~भीम कुमारी श्रेष्ठ~
‘पहेँलो घाम’ उपन्यासको विधातात्विक अध्ययन
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र
सङ्कायअन्तर्गत त्रि–चन्द्र बहुमुखी क्याम्पस
नेपाली विभाग अन्तर्गत स्नातकोत्तर तह
द्वितीय वर्षको दशौँ पत्रको
प्रयोजनका लागि
प्रस्तुत
शोधपत्र
शोधार्थी
भीम कुमारी श्रेष्ठ
२०७२
शोध निर्देशकको सिफारिस
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत त्रि–चन्द्र बहुमुखी क्याम्पस नेपाली विषयको स्नातकोत्तर तह द्वितीय वर्षमा अध्ययनरत छात्रा भीम कुमारी श्रेष्ठले मेरो निर्देशनमा पहेँलो घाम उपन्यासको विधाताŒिवक अध्ययन शीर्षकको शोधप्रबन्ध तयार पार्नु भएको हो । निकै परिश्रम र लगनशीलतापूर्वक तयार पारिएको यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि सिफारिस गर्दछु ।
मिति : २०७३/१०/२१
…………………….
केशवप्रसाद न्यौपाने
नोपाली स्नातकोत्तर शिक्षण कार्यक्रम
त्रि–चन्द्र बहुमुखी क्याम्पस
घन्टाघर, काठमाडौं ।
स्वीकृतिपत्र
त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय, त्रि–चन्द्र बहुमुखी क्याम्पस नेपाली स्नातकोत्तर शिक्षण कार्यक्रम अन्तर्गत स्नातकोत्तर तह द्वितीय वर्षकी छात्रा भीम कुमारी श्रेष्ठले दशौँ पत्रको प्रयोजनका लागि तयार पारेको पहेँलो घामको विधातात्विक अध्ययन शीर्षकको यो शोधप्रबन्ध सोही प्रयोजनका लागि स्वीकृत गरिएको छ ।
…………………..
प्रा. वासुदेव घिमिरे
(संयोजक)
………………………
केशव प्रसाद न्यौपाने
(शोध निर्देशक)
……………………….
सह प्रा.डा. भागवत ढकाल
(बाह्य परीक्षक)
मिति : २०७३/१०/२६
कृतज्ञता ज्ञापन
अनुसन्धान एक जटिल र बौद्धिक कार्य हो । यस्तो कार्य गर्नका निम्ति कडा परिश्रम र दृढ निश्चयको आवश्यक पर्दछ । अध्ययनको सीमाभित्र रहेर सम्बन्धित विषयको विश्लेषण गरी निष्कर्षमा पुग्नु पर्ने भएकाले पनि अनुसन्धान आफैमा महŒवपूर्ण कार्य बन्दछ । यद्यपि नेपाली स्नतोकत्तर दह दशौँ पत्रको प्रयोजनका लागि मैले पहेँलो घाम उपन्यासलाई आफ्नो विषय बनाएकी छु ।
विष्णु भण्डारीद्वारा लिखित पहेँलो घाम मैले स्नतकोत्तर अध्ययनकै बेला हेर्ने अवसर पाएकी थिएँ । नेपालमा लामो समय चलेको जनयुद्धलाई विषयवस्तु बनाइएकोले तत्कालीन परिवेश बुझ्ने हेतुले पनि मैले यो उपन्यास पढेकी थिएँ । अन्ततः स्नातकोत्तर तह दशौँ पत्रको प्रयोजनका लागि शोधकार्य गर्न मैले यही उपन्यास छनोट गरी शोत्र प्रस्ताव तयार पारेँ । उक्त शोध प्रस्ताव स्वीकृत गरी अनुसन्धानको अवसर प्रदान गर्नुका साथै आवश्यक सल्लाह र सुझाव समेत दिनुहुने नेपाली स्नातोकत्तर शिक्षण कार्यक्रमका संयोजक आदरणीय गुरु प्राध्यापक वासुदेव घिमिरेप्रति आभार प्रकट गर्दछु । साथै प्रस्तुत शोधकार्य मैले आदरणीय गुरु केशवप्रसाद न्यौपानेको कुशल निर्देशनमा तयार पारेकी हुँ । तसर्थ उहाँप्रति आभार प्रकट गर्नु आफ्नो मूल कर्तव्य ठान्दछु । यसरी नै शोधकार्य सम्पन्न गर्नका लागि सल्लाह दिनुहुने गुरुहरू विमल आचार्य, रामप्रसाद भट्टराई, मधुसुदन गिरीप्रति हर्दिक आभार एवम् कृतज्ञता ज्ञापन गर्दछु ।
मेरो अध्ययनमा अविरल प्रेम, स्नेह, प्रेरणा र अवसर प्रदान गर्नुहुने मेरा पुजनीय माता बुधलक्ष्मी श्रेष्ठ तथा पिता नरबहादुर श्रृष्ठ र आदरणीय दाजु, भाउजु, भाइ,बहिनीहरूप्रति म आजीवन ऋणी रहने छु । प्रस्तुत शोधकार्य सम्पन्न गर्नका लागि आवश्यक सामग्री प्रदान गर्नुहुने आदणीय साहित्यकार विष्णु भण्डारीप्रति कृतज्ञता ज्ञापन गर्दछु । त्यसैगरी अध्ययनका क्रममा सहयोग, सल्लाह तथा सन्दर्भ सामग्री उपलब्ध गराउनुहुने पेरा सहपाठी मित्रहरू सिर्जना, केवला, प्रतिमा, सरस्वतीप्रति आभार व्यक्त गर्दछु । प्रस्तुत शोधपत्रलाई टङ्कनमा सहयोग गरिदिनुहुने दाजु हेम श्रेष्ठ, भाउजू सम्झना श्रेष्ठ, भाइ चिरञ्जिवी श्रेष्ठ, बहिनी नानु श्रेष्ठलाई हार्दिक धन्यवाद दिन्छु ।
अन्त्यमा, यस शोधपत्रको आवश्यक मूल्याङ्कनका लागि त्रिभुवन विश्वविद्यालय त्रि–चन्द्र बहुमुखी क्याम्पस, स्नातोकत्तर शिक्षण कार्यक्रम समक्ष प्रस्तुत गर्दछु ।
प्रस्तोता
भीम कुमारी श्रेष्ठ
त्रि–चन्द्र बहुमुखी क्याम्पस
घन्टाघर, काठमाण्डौं ।
विषय सूची
परिच्छेद एक
शोधपरिचय
१.१ विषय परिचय
१.२ समस्या कथन
१.३ शोधकार्यको उद्देश्य
१.४ पूर्वकार्यको समीक्षा
१.५ शोधकार्यको औचित्य र महत्व
१.६ शोधकार्यको सीमाङ्कन
१.७ शोध विधि
१.८ शोधकार्यको रूपरेखा
परिच्छेद दुई
उपन्यासको सैद्धान्तिक स्वरूप
२.१ विषय परिचय
२.२ उपन्यासको परिचय
२ः३ उपन्यासको परिभाषा र स्वरूप
२.४ उपन्यासको उद्भव र विकास
२.५ उपन्यासका तत्वहरू
२.५.१ कथानक
२.५.२ पात्र वा चरित्र
२.५.३. सारवस्तु वा उद्देश्य
२.५.४ दृष्टिविन्दु
२.५.५ परिवेश
२.५.६ भाषाशैली
२.६.औपन्यासिका प्रवृत्तिहरू
२.६.१ सामाजिक यथार्थवादी
२.६.२. आदर्शोन्मुख यथार्थवादी
२.६.३ ऐतिहासिक यथार्थवादी
२.६.४ अतियथार्थवादी
२.६.५ आलोचनात्मक यथार्थवादी
२.६.६. स्वच्छन्दतावादी
२.६.७. मनोविश्लेषणात्मक
२.६.८ प्रगतिवादी
२.६.९. नारीवादी
२.७ निष्कर्ष
परिच्छेद तीन
विष्णु भण्डारीको साहित्य यात्रा र प्रवृत्तिको रेखाङ्कन
३.१ विषय परिचय
३.२ विष्णु भण्डारीको सङ्क्षिप्त जीवनवृत
३.२.१ जन्म र जन्मस्थान
३.२.२ शिक्षादीक्षा र पारिवारीक अवस्था
३.२.३ लेखन आरम्भ
३.३ विष्णु भण्डारीको साहित्य यात्रा
३ः३ः१ पहिलो चरण (वि.सं. २०४३ – २०४५)
३ः३ः२ दोस्रो चरण (वि.स.२०६३ देखि – हालसम्म)
३ः४ विष्णु भण्डारीका औपन्यासिक प्रवृत्तिहरूको रेखाङ्कन
३.४.१ जनविद्रोहको स्वर
३.४.२ प्रगतिवादी लेखक
३.४.३ सामाजिक यथार्थता
३.४.४ समसामयिक परिवेशको चित्रण
३.५ निष्कर्ष
परिच्छेद चार
पहेँलो घाम उपन्यासको विधातात्विक विश्लेषण
४.१ विषय प्रवेश
४.२ पहेँलो घाम उपन्यासको संरचना
४.३ कथानक
४.४ पात्र तथा चरित्र
४.४.१ शिवा
४.४.२ माइकल सोहन
४.४.३ समरसिं
४.४.४ पासाङ
४.४.५ शिवाको वोस
४.४.६ रामकृष्ण
४.४.७ तारा
४.४.८ माओवादी भाइ
४.४.९ अन्य पात्रहरू
४.५ सारवस्तु वा उद्देश्य
४.६ दृष्टिविन्दु
४.७ परिवेश
४.७.१ स्थानिक परिवेश
४.७.२ कालीक परिवेश
४.७.३ पारिस्थिक परिवेश
४.८ भाषाशैली
४.९ प्रतीक र विम्व
४.१० शीर्षक
४.११ निष्कर्ष
परिच्छेद पाँच
उपसंहार
५.१ सारांश
५.२. निष्कर्ष
सन्दर्भ सामग्री सूची
परिच्छेद एक
शोध परिचय
१.१ विषय परिचय
प्रस्तुत शोधपत्रको शीर्षक विष्णु भण्डारीको पहेँलो घाम उपन्यासको विधातात्विक अध्ययन रहको छ । उपन्यासकार विष्णु भण्डारी (२०२०) नेपाली साहित्यका प्रतिभाशाली व्यक्तित्व हुन् । दाजु हरि भण्डारीको प्रेरणा र विद्यालयको साहित्यिक वातावरणबाट सिर्जना क्षेत्रतर्फ उन्मुख भएका भण्डारीले सानै उमेरदेखि कविता लेख्न सुरु गरेका हुन् । उनको कलम साहित्यको कविता, कथा र उपन्यास विधामा चलेको छ । साथै भण्डारीका विभिन्न पत्रपत्रिकाहरूमा संस्कृति सम्बन्धी लेख रचनाहरू पनि प्रकाशित छन् । यी कृतिहरू मध्ये पहेँलो घाम (२०७२) भण्डारीको एक मात्र प्रकाशित उपन्यास हो । यो प्रगतिवादी उपन्यास हो । यसमा सानाठूला गरी पच्चीस अङ्क संरचित छन् । यस उपन्यासमा क्यान्टोन्मेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारको यथार्थ कथालाई उपन्यासको मूल विषय बनाइएको छ । पहेँलो घाम जनयुद्धलाई सकारात्मक कोणबाट हेर्दै लेखिएको उपन्यास हो । सामान्य टीका टिप्पणीहरू भए पनि यस उपन्यासको समग्र अध्ययन नभएका सन्दर्भमा पहेँलो घाम उपन्यासको विधातात्विक अध्ययन प्रस्तुत शोधको शोध्य विषय रहेको छ ।
१.२ समस्या कथन
नेपाली साहित्यका क्षेत्रमा उपन्यासकार विष्णु भण्डारी उदीयमान स्रष्टा हुन् । यस उपन्यासमा भण्डारीले समसामयिक राजनैतिक परिस्थितिलाई नजिकबाट हेरेका छन् र यथार्थको नजिक पुग्ने प्रयास गरेका छन् । यस सन्दर्भमा उपन्यासकार भण्डारीको औपन्यासिक प्रवृत्ति र विधातात्विक दृष्टिले पहेँलो घामको अध्ययन विश्लेषणलाई मूल विषय
बनाइएकाले यस अध्ययनका मूलभूत समस्यालाई बुँदागत रूपमा यसरी प्रस्तुत गरीएको छ :
(क) विष्णु भण्डारीको औपन्यासिक प्रवृत्ति कस्तो छ ?
