
न त काेही सहमतीमा अाउँछन्
न त कुनै दूरदर्शी अन्तिम निर्णयमा पुग्छन्
सबैकाे हाेश उडिसकेकाे छ
बुध्दी विवेक गुमिसकेकाे छ,
र त, लफडा मिलाउँन छिमेकी चाहिन्छ
र त, घरायसी निर्णय गर्न विदेशी चाहिन्छ ।
यही माैका छाेपेर सँधियारीहरु
भित्रभित्रै षड्यन्त्र खिप्दैछन्
दिनदहाडै खेतका सिमाना मिच्दैछन्
यतातिर न कसैकाे ध्यान छ
न कसैकाे चासाे नै छ
देखेर पनि नदेखे झैं गरेका छन्
घरभित्र मात्र पाखुरा सुर्कन्छन् र हुँकार्छन्
बाहिर भने लुरे कुकुर झैं चुपचाप छन् ।
नढाँटी भन्नुहास् त –
मेराे घरकाे कथा
र,वर्तमान मेराे देशकाे कथामा
के फरक छ ???
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)