कविता : स्वास्नीमान्छे…..निष्कर्ष

~दिलिप प्रधान~

स्वास्नीमान्छे….
एउटा गहिरो सागर हो
जहां गहिराइमा गएर मात्र बुझ्न सकिन्छ
एउटा फराकिलो माया हो
जहां एउटा प्रेम अनायासै भुल्न सकिन्छ ।

एउटी प्यारी श्रीमती हो
जो आफैंमा अपार सम्पत्ति हो
अनि एउटा कुशल आमा हो
जो छोराछोरीको मायालाई
ग्रहण गर्न सक्छिन्
त्यसैले मुटुको ढुकढुकी हो
अनि जाडोमा न्यानोको आभास हो
अनि बेसहाराको एउटा ठूलो सहारा हो ।

अनि स्वास्नीमान्छे…..
एउटा खुला किताब हो
समुद्रको गहिराइ होइन
अनायासै आउने एउटा छाल हो
हंसाउंदा हंसाउंदै रुवाउने एउटा चाल हो
पृथ्वीको गहिराइ होइन
सतहमा नै चल्ने एउटा मानव हो
दुख सुखको कल्पना नै गर्न नसकिने
सबैको एउटा भूलभुलैया खेल्ने ठाउं हो ।

फेरि स्वास्नीमान्छे…..
यो त एउटा आकाशमा उड्ने चरी हो
आफैं सधैं मस्त रहने नारी हो
कहिल्यै पनि नअघाउने एउटा प्राणी
अनि जिन्दगीलाई सधैं सजिलोसंग बफ्वांकसंग
उडाउने एउटा धुवां हो
प्रेमलाई बासनामा परिणत गर्न बेर छैन
त्यसैले जोगिनु पर्छ मित्र
यसमा जलेर भष्म हुन बेर छैन ।

अब निष्कर्ष मैले आफैं निकाल्नु पर्छ
स्वास्नीमान्छे त हुन्छिन् थरिथरिका
तर चिन्न सक्नु पर्छ
त्यसैले म त भावनात्मक प्रेमलाई अंगाल्छु
म रातको राताहरुलाई मन पराउंछु
समुद्रको गहिराइलाई मन पराउंछु
त्यसैले त म समर्पित छु ।
०००

(स्रोत : नेपालीकोरिया डटकम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.