(ख) विधातात्विक आधारमा पहेँलो घाम उपन्यास कस्तो छ ?
१.३ शोधकार्यको उद्देश्य
अनुसन्धानमा निश्चित विषय वस्तुको गहिराइसम्म पुगी यथार्थमूलक निष्कर्ष निकाल्ने उद्देश्य राखिएको हुन्छ । प्रस्तुत उपन्यास पहेँलो घामबाट पनि उपन्यासकार विष्णु भण्डारीको औपन्यासिक प्रवृत्ति केलाउने र विधातत्वका दृष्टिले उक्त उपन्यासको अध्ययन गर्ने उद्देश्य राखिएको छ । जसलाई बुँदागत रूपमा यसरी हेर्न सकिन्छ :
(क) विष्णु भण्डारीको औपन्यासिक प्रवृत्तिको अध्ययन गर्नु,
(ख) विधातत्वका आधारमा पहेँलो घाम उपन्यासको अध्ययन गर्नु,
१.४ पूर्वकार्यको समीक्षा
नेपाली साहित्यको विभिन्न विधामा कलम चलाएका साहित्यिक व्यक्तित्व विष्णु भण्डारीको आख्यानकारिताका सम्बन्धमा उनको पहेँलो घाम उपन्यासको विभिन्न समालोचकहरूले अध्ययन गरेको पाइन्छ । जसलाई कालक्रमिक रूपमा क्रमशः प्रस्तुत गरिएको छ ।
कला अनुरागीे (२०७२) ले ‘पहेँलिदै गएको क्रान्तिको कथा’ शीर्षकमा एउटा समीक्षात्मक लेख लेखेका छन् । लेखकले पहेँलो घाम उपन्यास माओवादी केन्द्रित राजनीतिकै सेरोफेरोमा छ भनेका छन् । पात्रका अभिव्यक्ति मार्फत आफ्नो जीवन युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले शान्ति प्रक्रियापछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत गरेका छन् । यस समीक्षात्मक लेखमा प्रस्तुत उपन्यासलाई पहेँलिदै गएको घामसँग तुलना गरिएको छ ।
महेश पौड्याल (२०७२) ले ‘पहेँलो घाम : एक आख्यान विद्रोह’ शीर्षकमा एक समीक्षात्मक लेख लेखेका छन् । उनले रातो हुन अनपेक्षित घाम पहेँलिदै गएको संकेत माओवादी भित्रको सैद्धान्तिक र व्यावहारिक विचलनलाई प्रतिकात्मक रूपमा प्रस्तुत गरेका छन् । उनले पहेँलो घामलाई तीन जोखिमका रूपमा उल्लेख गरेका छन् । यस समीक्षात्मक लेखमा प्रस्तुत उपन्यासलाई क्रान्तिकारी उपन्यासका रूपमा चिनाइएको छ ।
राजकुमार वानियाँ (२०७२) ले ‘माओवादी छायामा’ शीर्षकमा एउटा समीक्षात्मक लेख लेखेका छन् । उनले उक्त समीक्षामा विष्णु भण्डारीको पहेँलो घाम उपन्यास सृष्टिको अन्त्य नभई सुरुवात हो भनेका छन् । पहेँलो घामलाई माओवादी आन्दोलनको एउटा विम्वका रूपमा प्रस्तुत गरेका छन् । उनका विचारमा लेखकले माओवादी पक्ष लिएर पनि माओवादीभित्रको तमाम भ्रष्टीकरणको उजागर गरेका छन् भने माओवादीलाई सहि ठम्याउन सकेका छैनन् भनेका छन् ।
कला अनुरागी (२०७२) ले उपन्यासकार विष्णु भण्डारीसँग लिइएको अन्र्तवार्तामा ‘कतिले भने सेक्स सिन दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ?’ शीर्षकमा कुराकानी गरेका छन् । दुबैले मन पराएका छन् । प्रेम परिपक्व रूपमा झाङ्गिएपछि बल्ल एकले अर्कालाई प्रस्ताव गरेका छन् । प्रेमका लागी रोई कराई गरेका छैनन् । यस अन्र्तवार्तामा प्रस्तुत उपन्यासलाई प्रगतिवादी उपन्यासका रूपमा चिनाइएको छ ।
फणीन्द्र संगम (२०७२) ले पहेँलो घाम उपन्यासमा केन्द्रित भई गरेको संवादमा ‘केहि साथी मसंग धेरै खुसी छैनन्’ शीर्षकमा कुराकानी गरेका छन् । लेखकले एक विद्रोही लडाकु महिलालाई केन्द्रमा राखेर राज्य माओवादीबीचको शसस्त्र युद्ध, लडाकुको संघर्ष र वलिदानी अनि शान्ति प्रक्रिया पछि कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई खोतल्ने प्रयास गरिएको विचार व्यक्त गरेका छन् ।
समग्रमा कला अनुरागीले पहेँलो घाम उपन्यासलाई पहेँलिदै गएको घामसँग तुलना गरेका छन् । महेश पौड्यालले प्रस्तुत उपन्यासलाई क्रान्तिकारी उपन्यासका रूपमा चिनाएका छन् भने राजकुमार वानियाँले पहेँलो घाम उपन्यास सृष्टिको अन्त्य नभई सुरूवात हो भनेका छन् । त्यस्तै कला अनुरागीले प्रगतिवादी उपन्यासका रूपमा चिनाएका छन् र फणीन्द्र संगमले कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई खोतल्ने प्रयास गरेका छन् । क्यान्टोन्मेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारको कथालाई उपन्यासको मूल बिषय बनाइएको छ । उपन्यासमा पात्रका अभिव्यक्ति मार्पmत आफ्नो जीवन पार्टी र युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले शान्ति प्रक्रियापछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत छ । साथै सामूहिक कृषि फार्ममार्पmत उत्पादन सुरू गरी आफू योग्य भएको प्रमाणित पनि गरेका छन् । तसर्थ कुनैपनि शोधार्थीले यसको पूर्ण र सग्लो रूपमा अध्ययन नगरेको हुनाले यसको अध्ययन विश्लेषण गर्नु नै यस शोधपत्रको उद्देश्य हो ।
१.५ शोधकार्यको औचित्य र महत्व
विष्णु भण्डारी प्रगतिवादी उपन्यासकार हुन् । उनको जीवनी व्यक्तित्व तथा अन्य कृतिहरूको अध्ययन भए तापनि विधातात्विक दृष्टिले पहेँलो घाम उपन्यासको अध्ययन भएको छैन तसर्थ प्रस्तुत उपन्यासको विस्तृत अध्ययन र विश्लेषण गर्नु नै यस शोधकार्यको औचित्य र महत्व रहेको छ ।
१.६ शोधकार्यको सीमाङ्कन
प्रस्तुत शोधपत्रमा उपन्यासकार विष्णु भण्डारीको औपन्यासिक प्रवृत्तिको विश्लेषण गर्दै विधातत्वका आधारमा पहेँलो घाम उपन्यासको अध्ययन गर्नु यस शोधकार्यको सीमा बनेको छ ।
१.७ शोध विधि
शोध विधि अन्तर्गत सामग्री सङ्कलन र विश्लेषण विधि पर्दछन् । शोध कार्यका लागि सामग्री सङ्कलन गर्दा विश्लेष्य कृतिलाई प्राथमिक स्रोतको सामग्रीका रूपमा लिइएको छ भने सम्बन्धित विषय विज्ञ तथा पत्र पत्रिका र अन्य ग्रन्थलाई द्वितीयक स्रोतको सामग्रीका रूपमा लिई अनुसन्धान कार्य गरीएको छ । त्यस्तै प्राप्त सामग्रीलाई विश्लेषण गर्दा औपन्यासिक सिद्धान्तका आधारमा विश्लेषण विधि उपयोग गरिएको छ ।
१.८ शोधकार्यको रूपरेखा
प्रस्तुत शोधपत्रको संरचनालाई संगठित र व्यवस्थित रूपमा प्रस्तुत गर्नका लागि ५ परिच्छेदमा विभाजन गरिएको छ र ती परिच्छेदलाई आवश्यकता अनुसार विभिन्न शीर्षक तथा उपशीर्षकहरू राखेर विश्लेषण गरिएको छ ।
पहिलो परिच्छेद : शोध परिचय
दोस्रो परिच्छेद : उपन्यासको सैद्धान्तिक स्वरूप
तेस्रो पच्छिेद : विष्णु भण्डारीको साहित्य यात्रा र प्रवृत्ति
चौथो परिच्छेद : पहेँलो घाम उपन्यासको विधाताŒिवक अध्ययन
पाचौं परिच्छेद : उपसंहार
परिच्छेद दुई
उपन्यासको सैद्धान्तिक स्वरूप
२.१ विषय परिचय
उपन्यास साहित्यको नवीनतम विधा हो । यसलाई साहित्यकोे कान्छो विधा मानिन्छ । यसले वर्तमान समयमा समाजलाई नजिकबाट हेर्ने, विश्लेषण गर्ने र समाजको सर्वाङ्गीण पक्षको चित्रण गर्ने उपयुक्त माध्यम बन्ने अवसर पाएको छ । आजको साहित्यिक परिवेशमा चर्चित विधाका रूपमा परिचित उपन्यासमा बृहत् जीवनको परिचय र सत्यको प्रस्तुति हुन्छ । उपन्यासले मानवीय जीवनको श्रम र सङ्घर्षबाट सिर्जित यथार्थलाई सबैभन्दा नजिकबाट प्रस्तुत गर्न सक्दछ । विष्णु भण्डारीको पहेँलो घाम उपन्यास पनि नेपाली समाजका सङ्घर्ष, पीडा र आरोह अवरोहसँग सम्बन्धित छ । यही उपन्यासको अध्ययन विश्लेषण गर्नु यस शोधको मूल उद्देश्य भएकाले यहाँ उपन्यासको सैद्धान्तिक स्वरूप निर्धारण गर्ने काम गरीएको छ । जसका लागि उपन्यासका आधारभूत तत्व र प्रवृत्तिको विश्लेषण गर्दै निष्कर्षमा पुग्ने काम यस अध्यायमा भएको छ ।
२.२ उपन्यासको परिचय
