~गोविन्दप्रसाद आचार्य~
लाग्दो होला मानिसलाई माटो किन चोर्ने
माटो हैन अन्न जस्तै भकारीमा भर्ने
नत खाउँला सातु जस्तै फाँको मारी मारी
न त लाउँला नाकमा फुली न त मुन्द्रि ढुंग्री
बेलौतीको दानो हैन न केराको घरी
माटो चोरका कुरा गर्छन् किन मरी मरी
नानीहरू दंग पर्लान् माटो किन चोर्ने
सुन हैन अन्न हैन माटो किन चोर्ने
कति चोर्ला चोरले माटो कति खल्ती भर्ला
यति अग्ला पहाडहरू चोरले बोक्न सक्ला
सुन चोरले घर फोर्ला माटो चोरले देश
देश चोरिंदा कसले भन्छ हात बाँधेर बस
माटो चोरका कुरा हैनन् केटाकेटी खेल
माटो चोर्ने चोरलाई हेर गरिराछ झेल
टुलुटुलु हेरी नबस माटो चोर्दा सहर
माटो नचोर अभियानलाई हाँसो ठट्टा नगर
साथ हात परे माथ पनि दिनुपर्छ
माटो चोर खतरा हो खतम गर्नुपर्छ
कति मिठो फल्यो पाक्यो बेलोतीको दानो
चोरले माटो चिर्थो भन कहाँ फलेर खानु
माटो भए सुपुसुपु खाउँला दुध र भात
छुँदाखेरी मन दुख्छ लज्जावती जात
माटो चोरले देखेको छ यो माटोमा सुन
एक चिम्टी चोरे पनि चो¥यो हाम्रँे सुन
माटो चोरलाई मौका दिने मगज फुस्किएका
टाउको हो कि भकुण्डो हो हावा फुस्किएका
माटो चोरले माटो खाए सातु खाए जस्तो
घर खाए खर खयर खाए माटो भयो सस्तो
कसैलाई लाग्दो होला माटो चोरिन्छ र
जति लगे पनि धर्ती सकिन्छ र ?
यो माटोको संसारमा माटो चोरिन्छ र
माटो चोरी बाकसमा राख्न सकिन्छ र
सानो कर्ण माटो पनि जाने हुन्छ धन
राष्ट्रभक्त सचिन्तकको माटो सँग मन
खेतीभित्र गोरू पस्दा कसको मन रून्न
यो माटोको भावनालाई मुसालाई नि छुन्न
नाकमा लाउने स्वर्णपुस्पी चो¥यो माटोसँग
हामी बुट्टा कलाकर्मी यो माटोका रंग
माटो चोरको विरोध गर्न उठ जन लहर
माटो जोगाउ अभियानमा उठ गाउँ सहर
–०६९ भाद्र १०
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ४५ – Oct. 3, 2010 – २०६९ असोज १७ गते, बुधबार)