नेपाली भजन : हे रघुनन्दन प्रभूका पदमा

~हेमचन्द्र पोख्रेल~

हे रघुनन्दन प्रभूका पदमा भक्ति निरन्तर लागिरहोस्
हृदयपटलमा झलमल प्रभूको मूर्ति मनोहर जागी रहोस्

भवसागरमा पौडिरहेछु, कसरी हो प्रभू! पार हुने
तातो मरूमा दौडिरहेछु छैन छहारी शान्ति दिने
राम नामको मधुरस मेरो मन हरदम आइरहोस्

बन्धुबान्धव धनजन भन्दै आज हरे यो हाल भयो
भजन गरूँला भन्दाभन्दै जीवन सारा व्यर्थ गयो
निशदिन प्रभूको पावन नाउँ मुखले हरपल गाइरहोस्

कान्ति बदनको नीलकमलझैँ कोटी सूर्यको दिव्यप्रकाश
पीताम्बरको पहिरन सुन्दर सबका घटमा प्रभूको बास
प्रभूको पावन रूप उज्यालो नैन अगाडि छाइरहोस्

This entry was posted in नेपाली भजन and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.