उपन्यास नेपाली साहित्यका विभिन्न विधाहरू मध्ये लोकप्रिय र महत्वपूर्ण विधाका रूपमा चिनिन्छ । उपन्यास तत्सम शब्द हो । शाब्दिक ब्युत्पत्ति केलाउने हो भने उपन्यास शब्द ‘अस्’ धातुमा ‘उप’ र ‘नि’ उपसर्ग तथा घञ् (अ) प्रत्यय लागेर बनेको हो (बराल र एटम, २०६६ः१) । उपन्यास संसारभर विस्तारित भइसकेको आख्यानात्मक साहित्यिक विधा हो । शाब्दिक अर्थमा उपन्यास शब्द र भाव दुवै दृष्टिले अङ्ग्रेजी भाषाको ‘नोभेल’ भन्ने शब्दको नेपाली रूपान्तरण हो (गौतम, २०६९ः२०) । पछिल्लो समयमा यो विधा संसार भरि नै लोकप्रिय विधाका रूपमा रहेको छ भने उपन्यासले विश्व साहित्यमा पनि महत्वपूर्ण स्थान ओगटेको छ । समाजका अन्तर्विरोधहरू, ब्यक्ति–मनका अन्तद्र्वन्द्वहरू, समस्याहरूमा जेलिएका यथार्थ जीवनका घटनाहरूको कल्पना द्वारा उपन्यास निर्माण हुन्छ । जुन वर्तमान समयमा समाजलाई नजिकबाट हेर्ने, विश्लेषण गर्ने र समाजको सर्वाङ्गीण पक्षको चित्रण गर्ने उपयुक्त माध्यम बनेको छ ।
उपन्यासको जन्म आख्यानबाट भयो तर यसले आख्यानको स्वरूप र चिन्तनलाई प्रभावित पार्न सफल भयो । तसर्थ उपन्यास आख्यानको नयाँ रूप हो । उपन्यासको आधारभूत विशेषता नै आख्यानात्मकता हो । यसको केन्द्रमा मान्छे र प्रकृतिसँग भएका सङ्घर्षलाई कथाले केन्द्रीय स्थानमा राखेको छ (गौतम, २०६९ः१९) । उपन्यास एउटा लामो आख्यानात्मक साहित्यिक विधा हो । उपन्यासले कुनै पनि कल्पनालाई सत्यको लेप लगाई आख्यानात्मक स्वरूप दिन्छ र भाषाका माध्यमबाट कथानकको निर्माण गर्दै पात्रहरूको आकर्षक प्रस्तुतीकरण गर्दछ । जसले गर्दा उपन्यास कलात्मक स्वरूपको निर्माण हुन्छ । उपन्यासमा बृहत् जीवनको परिचय र सत्यको प्रस्तुति हुन्छ । आजको साहित्यिक परिवेशमा उपन्यास लोकप्रिय र जीवनलाई सर्वोत्कृष्ट रूपमा आत्मसात गर्ने विधाको रूपमा परिचित छ ।
उपन्यासले जीवन र जगत्को केही महत्वपूर्ण अर्थहरूलाई छोएको हुन्छ भने यस्ता मर्महरूमा नै सिर्जनाको अवस्था र इज्जत सुरक्षित रहेको हुन्छ । मानव जीवनका आन्तरिक र बाह्य यथार्थका साथै तिनका सुन्दर कामनाहरू, श्रेष्ठतम लक्ष्य र साŒिवक भावनालाई मूत्र्याएर मानवोचित सम्बन्ध प्रदान गर्ने दिशामा उपन्यास उच्चतम कृतित्व हो (प्रधान, २०५२ः२) । यो यथार्थसँग प्रत्यक्ष सम्बन्ध राख्ने साहित्यिक विधा पनि हो । साहित्यका सबै विधाले भन्दा उपन्यासले नै मानवीय सत्यलाई कलात्मक रूपमा पाठकसामु प्रस्तुत गर्ने सामथ्र्य राख्छ । जीवनका विविधता र यससँग सम्बन्धित विषयवस्तुलाई प्रस्तुत गर्ने भएकाले उपन्यासको भाषा पनि स्वाभाविक तथा यथार्थसम्मत हुनु अनिवार्य हुन्छ । तसर्थ उपन्यास मनोरञ्जनका साथै शिक्षा समेत प्रदान गर्ने महत्वपूर्ण विधा मानिन्छ ।
२ः३ उपन्यासको परिभाषा र स्वरूप
उपन्यास साहित्यको गद्य विधा हो । मानव सभ्यताको परिर्वतनसँगै साहित्यमा पनि परिवर्तन आउने भएकाले उपन्यासलाई एउटै स्वरूप र परिभाषामा ब्यक्त गर्न सकिँदैन । परिवर्तनशीलताका कारण उपन्यासलाई सधै एउटै परिभाषाले समेट्न सकिँदैन । त्यसैले समय सापेक्ष भई उपन्यासको परिभाषा र स्वरूपलाई परिवर्तन गर्दै लैजानुपर्छ । यसले जीवनका यथार्थ घटनालाई टिपेर कल्पनाको प्रयोग गरी रोचक बनाउँदछ । जीवनमा भएका यथार्थ घटनाहरूलाई प्रस्तुत गर्ने भएकाले उपन्यासमा समाजको समेत प्रस्तुतीकरण हुन्छ र समाजकै बारेमा उपन्यास लेखिन्छ । त्यसैले मानव र समाजसँग सम्बन्धित विविध सत्यलाई कलात्मक रूपमा अभिव्यक्क्त गर्ने आवश्यक लम्बाई भएको गद्य आख्यानलाई उपन्यास भनिन्छ (बराल र एटम, २०६६ः७) । उपन्यासमा आख्यानात्मकता, गद्यात्मकता र चरित्र विन्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
मानव जीवनका विविध पक्षलाई विस्तृत आयाममा प्रस्तुत गरिएको गद्याख्यानात्मक भाषिक संरचनालाई उपन्यास भनिन्छ । उपन्यास बहुविध संरचक एकाइद्वारा हरेक अङ्ग परम्परामा श्रृखलाबद्ध भई निश्चित मूल्य प्राप्त गरेको तथा व्यापक परिधीको समय र स्थल भित्र विस्तारित हुन्छ । उपन्यासको लेखन प्रकाशनसँगै व्याख्या विश्लेषण पनि हुन थालेको छ । उपन्यासको परिभाषा खोजी गर्ने सन्दर्भमा विभिन्न विद्वानहरूले आ–आफ्नै प्रकारको परिभाषा गरेका छन् । यहाँ ती मध्ये केही विद्वान्हरूले गरेका परिभाषाहरू प्रस्तुत गरिएको छ –
द न्यू इनसाइक्लोपिडिया ब्रिटानियाले विस्तारित गद्याख्यानको साझा विशेषता भएका सबैखाले कृतिहरूलाई उपन्यास भनिन्छ भनी उपन्यासलाई परिभाषित गरेको छ (बराल र एटम, २०६६ः६) ।
डब्लु. एच. हड्सनले हालको जटिल एंव सङ्कटग्रस्त सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक आदि सरकारद्वारा पीडित मानव जातिको एउटा प्रतिनिधिमूलक अभिव्यक्ति नै उपन्यास हो भनेका छन् (बराल र एटम, २०६६ः६) ।
डी. एच. लरेन्सका अनुसार उपन्यास मानव जीवनकै सम्पूर्णताको अभिव्यक्ति हो (बराल र एटम, २०६६ः६) ।
न्यू इङ्लिस डिक्सनरीका अनुसार वास्तविक जीवनको प्रतिनिधित्व गर्ने पात्र वा कार्यलाई कथानकमा चित्रण गर्ने बृहत् आकारको गद्यख्यानलाई उपन्यास भनिन्छ (तामाङ, २०७१ः७) ।
मार्टिन ग्रेले लामो गद्याख्यानको रूपमा लेखिएको एउटा महत्वपूर्ण विधा उपन्यास हो भनेका छन् (तामाङ, २०७१ः७) ।
इ. एम. फोक्र्टले आजको जटिल र सङ्कटग्रस्त सामाजिक, धार्मिक, राजनैतिक, आर्थिक आदि संकारद्वारा पीडित मानव जीवनको एउटा प्रतिनिधिमूलक अभिव्यक्तिलाई उपन्यास भनिन्छ भनेका छन् (तामाङ, २०७१ः७) ।
उपन्यासको परिभाषा खोजी गर्ने सन्दर्भमा नेपाली विद्वान्हरूले पनि उपन्यासलाई आ–आफ्नै किसिमले परिभाषा गरेका छन् । ती मध्ये केही विद्वान्हरूले गरेका परिभाषाहरू प्रस्तुत गरिएको छ –
कृष्णचन्द्रसिंह प्रधानका अनुसार यथार्थसँग परिचय, सत्यको सन्धान, मूल्यको संरक्षण, जीवन वैविध्यमाथि एकरूपता प्रधान, जीवन शिक्षण, व्यक्तित्वको पुरन्वेषण र मानवताको प्राप्ति उपन्यासका प्रमुख दायित्व हुन् (बराल र एटम, २०६६ः७) ।
दयाराम श्रेष्ठका अनुसार पुर्वापर तारतम्यमा सुसम्बद्ध गरेर लेखिएको आख्यानात्मक रचनालाई उपन्यास भनिन्छ (बराल र एटम, २०६६ः७) ।
वासुदेव त्रिपाठीका अनुसार बहुविध संरचनात्मक एकाइद्वारा हरेक अङ्ग परस्परमा श्रृङ्खलावद्ध भई निश्चित मुल्य प्राप्त गरेको तथा व्यापक परिधिको समय र स्थानभित्र विस्तारित भएको कथात्मक गद्यलाई उपन्यास भनिन्छ (बराल र एटम, २०६६ः७) ।
इन्द्रवहादुर राईले कुनै शास्वत मानवीय मर्मको अविस्मरणीय कलात्मकताले नै उपन्यासलाई महान् बनाउँछ भनेका छन् (बराल र एटम, २०६६ः७) ।
पूर्वीय र पश्चिमी विद्वान्हरूले गरेको उपन्यासको परिभाषा हेर्दा उपन्यासका सम्बन्धमा विभिन्न विद्वान्हरूका विभिन्न धारणाहरू रहे तापनि सबैका मान्यताहरूले जीवन जगत्को विस्तृत आयामयुक्त, कलात्मक र सजीव चित्रणमा बिशेष जोड दिएको पाइन्छ । निष्कर्षमा भन्नुपर्दा विस्तृत आयामयुक्त आख्यान, गद्यात्मक भाषा, जीवन जगत्को यथार्थ अनुकरणीय चित्रण तथा वास्तविक जीवनको प्रतिनिधित्व गर्न सक्ने पात्रहरूको कार्य वर्णनलाई नै उपन्यास भन्न सकिन्छ । उपन्यास त्यस्तो प्रतिबिम्ब वा युगवोधको मूर्ति हो जसले गद्य आख्यानका माध्यमबाट मानव जीवनको यथार्थता चित्रण गर्दै अतीत, वर्तमान र भविष्यका बारेमा व्याख्या गर्दछ । तसर्थ उपन्यास एक गद्याख्यान हो । जसमा घटना चरित्र र परिवेश हुन्छन् । उपन्यासमा मानवीय मुल्य आकर्षक विषमता, सामाजिक वर्गभेद, सांस्कृतिक र राजनीतिक सचेतनाको कलात्मक प्रस्तुति पाइन्छ । उपन्यास गद्य शैलीमा संरचित विशाल आकारको र पछिल्लो समयमा अत्यन्तै चर्चित यथार्थ वा काल्पनिक घटनामा आधारित बृहत् आयाम भएको नवीन गद्य आख्यानात्मक रचना हो ।
