कविता : जस्तो रोप्यो त्यस्तै फल्यो

~राम बसु~

हिजो सत्ता प्रशासनमा बस्नेहरूले
भारतीयहरूका निरीह चेहरा देखे
नागरिकतामा पैसा देखे
देखेनन् सन्तति र मधेश प्रदेश
त्यसैले अहिले हाहाकार भो
तिमीले पढेको घृणित पात्र कंश
यसोदाको गर्भमा कृष्ण देख्थ्यौ
तिमी केही नदेख्ने कंश निन्दकहरू
भारत, मधेशीहरूलाई किन दोष दिन्छौ ?
यो त पहिलो तिम्रै दुर्बुद्धिको उपहार हो
भारततिर अपराध गरेर वा सुकुम्बासी बनेर
नेपाल पसी बसोबास गर्नेहरूलाई
पार्टी सदस्यता दिने, बहुमत लिने
भारतलाई खुशी पार्न
नागरिकता विधेयक ल्याएर नागरिकता बाँड्दा
तिम्लाई बडो सार भो
तिम्रो पार्टी छाडेर मधेश मोर्चा बन्यो
मधेश प्रदेश माग बन्यो
भारत मधेशीलाई दोष किन दिन्छौ नेताहरू ?
यो त नागरिकता विधेयकको उपहार हो
भारतको गुजरातमा जन्मेको मोदीले
हिमालको काखमा हर्बल मेडिसिन देख्छ
हिमालकै काखमा बस्नेले
न मेडिसिन देख्छ, न भविष्य
देख्छ केवल सत्ता
यही अन्धताले
जताततै औषधिको हाँहाँकार भो
भारतको औषधि बिकाउन
यहाँ कम्पनी नखोल्ने
खोल्न भारतलाई सुरक्षा र इजाजत दिने
कमिशन लिने
अहिले भारत र मधेशीलाई दोष दिएर
उम्कन खोज्ने ?
नेता महोदय
यो त तपाईकै भारतमुखी प्रवृत्तिको उपहार हो
तिमी यहाँका भूमिपुत्र
तिमीलाई तिम्रो राज्य दिन्छौँ
पहाडीहरूले लुटे, तिम्रो बुद्धि भुटे
हाम्रो पछाडि लाग
तिम्रो राज्य बनाउने कुनै पार्टीले भन्थ्यो
यो त हाम्रँे कार्यभार हो
अहिले मधेशीलाई दोष दिएर उम्कने
राष्ट्रवादी नेताहरू
या त तिम्रै गलत प्रशिक्षणको उपहार हो
नेताले आदेश ग¥यो
तोडफोड, आगजनी गर
हिंसाबाटै सत्ता कब्जा हुन्छ
काटमार, लुट सर्वसत्ता साही हो,
सङ्घर्षमा यस्तै हुन्छ भन्यो
भनेन नेपाली नेपाली भाइ हो
यस्तै देखे सिकेको मधेशी
मधेश प्रदेशको लडाइँ लड
मधेशी नेता बोल्यो– अब वारपारको
भारत र मधेशीहरूलाई किन दोष दिन्छौ नेताहरू ?
यो त तिम्रै गलत प्रशिक्षणको उपहार हो ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.