उपन्यासले जीवन र जगत्का केही महत्वपूर्ण अर्थहरूलाई छोएको हुन्छ । घटना र जीवनका सुक्ष्म तत्वहरूको संयोजनमै उपन्यासको सम्पूर्ण स्वरूप अडेको हुन्छ । उपन्यासमा सत्य, तथ्य र इतिहासको समेत प्रस्तुति रहेको रहन्छ । उपन्यास प्रमाण र सत्यको विश्वासमा अडेको हुन्छ । यद्यपि उपन्यास आफ्नै संसारमा रमेको जस्तो देखिए पनि यसको सम्बन्ध सत्य वा वास्तविक घटनासँग सम्बन्धित भएको पाइन्छ । उपन्यास बृहत् संसार अटाउने गद्य साहित्यिक विधा हो जसमा समाजको प्रस्तुतीकरण हुन्छ । उपन्यासमा व्यक्ति र समाजको सङ्घर्ष सम्बन्ध, समाजप्रतिको विद्रोह वा समर्थन, व्यक्तिले समाजलाई दिएको योगदान, व्यक्तिले समाजबाट पाएको लाभ आदि व्यक्ति र समाजबीचका सम्बन्धहरू उपन्यासमा घटित हुन्छन् तसर्थ उपन्यासमा समाजको प्रस्तुतीकरण हुन्छ भन्नुपर्ने अवस्था रहन्छ ।
उपन्यासको आफ्नै समाजशास्त्र हुन्छ जसलाई उपन्यासकारले उपन्यास लेखनका क्रममा जीवन र जगत्लाई पूनर्सिर्जन गर्ने गर्छ । वास्तविक र उपन्यासकारद्वारा कल्पित विषयवस्तुको योगबाट नै समाजको निर्माण हुन्छ जसलाई उपन्यासको समाजशास्त्रीय आधार मानिन्छ । समाजमा रहेका संस्कृति, सङ्घर्ष, द्वन्द्व आदि कुराहरू उपन्यासमा समावेश भएका हुन्छन् । उपन्यास पात्र, स्थान, घटना, अवस्था संयोजन गरिएको साहित्यिक रचना हो, जसलाई गद्यमा लेखिन्छ । तसर्थ समग्रमा भन्नुपर्दा उपन्यास यथार्थसँग प्रत्यक्ष सम्बन्ध राख्ने साहित्यिक विधा हो । जसले मानवीय सत्यलाई कलात्मक रूपमा पाठकसामु पु¥याउन सहयोग गर्छ । संसारका मानिसहरूले विचारको आदान प्रदान गद्यमा नै गर्ने भएकाले उपन्यास पनि गद्यमा नै लेखिने गरिएको हो ।
२.४ उपन्यासको उद्भव र विकास
उपन्यास शब्दको प्रयोग संस्कृत साहित्यका वैदिक एवं लौकिक ग्र्रन्थहरूमा भेट्न सकिन्छ । वेदमा भएका आख्यान उपख्यानले उपन्यास रचनाको पृष्ठभूमिको काम गरेका छन् । शाब्दिक अर्थमा ‘उपन्यास’ शब्द र भाव दुवै दृष्टिले अङ्ग्रेजी भाषाको नोभेल भन्ने शब्दको नेपाली रूपान्तरण हो । अङ्गे्रजी भाषाको ‘नोभेल’ शब्द ग्रीक भाषाको ‘नोमस’ र इटालेली भाषाको ‘नोभेला’ शब्दबाट विकसित हुन पुग्यो । त्यस्तै यूरोपेली भाषामा उपन्यासलाई ‘रोमन’ ग्रीक भाषामा ‘नोभस’ भनिन्थ्यो (तामाङ, २०६९ः२०) । ग्रीक भाषामा भनिएको ‘नोभस’ शब्दको अर्थ ‘नयाँ’ र ‘नौलो’ भन्ने हुन्थ्यो । इटालीका लेखक वोकासियोद्वारा लिखित छोटा कथाहरूको संग्रहलाई ‘नोभेला’ मानिन्थ्यो र विकास पनि ‘नोभेला’ भन्ने शब्दबाट नै भएको थियो । हाल उपन्यासलाई अङ्ग्रेजी साहित्यले मुख्य विधाका रूपमा विकसित गरेको छ भने उपन्यास विधाको विकासका लागि पनि महत्वपूर्ण योगदान पु¥याएको छ ।
सम्वत् १८२७ देखि १९४६ पूर्वको समयलाई लोककथा परम्पराको आख्यान वा नेपाली उपन्यास लेखनको पूर्वाधारको सिर्जना काल भन्नुपर्छ । यस समयावधिमा गद्य साहित्यको जग बसाल्ने प्रारम्भिक प्रयास भएको हो (प्रधान, २०५२ः२१) । आख्यानहरू र मनोरञ्जन प्रधान लोककथाहरूको नेपालीमा रूपान्तरण गरी रमणीयता र कल्पनाजन्य गद्याख्यानको थालनी यसै समयमा सर्वप्रथम देखा पर्दछ । नेपाली साहित्यको प्रारम्भकालीन मुख्य स्रोत धार्मिक उपाख्यानहरू र लोककथाहरू मानिन्छन् । यसको आधार भने शुरुमा पूराण तथा संस्कृत साहित्य नै हो । नेपाली आख्यानको उद्भव विन्दु लोककथात्मक धारालाई मान्नुपर्छ । जहाँ मनोविनोदी, अद्भूत, रमणीय, रोचक, मायावी, साहसिक तथा प्रेम सम्बन्धी दन्त्यकथात्मक आख्यानहरू प्रेरणाका स्रोत हुन् (प्रधान, २०५२ः२६) । जुन विभिन्न उपकथाहरू गाँसेर उत्सुकता र रोचकताको वातावरण सिर्जना गरी नीति उपदेशमा अन्तर्निहित हुन्थे ।
पूर्वीय शाब्दिक अर्थमा ‘उपन्यास’ शब्द संस्कृत साहित्यमा पाइन्छ । उपन्यास शब्द ‘उप’ र ‘न्यास’ को योगद्वारा निर्माण भएको छ । रोमान्सबाट रम+न्यास हुदै उपन्यास बनेको कुरा हिन्दी र बङ्गाली साहित्यका चिन्तकहरूले गरेको पाइन्छ (गौतम, २०६९ः२१) । ऋग्वेद, महाभारत र रामायणका समयमा व्यक्त भएका आख्यानात्मकता र यथार्थको प्रस्तुति उपन्यासहरूमा प्रचुर मात्रामा पाइन्छ तर उपन्यासको इतिहास निरूपण र वर्तमानसितको सम्बन्ध खोजी गर्दा भने पश्चिमी स्रोत नै बढी तर्कसङ्गत देखिन्छ । तसर्थ प्राचीन आख्यानको बीज भूमि नै उपन्यासको पृष्ठभूमि हो भन्न सकिन्छ । पूर्वीय साहित्यमा आख्यानमूलक कृतिहरू पहिलेदेखि नै लेखिन थालेको भएपनि ती आधुनिक उपन्यासको आधार भूमिका रूपमा भने थिएनन् । विश्व साहित्यको सन्दर्भमा भने वोकासियोका डेकेमेराँलाई आख्यानको इतिहासमा महत्वपूर्ण कृतिका रूपमा मान्ने गरेको देखिन्छ ।
आधुनिक समय र समाजको यथार्थलाई अभिव्यक्त गरेको पहिलो उपन्यास डेनियल डिफोद्वारा लिखित ‘रविन्सन क्रुसो’ (१७१९) हो (गौतम, २०६९ः२२) । तसर्थ यस उपन्यासलाई नै पहिलो आधुनिक उपन्यास मान्न सकिन्छ । त्यसको लगतै पछि उनकै अर्को उपन्यास ‘मोल फ्लानडर’ (१७२१) प्रकाशित भयो । यसमा घटनाहरूको एकत्रीकरणमा रुचि राखिएको पाइन्छ भने दुई उपन्यासका आधारमा ड्यानियल डिफो उपन्यासका पिता मानिन्छन् । त्यसपछि स्यामुअल रिचर्डसनका ‘पामेला’ (१७४०) र ‘भिर्टु रिवार्डेड’ (१७४०) प्रकाशित भए । यी उपन्यासहरूलाई चरित्रपरक उपन्यास मानिन्छ (बराल र एटम २०६६ः५) । डिफोका उपन्यासहरूमा यथार्थपरक कल्पना, सम्पूर्ण वर्णनको शक्ति र समकालीन जीवनमा रुचि मुख्य विशेषताहरू हुन् । वर्तमान समयमा उपन्यासले विभिन्न चरणहरू पार गर्दै र विविध प्रवृत्तिहरूलाई समेत आत्मसात गर्दै विकासको चुलीतिर अग्रसर भइरहेको छ ।
उन्नाइसौ शताब्दीमा उपन्यासका विभिन्न धाराहरू निर्माण भए । स्वच्छन्दतावादी धाराका उपन्यासकारहरूमा करलोट ब्रोन्ते, इमिली ब्रोन्टे, जोम्स फेनिमर कोपर, नाथानियल हावाथ्रोन, हरमन मालभिनी आदि हुन् । त्यस्तै भिम्टोरियन उपन्यासकारहरूमा चाल्स डिकेन्स, विलियम मेकपिस थेकरी, जर्ज इलियट, थोमस हार्डी, विल्ले कोलिन्स, लुइस क्यारोल लगायत हुन् । यी उपन्यासकारहरूको मुख्य विशेषता भनेको मध्यम वर्गीय मूल्यहरूको स्वीकार, मध्यम वर्गीय चरित्रहरूको प्रस्तुति, यथार्थवादी चित्रण, प्रेम, मानवीय संवेग आदि हुन् । यसै शताब्दीका अमेरिकन उपन्यासकारहरूमा हेनरी जोम्स, मोर्क टवीन, केट चोपिन, ज्याक लन्डन, इट्थ वार्टन, स्टेफेन क्रेन, थियोडोर डेइजर आदि रहेका छन् (गौतम, २०६९ः२२) । यस शताब्दीका उपन्यासहरूमा विशेष गरी मध्यम वर्गीय मूल्यहरूको स्वीकार, मध्यम वर्गीय चरित्रहरूको यथार्थता प्रस्तुत गर्नु, रहस्यमयताको अभिव्यक्ति दिनु जस्ता औपन्यासिक प्रवृत्तिहरू रहेको मान्न सकिन्छ ।
बिसौँ शताब्दीमा आइपुग्दा उपन्यासले आफूलाई धेरै नै विकास गरेको पाइन्छ । साथै नेपाली साहित्यको सबैभन्दा महत्वपूर्ण विधाका रूपमा उपन्यासको विकास भएको पाइन्छ । यस शताब्दीको उपन्यासहरूमा पहिलो र दोस्रो विश्वयुद्ध, आर्थिक मन्दी, वोल्सेभिक क्रान्तिको असफलता लगायतका घटनाका अतिरिक्त विभिन्न विचार धाराको प्रभाव परेको पाइन्छ । उपन्यासको विकासक्रममा चाल्र्स डार्विनको सिद्धान्त, कार्ल माक्सको कम्युनिस्ट पार्टीको घोषणापत्र, पे्रडरिक नित्से, सर जेम्स फ्राजर, सिग्मण्ड फ्रायड, अल्वर्ट आइन्सटाइन, म्याम्स ‘लङ्क’, जाँ पाल सात्र्र आदिका विचारहरूले विश्वलाई नै नयाँ रूपले सोच्न बाध्य बनाए । परिणाम स्वरूप उपन्यासको स्वरूप पनि सोहि अनुरूप विकास हुँदै गयो । यस शताब्दीका केही उपन्यासकारहरूमा फ्रान्ज काफ्का, थोमस म्यान, मारकेल फस्ट, एन्डे मारक्युज, जेम्स ज्वाइस, भर्जिनिया उल्फ, डी एच् लरेन्स, विलियम फकनर, सलमान रूस्दी, जेम्स लण्डवीन, एली विल्सन, ल्यारी म्याकमर्थी, एने टेलर, गेल गडवीन, साउल वेलो, भारती मुखर्जी, एलिस वाकर, म्याक्सिम गोर्की लगाएतका रहेका छन् (गौतम, २०६९ः२३) । यस शताब्दीका उपन्यासकारहरूले ईश्वरको अस्तित्वमाथि प्रश्न उठाएका छन् । साथै समाज रूपान्तरणको लागि पनि दरिलो आवाज उठाएका छन् ।
उपन्यास आधुनिक सभ्यताको लोकप्रिय कलारूप हो । नेपाली साहित्यमा उपन्यास विक्रमको बीसौँ शताब्दीको अन्तिम चरणदेखि शुरू भएको हो । नेपालीमा उपन्यास लेखिनुपूर्व कथात्मक प्रयासलाई पूर्वाधारको रूपमा लिइन्थ्यो । शुरूशुरूमा कथात्मक प्रयासहरू अमुद्रित अवस्थामा हुन्थ्यो । अहिलेसम्मका प्राप्तिका आधारमा नेपाली भाषाको प्राचीनतम रूप अशोकचल्लको ‘ताम्रपत्र’लाई मानेर यसको उठान सम्वत् १३१२ देखि भएको ठहर्छ । नेपालीमा आख्यान–रचना महाभारतकै पर्वबाट शुरू हुन्छ । यसको पहिलो श्रेय सम्वत् १८२७ को ‘विराटपर्व’का अनुवादक शक्तिवल्लभ अज्र्याललाई जान्छ । आख्यान शैलीमा लेखिएको पहिलो नेपाली उपन्यास ‘विराटपर्व’ हो । यसपछि बालकृष्ण पोखरेलको ‘पाँच सय वर्ष’ र भानुदत्तको ‘हितोपदेश मित्रलाभ’ (१८३३) आख्यानात्मक कृति हुन् (प्रधान, २०५२ः१८–२३) । वास्तवमा साहित्यिक गद्यको अनुष्ठान नेपालीमा आख्यान परम्परा कथात्मकता देखि नै शुरू हुन्छ । तसर्थ आधुनिक उपन्यासको प्रारम्भविन्दु संस्कृत साहित्यतर्फ औल्याइएको छ ।
निष्कर्षमा भन्नुपर्दा प्राचीन विविध आख्यान र मध्यकालीन रोमान्स नै आधुनिक उपन्यासका पृष्ठभूमि हुन् । यिनकै पृष्ठभुमिमा सर्वप्रथम १७९१ मा ड्यानियल डिफोले ‘रविन्सन क्रुसो’ कृति मार्फत सर्वप्रथम विश्व साहित्यमा औपन्यासिक कृतिको सुत्रपात गरे । रोमान्सेली कथा साहित्यको विकास र प्राचीन आख्यानको बीज भूमि नै उपन्यासको पृष्ठभूमि हो भन्न सकिन्छ । डिफोले यथार्थपरक कल्पना, सम्पूर्ण वर्णनको शक्ति र समकालीन जीवनमा रूचि आदि विशेषताका साथ उपन्यासको जग बसाइदिए । रिचर्डसनले थप विशेषताका रूपमा भावुकताप्रधान लेखन, चरित्रको उचित संयोजन र नैतिकताको भावना भित्र्याए । त्यस्तै फिल्डिङले चाँहि ब्याङ्ग्यमूलक हाँस्य र सामान्यीकृत नैतिकता जस्ता विशेषता थप गरी नयाँ आधार स्तम्भ प्रदान गरे । त्यसैले डिफो, रिचर्डसन र फिल्डिङलाई आधुनिक उपन्यास जगत्का मूल आधार र प्रतिष्ठापक मानिन्छ । यिनै लेखकका रचनालाई आधार बनाएर जर्ज स्मोलोट, लरेन्स स्टर्न, चाल्र्स डिकेन्स जस्ता उपन्यासकारहरूले उपन्यासका क्षेत्रमा महत्वपूर्ण योगदान दिए भने यिनै पूर्वाधारहरूसँगै उपन्यास विभिन्न चरण पार गर्दै आजका विविध प्रवृत्तिहरूको आत्मसात् गर्दै विकासको चुलीतिर अग्रसर हुँदै छ । तसर्थ उपन्यासको विकास पश्चात उपन्यासलाई विभिन्न विचार र शैलीमा प्रस्तुत गर्न खोजियो । यसैका आधारमा स्वच्छन्दतावादी, यथार्थवादी, अस्तित्ववादी, विसङ्गतिवादी, उत्तर आधुनिकतावादी उपन्यासहरू निर्माण भए । उपन्यासको मुख्य कत्थ्य भनेको नै मान्छे र उसले बाँचेको समाजको व्याख्या हो ।
२.५ उपन्यासका तत्वहरू
साहित्यका अन्य विधामा जस्तै उपन्यास निर्माणमा पनि आ–आफ्नै किसिमका तत्वहरू रहेका हुन्छन् । कुनैपनि वस्तुको संरचनात्मक परिपूर्णताका लागि आवश्यक पर्ने अवयव वा उपकरणलाई नै तत्व भनिन्छ । उपन्यास के हो भनेर चिन्नका लागि यसका आवश्यक तत्वहरूलाई जान्नु अनिवार्य हुन्छ । जसको अभावमा उपन्यासले पूर्णता प्राप्त गर्न सक्दैन । उपन्यासको रचनामा विभिन्न तत्वहरूको समायोजन हुन्छ, जसको समुचित प्रयोग र अन्र्तमिश्रणमा नै उपन्यासले स्पष्ट स्वरूप प्राप्त गर्दछ (बराल र एटम, २०६६ः२०) ।
उपन्यासको संरचनामा आउने तत्वहरू धेरै छन् । त्यसमध्ये पनि छ वटा तत्वहरूलाई आधारभूत तत्वका रूपमा मानिन्छ । जसलाई प्राचीन ग्रीसेली आचार्य अरस्तुको पालादेखि नै प्रयोग गर्दै आएको पाइन्छ । तसर्थ उपन्यासलाई पूर्णता दिनका लागि विद्वानहरूले ६ वटा तत्वहरूको उल्लेख गरेका छन् । हड्सनले सानो वा ठूलो, असल वा खराब जुनसुकै उपन्यास संरचनाका लागि कथावस्तु, चरित्रचित्रण, संवाद देशकाल र वातावरण, भाषाशैली, उद्देश्य वा जीवनदर्शनलाई आवश्यक ठानेका छन् (तामाङ, २०७१ः९) । उपन्यासमा जीवनका अन्र्तपक्षहरू समेटिएका हुन्छन् । त्यसैले उपन्यासभित्र वृहत् संसारको व्यापक पक्षको चित्रण गरिएको हुन्छ ।
उपन्यास गद्यात्मक शैलीमा लेखिएको लामो विवरणात्मक आख्यान विधा हो । यो विधा यथार्थलाई अभिव्यक्त गर्ने र सम्भावित जीवन यथार्थको प्रस्तुति गर्ने विधाका रूपमा विकास भएको छ । उपन्यास आफ्नै नियम र आन्तरिक पूर्णताद्वारा सञ्चालित हुन्छ । कथालाई रोचक बनाउनु नै उपन्यासको मुख्य उद्देश्य हो (गौतम, २०६९ः२७) । उपन्यासकारले कथालाई आफ्नो रूपमा निर्धारण गर्न सक्छ । मानवीय अवस्थाका बारेमा ब्याख्यात्मक टिप्पणी गर्नु पनि उपन्यासको उद्देश्य हो । यी कार्य पूरा गर्नको लागि तत्वहरूको आवश्यकता महŒवपूर्ण हुन्छ । उपन्यास विधालाई प्रभावशाली रूपमा विकास गर्न औपन्यासिक तत्वहरूको अनिवार्यता महत्वपूर्ण हुन्छ । तसर्थ समग्रमा उपन्यासका कोमलतम स्वरूप र विकासशील प्रवृत्तिले गर्दा निश्चित शास्त्रीय विधिमा बहन नसकिए तापनि सामान्यतयाः उपन्यासका तत्वहरूलाई निम्नानुसार निर्धारण गर्न सकिन्छ ।
२.५.१ कथानक
उपन्यास संरचनाका लागि आवश्यक पर्ने तत्वहरू मध्ये सबैभन्दा महत्वपूर्ण तत्व कथानक हो । यसलाई उपन्यासको शरीर पनि भन्ने गरिन्छ । कथानक उपन्यासमा घट्ने घटनाहरूको योजनाबद्ध ढाँचा हो । यसमा आउने घटनाहरू कार्यकारण सम्बन्धद्वारा कसिएका र व्यवस्थित गरिएका हुन्छन् । घटनाहरू प्रमाणिक सन्तुष्टि दिन सक्ने भएमा कार्यकारण सम्बन्धमा नियोजित मानिन्छ (बराल र एटम, २०६६ः२०) । कथानकमा चरित्र, विचार, बुद्धि र कल्पनाजस्ता कुराहरू समाविष्ट भएका हुन्छन् । उपन्यासको कथानक विभिन्न स्रोतबाट लिइएको हुन्छ । त्यस्ता स्रोतहरूमा इतिहास, यथार्थ, रागभाव र स्वैरकल्पना आदि पर्दछन् (तामाङ, २०७१ः१०) । समय समयमा भइरहेका घटनाहरूलाई नै इतिहास भनिन्छ । यस्ता आख्यानात्मक इतिहासको कुनै कुरालाई स्रोत बनाएर कथानक निर्माण गरिन्छ । कथानकमा उत्सुकतालाई जगाउन घटना र चरित्रको संगठन हुनु आवश्यक हुन्छ । विनाघटना र विनाचरित्र उत्सुकता जगाउन सम्भव हुदैन । त्यसैले घटना कुनै व्यक्ति वा ठाँउमा घटेको हुनुपर्छ ।
कथानक उपन्यासको सारवस्तु हो । जसको निर्माण सामान्य वा जटिल घटनाहरूको संयोजनबाट हुन्छ । कथानकले घटनाहरूलाई एक अर्कोसित उनेर सम्बन्ध जोर्ने र सुसङ्गठितता प्रदान गर्ने काम गर्दछ । जसलाई कार्यकारणहरूको तारतम्यपूर्ण घटनाहरूको सङ्गठन भन्न सकिन्छ (प्रधान, २०५२ः७) । जसको संयोजनमा उपन्यासको आवृत्ति निर्माण हुन्छ । कथानकले कुनै एक समयावधिभित्र घटेका घटनाहरूलाई नै प्रस्तुत गर्दछ । यसले कारणलाई बढी महत्व दिन्छ । कथानक भनेको घटनाहरूको श्रृङ्खला हो । जसलाई उपन्यासकारहरूले छनौट र व्यवस्थापन गरेको हुन्छ । कथानकमा एउटा मात्र घटना निर्भर हुदैन । यसमा चरित्र तथा तिनको कार्यव्यापार र द्वन्द्वको महत्वपूर्ण भूमिका रहेको हुन्छ । संरचनाका दृष्टिले कथानकको विकास, आरम्भ, सङ्घर्ष विकास चरमोत्कर्ष, सङ्घर्ष ह्रास र उपसंहार गरी पाँच अवस्थामा हुन्छ । उपन्यासमा मूल र आङ्गिक गरी २ प्रकारका कथानक रहेका हुन्छन् । कथानकले नै उपन्यासको मूल ढाँचा निर्माण गर्ने प्राथमिक तत्वको काम गर्दछ । तसर्थ उपन्यास संरचनाका लागि कथानक महत्वपूर्ण आधारभूत तत्व हो ।
२.५.२ पात्र वा चरित्र
साहित्यको नवीन विधाका रूपमा परिचित उपन्यास संरचनाको लागि आवश्यक पर्ने विभिन्न तत्वहरू मध्ये पात्र तथा चरित्र पनि अनिवार्य र महत्वपूर्ण तत्व हो । कथावस्तुलाई अगाडि बढाउने काम पात्र वा चरित्रले गर्दछ । सामाजिक, वैयक्तिक, मानवीय आधारमा उनीहरूका वैविध्यको र विविधता भित्रै एकताको अध्ययन गर्नु उपन्यासमा चरित्र चित्रणको लक्ष्य हो (प्रधान, २०५२ः८) । पात्र वा चरित्रको सहायताले उपन्यासमा उनीहरूका जातीय विशेषताहरू, मानवीय शास्वत सत्यहरू र व्यक्तिका प्रवृत्तिगत वैचित्र्यहरू उद्घाटित हुन्छन् । उपन्यासमा प्रयोग गरिने पात्रहरू समाजका विभिन्न सन्दर्भबाट टिपिएका हुन्छन् । जसले गर्दा पात्रहरूमा समाजको विभिन्नता पाइन्छ । उपन्यासभित्र कुनै विशेषता बुझाउन व्यवस्थित रूपले प्रयोग गरिने मानव र मानवेत्तर प्राणीलाई पात्र वा चरित्र भनिन्छ (बराल र एटम २०६६ः२६) । चरित्र उपन्यासको कथावस्तु र उद्देश्यसँग सम्बन्धित रहेको हुन्छ । मानवको सभ्यता र समाजलाई बुझ्ने आधार पनि चरित्र नै हो । मान्छे भित्रका विविध स्वभावहरू पात्रकै माध्यमबाट प्रकट हुन्छ । साहित्यिक सन्दर्भमा प्रयुक्त पात्रलाई सहभागी भनिन्छ । सहभागी वा पात्रहरू मानवीय र मानवेत्तर गरी दुई प्रकारका हुन्छन् (तामाङ, २०७१ः११) । यिनै पात्रहरूका माध्यमबाट उपन्यासकारले खास जीवनदर्शनको प्रक्षेपण गर्ने प्रयत्न गरिरहेको हुन्छ ।
पात्रको छनौट उपन्यासको महत्वपूर्ण विषयवस्तु हो । पात्रहरू उपन्यासकारका विचारले डो¥याइएका र उनीहरूले नै जन्माएका हुन्छन् । मानिसले जीवन र जगत्को संघर्षमा भोग्नुपर्ने घात प्रतिघात वा क्रिया प्रतिक्रियाद्वारा नै पूर्णता प्राप्त गर्दछ । उपन्यासमा ‘के हुन्छ’ भन्ने भन्दा ‘को संलग्न छ’ भन्ने प्रश्नमा पात्रले संकेत गर्दछ । सामान्यतया एउटा कथानकले एउटा नायक प्रस्तुत गर्दछ जुन प्रमुख पात्रको रूपमा चित्रित हुन्छ । त्यस्तै उपन्यासमा सहायक वा सामान्य पात्रहरूलाई पनि प्रस्तुत गर्दछ जुन मुख्य पात्रसँग सम्बन्धित हुन्छन् (गौतम, २०६९ः२८) । चरित्र यथार्थपरक हुनुपर्दछ । उपन्यासमा चरित्र वा पात्रको रूपमा देखिने सहभागी र तिनको क्रियाकलापलाई देखाउने ढङ्ग वा तरिकालाई चरित्र भनिन्छ । चरित्रचित्रण विधि पनि विभिन्न प्रकारका हुन्छन् । तीमध्ये वाह्य चरित्रचित्रण, आन्तरिक चरित्रचित्रण र नाटकीय चरित्रचित्रण प्रमुख हुन् (तामाङ, २०७१ः११) । कृतिमा घटनावली र कथानकलाई गतिशील प्रभावकारी तुल्याउने सन्दर्भमा चरित्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
उपन्यासमा प्राण भर्ने काम चरित्रले गर्दछ । पात्र वा चरित्रको प्रयोगले उपन्यासको संरचनामा महत्वपूर्ण भूमिका खेल्दछ । चरित्रलाई मूलतः दुई किसिममा विभाजन गर्न सकिन्छ । प्रथम पुरुषीय वा म पात्रद्वारा प्रस्तुत गरिएमा आन्तरिक र तृतीय पुरुषीय वा त्यो पात्रद्वारा प्रस्तुत गरिएमा बाह्य दृष्टिविन्दु हुन्छ । बाह्य दृष्टिविन्दुलाई पनि सर्वदर्शी, सीमित र वस्तुगत गरी तीन भागमा वर्गीकरण गरिएको हुन्छ । उपन्यासका चरित्रहरूमा एक अर्काका विशेषता सापेक्षित रहेका हुन्छन् । चरित्रचित्रण वर्गीकरणका आधारमा पनि महत्वपूर्ण रहेका हुन्छन् । चरित्रचित्रणलाई लिङ्गका आधारमा, कार्यका आधारमा, स्वभावका आधारमा, आवद्धताका आधारमा, आसन्नका आधारमा र जीवन चेतनाका आधारमा वर्गीकरण गर्न सकिन्छ (बराल र एटम, २०६६ः२९) । उपन्यासमा महत्वपूर्ण पात्रहरू बहुआमायिक प्रतिभा सम्पन्न हुन्छन्, जसले मानव र घटनासँगको प्रतिक्रियालाई उद्घाटन गर्न सहयोग गर्छ । तसर्थ उपन्यास संरचनाको लागि पात्र वा चरित्र अनिवार्य र महत्वपूर्ण आधारभूत तत्व हो ।
२.५.३. सारवस्तु वा उद्देश्य
जुन प्रयोजनका लागि कृति लेखिएको हुन्छ । त्यस प्रयोजनलाई उद्देश्य भनिन्छ । साहित्यमा सारवस्तु र प्रयोजनले एउटै कुरालाई जनाउँछ । हरेक विधामा साहित्यिक कृतिको सिर्जना उद्देश्यमूलक ढङ्गले गरिएको हुन्छ । विनाउद्देश्य कुनैपनि साहित्यिक कृतिको रचना गरिँदैन । उपन्यास खास गरी सामाजिक समस्या र वैयक्तिक जीवनका विभिन्न पक्षको चित्रित जीवन र समस्याहरू यथातत्थ्य वर्णन मात्र नभएर तिनीहरूको जीवनप्रति उपन्यासकारको कुनै विशिष्ट दृष्टिकोण नै प्रकट गरिरहेका हुन्छन् (प्रधान, २०५२ः११) । तसर्थ उपन्यासको स्वरूप त्यसको उद्देश्यले निर्धारण गर्दछ भनिएको हो । सामाजिक समस्या र व्यक्तिगत जीवनमा घटेका घटनाहरूलाई व्यापक रूपमा अध्ययन गरी कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्नु उपन्यासकारको औपन्यासिक क्षमता पनि हो । जीवनमा आपूmले भोगेका र अनुभव गरेका कुराहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गबाट अभिव्यक्त गर्नु नै उपन्यासको मुख्य उद्देश्य हो तसर्थ उपन्यासलाई सफल बनाउन उपन्यासकारले आफ्नो दृष्टिकोण प्रस्तुत गर्न उपन्यासभित्र पात्रलाई माध्यम बनाउँदछ (तामाङ, २०७१ः१७) । उपन्यासकारले पात्रको माध्यम मार्फत आफ्नो विचार प्रस्तुत गरी सम्पुर्ण व्याख्या गर्दछ ।
उपन्यास उद्भवको बीज र उद्देश्य नै सारवस्तु हो । त्यसैले लेखकको जीवनदर्शनको भार वहन गरेको हुन्छ । उपन्यासको सारवस्तुमा नै पात्रहरूले पौडिने र खेल्ने स्वतन्त्रता पाउँदछन् भने लेखकले तिनै पात्रका माध्यमबाट आफ्ना धारणा समुचित विन्यास र सम्प्रेषण गरिरहेको हुन्छ (बराल र एटम, २०६६ः३८) । लेखक आपूmले भन्न खोजेका कुरा कलात्मक ढङ्गले प्रभावकारी क्षमतामका साथ व्यक्त गर्दछ । साहित्यको उद्देश्य उपन्यासकारले पाठकलाई के कुरा अभिव्यक्त गर्न चाहन्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ । सारवस्तु मानव जीवनको सामान्यीकरण हो जसको प्रतिविम्वनका लागि प्रतीक, विम्व, परिवेश तथा पात्रले सहयोग पु¥याई रहेका हुन्छन् (गौतम, २०६९ः२९) । तसर्थ उपन्यासको सारवस्तु भन्नु नै मानव जीवनसँग सम्बन्धित घटनावली हुन् भन्न सकिन्छ । उपन्यासकारले आफ्नो उपन्यासको रचना गर्दा कुनै न कुनै उद्देश्य राखेर रचना गरेको हुन्छ । उद्देश्यविना कुनैपनि काम सम्पन्न गर्न सम्भव हुदैन । त्यसैले उपन्यास मार्पmत महत्वपूर्ण सन्देश प्रभाहित भएको हुन्छ ।
उपन्यासको अर्थ केवल एउटा विचारको प्रतिपादन गर्ने साधन मात्र होइन बरू कुनै बिचारप्रतिको धारणा उद्घाटन गर्ने साधन हो (बराल र एटम, २०६६ः३९) । सारवस्तुकै माध्यमले उपन्यासमा उद्देश्यको निर्धारण हुन्छ भने सारवस्तुको कलात्मक प्रस्तुति नै उपन्यासको उद्देश्य हो । आधुनिक उपन्यासको प्रमुख उद्देश्य विशेषत जीवनका कुनै एक पक्ष विशेषको यथार्थताको चित्रण गर्नु नै हो । उपन्यासको सारवस्तु स्थानीय र विश्वजनीन गरी दुई प्रकारका हुन्छन् । स्थानीय सारवस्तुले कुनै देशकालमा सीमित रही सत्यको निरीक्षण गर्दछ भने विश्वजनीन सारवस्तुमा जीवनको शास्वत सत्यको निरीक्षण गर्दछ (बराल र एटम, २०६६ः३९) । यसरी सारवस्तुको माध्यमबाट नै उपन्यासमा उद्देश्य वा सन्देशको अनावरण हुन्छ । तसर्थ सारवस्तुको कलात्मक प्रस्तुति नै उपन्यासको उद्देश्य वा सन्देश हो । सारवस्तु उपन्यासको अर्थ भएकाले त्यसको छिनोफानो गर्दा प्रतीकात्मक स्वरूपलाई पनि खोतल्नुपर्दछ अन्यथा उपन्यासले आफ्नो सतह छोडी गहिराइमा पस्न निकै कठीन हुन्छ । जुनकुनै उपन्यासमा पनि यो तत्वको महत्वपूर्ण अनिवार्यता रहन्छ । त्यसैले उपन्यास संरचनाका घटकहरूमध्ये सारवस्तु वा उद्देश्यलाई पनि महत्वपूर्ण संरचक घटक मान्न सकिन्छ ।
२.५.४ दृष्टिविन्दु
कृतिलाई पाठक समक्ष प्रस्तुत गर्ने तरिकालाई दृष्टिविन्दु भनिन्छ । सामान्यतया दृष्टिविन्दु कृतिको प्रस्तुतिकरणसँग सम्बन्धित संरचक घटक हो । यसले कृतिलाई ठोस आकृति वा संरचनागत पूर्णता प्रदान गर्न तथा कृतिलाई संप्रेषणीय र संवेदनशील बनाउन मद्दत गर्दछ । कुनै खास विचारलाई केन्द्रमा राखेर कथानक ढाँचाको निर्माण गरी पात्रलाई कुन स्थानमा राखेर कथाको रचना गर्ने भन्ने प्रश्नको उत्तर नै दृष्टिविन्दु हो (गौतम, २०६९ः२९) । उपन्यासमा कथयिताले कथा वाचकका लागि उभिन वा बस्नलाई रोजेको ठाँऊ नै दृष्टिविन्दु हो । कथयिताले कसरी घटना एवम् चरित्रहरूको वर्णन गर्दछ भन्ने कुराको निर्धारण दृष्टिविन्दुले गर्दछ (बराल र एटम, २०६६ः३५) । तसर्थ कथा कसले भनेको छ र कसरी भनिएको छ भन्ने कुरालाई दृष्टिविन्दुले बुझाउँछ । उपन्यासलाई भन्ने समख्याता को हो भन्ने नै दृष्टिविन्दु हो । जसले रचनाकार र पाठकबीच सम्बन्ध स्थापित गर्ने सेतुको काम गर्दछ । उपन्यासमा प्रयुक्त पात्र वा सहभागी भएर वस्तुका घातप्रतिघात, परिवेशको चाप, पीडा तथा लेखक आफूले अनुभव गरेका, समेटेका वस्तुस्थितिको भोक्ता नै पात्र हो । पात्रले भोग्ने जीवन भोगाइमा लेखक स्वयम् प्रवर्तित भएको हुन्छ । यसरी प्रवर्तित हुँदा लेखक प्रथम पुरुष र तृतीय पुरुष दृष्टिविन्दुमा प्रस्तुत भएको हुन्छ (तामाङ, २०७१ः१८) । विशेषत कृतिको प्रस्तुति गर्दा प्रथम र तृतीय पुरुष दृष्टिविन्दु गरी २ प्रकारमा गरिन्छ ।
बाह्य दृष्टिविन्दु वा तृतीय पुरुष दृष्टिविन्दुको प्रयोग भएको उपन्यासमा कथयिता नै सम्पूर्ण कुराको ज्ञाता हो । उसले घटनास्थल भन्दा बाहिर रहेर अरूका बारेमा टिप्पणी गर्दछ । उपन्यासमा कथयिताको अधिकारको आधारलाई सर्वज्ञ र सीमित गरेर दुई भागमा बाड्न सकिन्छ (बराल र एटम, २०६६ः३६) । वास्तविक जीवनको अवस्थामा सर्वज्ञ भन्दा सीमित दृष्टिविन्दु बढी नजिक रहेको हुन्छ । कृतिको समख्याता ‘ऊ’, ‘त्यो’, ‘तिनी’, ‘उनी’ वा कुनै नामिक सहभागीका माध्यमबाट भनिएको हुन्छ । तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएको उपन्यासमा उपन्यासकारले घटनालाई सर्वज्ञ, सीमित र वस्तुपरक गरी तीन प्रकारमा बिभाजन गरेका छन् (तामाङ, २०७१ः१९) ।
नेपालीका अधिकाशं उपन्यासहरू तृतीय पुरुष दृष्टिविन्दुमा रचिएको पाइन्छ । सर्वज्ञ दृष्टिविन्दुमा लेखिएको उपन्यासमा समख्यातालाई घटना, कार्यव्यापार आदिका बारेमा जानकारी हुन्छ । यसमा समख्यातालाई पात्रका भावना, विचार, अनुभूति मुल्याङकन गर्ने अधिकार हुन्छ । सर्वज्ञ दृष्टिविन्दुलाई पनि हस्तक्षेपी र अहस्तक्षेपी गरी दुई भागमा विभाजन गरिएको पाइन्छ । हस्तक्षेपी दृष्टिविन्दुमा समख्याताले चरित्रको कार्यव्यापार र उद्देश्यबारे टिप्पणी एवं मुल्याङकन गर्छ भने अहस्तक्षेपी दृष्टिविन्दुमा समख्याताले वर्णन गर्ने, प्रतिवेदन दिने काम गर्छ । सीमित दृष्टिविन्दुमा समख्याताले कृति भित्रका कुनै एक पात्रको मनको विचार तृतीय पुरुषमा प्रस्तुत गर्दछ । वस्तुगत दृष्टिविन्दुमा समख्याता कुनै पात्रको मन भित्र प्रवेश नगरी आफ्ना सामु घटित घटना प्रस्तुत गर्छ (तामाङ, २०७१ः२०) । समग्रमा वास्तविक जीवनको अवस्थामा भने सर्वज्ञ भन्दा सीमित दृष्टिविन्दु बढी नजिक हुन्छ ।
आन्तरिक वा प्रथम पुरुष दृष्टिविन्दु भएको उपन्यासमा कथयिताले घटना र पात्रको वर्णन गर्दा आपूmलाई पनि उपन्यासभित्र संलग्न गर्छ । यसलाई आन्तरिक वा प्रथम पुरुष दृष्टिविन्दु भनिन्छ (बराल र एटम, २०६६ः३६) । कथयिताले चाहेका जुनसुकै कुरा ‘म’ पात्रका रूपमा व्यक्त गर्दछ । प्रथम पुरुष दृष्टिविन्दुलाई पनि दुई भागमा बिभाजन गरिएको पाइन्छ । ती हुन् – केन्द्रीय प्रथम पुरुष दृष्टिविन्दु र परिधीय प्रथम पुरुष दृष्टिविन्दु । प्रथम पुरुष ‘म’, ‘हामी’ समख्याताले समाख्यान गरिएमा केन्द्रीय दृष्टिविन्दु हुन्छ । यसमा प्रमुख सहभागीको आन्तरिक स्थितिको चित्रण गरिएको हुन्छ । परिधीय दृष्टिविन्दुमा समख्यातालाई गौण वा तटस्थ भूमिका प्रदान गरिएको हुन्छ । यहाँ केन्द्रीय सहभागी अर्कै हुन्छ र प्रथम पुरुष सहभागीले कथालाई प्रस्तुत गर्ने माध्यमको भूमिका निर्वाह गर्छ । यसलाई गौण दृष्टिविन्दु पनि भनिन्छ (तामाङ, २०७१ः१९) । त्यसैले समख्याता पनि आख्यानभित्रै रहने हुनाले प्रथम पुरुष वा आन्तरिक दृष्टिविन्दु भनिन्छ । प्रथम पुरुष दृष्टिविन्दुको प्रयोग भएको उपन्यासमा कथयिता प्रत्यक्ष अभिव्यक्ति दिने क्रमबाट मुक्त हुने भएकाले चरित्रबारे टिप्पणी गर्न स्वतन्त्र हुदैन ।
साहित्यका जुनसुकै विधामा दृष्टिविन्दुलाई विशेष महत्व दिइएको पाइन्छ । उपन्यासमा कथावाचकले पात्रको मनका कुरा आचरण, स्वभाव आदिबारे आपूm प्रत्यक्षदर्शी भई विवरण दिनको लागि संवाद, कार्यब्यापार आदि माध्यमबाट जानकारी दिएको हुन्छ । दृष्टिविन्दुको अभिव्यक्ति मार्फत कथा कसले भनेको छ भन्ने कुराको बोध हुन्छ भने दृष्टिविन्दुको स्थितिले कथा कसरी भनिएको छ भन्ने कुरा बुझाउँछ । कृतिमा प्रथम वा तृतीय पुरुष मध्ये कुन प्रकारको पात्रको केन्द्रीयतामा कथाको प्रस्तुति गरिएको छ भन्ने कुरा देखाउन दृष्टिविन्दुको प्रयोग गरिन्छ । विशेष गरी कृतिको प्रस्तुति आन्तरिक वा प्रथम पुरुष दृष्टिविन्दु र बाह्य वा तृतीय पुरुष दृष्टिविन्दुमा गरिएको हुन्छ । दृष्टिविन्दुले कृतिलाई जीवन्तता प्रदान गर्ने र कृतिको स्तर निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्दछ तसर्थ उपन्यास रचनाका तत्वहरू मध्ये दृष्टिविन्दु पनि अनिवार्य र महत्वपूर्ण तत्वको रूपमा लिन सकिन्छ ।
२.५.५ परिवेश
परिवेश भनेको उपन्यासभित्र प्रस्तुत घटना वा क्रियाकलापको देशकाल तथा परिस्थितिको प्रस्तुति हो । यो वास्तविक देश, काल र परिस्थितिका सापेक्षमा निर्माण भएको हुन्छ (गौतम, २०६९ः२०) । कृतिमा सहभागीहरूले कार्यव्यापार सम्पन्न गर्दा घटित ठाऊँ, समय र वातावरणलाई परिवेश भनिन्छ । सहभागीहरूले कार्य गर्दा घटना घट्ने समय, ठाउँ र वातावरणलाई परिवेश अन्तर्गत राखिन्छ । उपन्यास देशकाल, वातावरण वा परिवेशमा केन्द्रित भएर लक्ष्यतर्फ उन्मुख हुन्छ । घटना घटेको समयावधि काल र घटनागत सामाजिक, सांस्कृतिक, भौगोलिक अवस्था वातावरण हो । यी तीन पक्षको रूप नै परिवेश हो (तामाङ, २०६९ः२०) । कार्यव्यापारलाई समायोजन गर्ने काम परिवेशले गरेको हुन्छ । उपन्यासलाई जीवन्त बनाई राख्नको लागि उपन्यास मानव जीवनको यथार्थतासँग नजिक रहने भएकाले समाजमा हुने आन्तरिक र बाह्य दुवै प्रकारको वातावरणको चित्रण हुनु आवश्यक हुन्छ ।
कृतिमा प्रस्तुत स्थान, समय, र वातावरणको सयंक्त रूप नै परिवेश हो । उपन्यासमा समय, स्थान र घटनाको कार्यकारण सम्बन्ध निर्माण भएकै हुनुपर्छ । वास्तविक घटना, वास्तविक समयमा, वास्तविक वातावरणमा घटित भएमा मात्र यथार्थपरक हुन्छ । देशकालको वातावरणविना उपन्यासकारले कथानकलाई विश्वसनीयता, पात्रहरूलाई यथार्थता र ऐतिहासिकतालाई सङ्गति प्रदान गर्न सक्दैन । परिवेशले उपन्यासमा देशका सामाजिक, धार्मिक र राजनीतिक परिस्थितिलाई बुझाउँछ । आचार – बिचार, रीतिथिति, चालचलन लगायत समाजका असल, खराब, व्यावहारिक र वैचारिक पक्षलाई जनाउँदछ । उपन्यासलाई अझ प्रभावकारी बनाउन उपन्यासकार आपूmले भोगेको र अनुभव गरेको जीवन जगत्लाई प्रस्तुत गर्नु बढी स्वभाविक हुन्छ तसर्थ परिवेश पनि उपन्यासको संरचक घटकहरू मध्ये एक अनिवार्य र महत्वपूर्ण संरचक घटक हो भन्न सकिन्छ ।
२.५.६ भाषाशैली
उपन्यासलाई अभिव्यक्त गर्ने माध्यम नै भाषा हो । उपन्यास भाषाद्वारा मूर्त रूपमा प्रकट हुने साहित्यिक कला हो । यो भाषा कै माध्यमबाट शक्तिशाली बन्दछ (बराल र एटम, २०६६ः३९) । उपन्यास यथार्थवरण गर्ने साहित्यिक विधा भएकाले गद्यभाषामा लेखिन्छ । भाषा आफैमा उपन्यास होइन तर उपन्यासको माध्यम भने हो । भाषाका माध्यमबाट मानवीय विचारहरू अभिव्यक्त हुन्छन् । जसले लेखक र पाठकबीच सम्बन्ध कायम गर्न महत्वपूर्ण भूमिका खेल्दछ । कुनै सत्य घटनालाई कसैका सामु प्रस्तुत गर्न भाषा अनिवार्य रहन्छ । तसर्थ भाषा घटनाको भव्यतर प्रस्तुतिका लागि महत्वपूर्ण बन्छ (गौतम, २०६६ः३९) । भाषाको माध्यमबाट लेखकका अनुभूतिलाई पाठकले आत्मसात् गर्दछ । साहित्यमा प्रचलित भाषिक रूपको क्रमलाई छाडेर नवीनताको प्रयोग गर्ने गरिन्छ । त्यसैले उपन्यास पनि साहित्यिक विधा भएकाले यसको भाषामा पनि धेरथोर विचलनयुक्त हुन्छ । तसर्थ भाषा भनेको कृतिलाई प्रस्तुत गर्ने माध्यम हो । जुनसुकै विधाका साहित्यिक कृतिको सिर्जना भाषामा गरिने हुँदा यो उपन्यासको पनि एउटा महत्वपूर्ण संरचक घटक हो ।
शैली उपन्यासका तत्वहरू मध्ये शुक्ष्म तत्व हो । शैलीलाई ठम्याउन गाह्रो पर्दछ र अमूर्त हुन्छ । सामान्य अर्थमा कुनै काम गर्ने ढङ्ग वा तरिका नै शैली हो । कृतिगत सन्दर्भमा लेखिएका अभिव्यक्तिको ढङ्ग वा तरिकालाई शैली भनिन्छ । शैली उपन्यासका सबै तत्वसँग आन्तरिक सम्बन्ध राखेर तिनीहरूको रूपात्मक निर्णयमा सहायक हुन्छ । उपन्यासका पृथक–पृथक शैली हुन्छन् (प्रधान, २०५२ः९) । उपन्यासमा कथावस्तुको आकर्षक, रोचकपूर्णता, सजीव प्रस्तुतीकरण गर्नु नै शैलीको कार्य हो । तसर्थ शैलीले साहित्यिक कृति लेखिने तरिका वा लेखकले आफ्ना भाव वा विचारलाई पाठकसामु अभिव्यक्त गर्दा प्रयोग गर्ने ढाँचालाई जनाउँछ ।
२.६.औपन्यासिका प्रवृत्तिहरू
नेपाली साहित्यका विभिन्न विधाहरू मध्ये उपन्यास एक गद्यख्यानात्मक साहित्यिक विधा हो । उपन्यास पाश्चात्य जगत्बाट विकसित साहित्यिक विधा हो । तसर्थ नेपाली आधुनिक उपन्यासको प्रारम्भ हुनु भन्दा पहिलेका आख्यानात्मक कृतिलाई आधुनिक उपन्यासको पृष्ठभूमिको रूपमा लिन सकिन्छ । उपन्यास लेखनको प्रारम्भतिर समाजमा नैतिक शिक्षा दिनु, मनोरञ्जन प्रदान गर्नु, सामाजिक सुधार गर्नु जस्ता उद्देश्यहरू राखेर उपन्यास रचना हुन्थे । यिनै उद्देश्यहरू पूर्ति गर्दै जाने क्रममा नेपाली उपन्यास आधुनिकतातर्फ विकसित हुँदै गएको पाइन्छ । उपन्यासमा आधुनिकता भन्नाले प्रवृत्तिहरूको पुञ्जलाई बुझिन्छ । जस अन्तर्गत वैज्ञानिकता, विश्वजनीन मानवको स्थिति, कार्यको अवलोकन, नयाँ नयाँ साहित्यिक रूप र शैलीको प्रयोग जस्ता प्रवृत्तिहरू पर्दछन् । तसर्थ संस्कृत तथा लोक आख्यानबाट प्रारम्भ भएको नेपाली गद्य उपन्यासले जासुसी, तिलस्मी आख्यानको अनुवाद मूलक प्राचीन औपन्यासिक परम्पराबाट हुर्किएर आधुनिक नेपाली उपन्यासको फराकिलो फाँट तयार पारेको देखिन्छ । समग्रमा आधुनिक नेपाली उपन्यासमा देखा परेका प्रवृत्तिहरूलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
२.६.१ सामाजिक यथार्थवादी
सामाजिक यथार्थवादमा लेखक स्रष्टामात्र हुन्छ । लेखक निरीक्षण गरेर समाज वा जीवनका यथार्थ टिप्छ र आफ्नो कलामा ढालेर एउटा छुट्टै मनुष्यहरूको जीवित संसार सृष्टि गर्छ जुन वास्तविक समाजमा विचरण गर्ने, दुःख सुख झेल्ने, लड्ने भिड्ने र जित्ने हार्ने सबलता, दुर्बलता सहितको यथार्थ मनुष्य प्रतीत हुन्छ (प्रधान, २०५२ः९७) । जसमा आफ्नो विचार वा उद्देश्य, इच्छाहरू पात्रमा आरोपित गरेर प्रकट हुने गर्छन् । सामाजिक यथार्थवादी उपन्यासमा जीवनका कारूणिक सत्य र तत्थ्य प्रस्तुत भएका हुन्छन् । साहित्यकारले समाजको चित्रण गर्दा सामान्यः निम्न वर्गीय चरित्र र समाजको यथार्थलाई नलुकाइकन जस्ताको तस्तै उतार्ने गर्दछ । नेपाली साहित्यमा रूद्रराज पाण्डेको रूपमती (१९९१) बाट आसिंक यथार्थवाद र लैनसिंह वाङ्देलको मुलुकबाहिर (२००४) पहिलो सामाजिक यथार्थवादी उपन्यास हो (बराल र एटम, २०६६ः९७) । सामाजिक यथार्थवादी प्रवृत्ति अङ्गालेर लेखिएका केही उपन्यासहरूमा लैनसिंह वाङ्देलको माइतीघर (२००७), लङ्गडाको साथी (२००८), रेम्ब्रान्ट (२०२३), लीलवहादुर क्षेत्रीको बसाइँ (२०१४), गोविन्दराज भट्टराइको मुगलान (२०३१), वासु शशीको पूmल ओइलाइसकेपछि, चेतन कार्कीको हनीमुन (२०५५), हरिप्रसाद पाण्डेको मुटुभित्रका ढुकढुकीहरू (२०६५), श्रीधर पौडेलको दुई ढुङ्गा विचको तरूल (२०६४) आदि हुन् (बराल र एटम २०६६ः९८) । नेपाली साहित्यमा सामाजिक यथार्थवादी उपन्यासहरू बढी मात्रामा लेखिएका छन् ।
निष्कर्षमा भन्नुपर्दा समाज जे जस्तो छ त्यसको यथार्थ चित्रण गर्नु नै सामाजिक यथार्थबाद हो । जसले समाजकोे चित्रण गर्दा निम्न वर्गीय चरित्र, यथार्थ र सत्यलाई प्राथमिकता दिन्छ । स्थानीय वोलीचाली र रहनसहनलाई जस्ताको तस्तै प्रयोग गरेर यथार्थलाई स्वभाविकतामा भरिदिन्छ । समाजमा हुने गरिबको पीडा र उदासीको यथार्थ चित्रण सामाजिक यथार्थबादमा गरिन्छ । स्थानीय समाजमा महŒवहीन ठानिएका ठाँउ, घटना र पात्रहरूको अति शुक्ष्म व्याख्या विश्लेषण गरी प्रस्तुतीकरणमा विश्वसनीयताको वृद्धि गरिएको हुन्छ । समग्रमा भन्नुपर्दा समाज र मान्छेको सम्बन्धलाई केलाएर प्रकृति चित्रणमा जोड दिइएको हुन्छ ।
२.६.२. आदर्शोन्मुख यथार्थवादी
आदर्शोन्मुख यथार्थवादी उपन्यासमा वास्तविक समाजको चित्रण गर्नुका साथै लेखकको स्वर आदर्श प्रति उन्मुख रहन्छ । जहाँ समाजको यथार्थ जीवनको चित्रण गर्दै समाज सुधारको आदर्शवादी दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ । नेपाली साहित्यको इतिहासमा आधुनिक नेपाली उपन्यासको प्रारम्भ आदर्शोन्मुख यथार्थवादी उपन्यास रूपमतीबाट भएको मानिन्छ । मानव समाज र यथार्थको परिवेशलाई आधार बनाएर लेखिएको उपन्यास आदर्शको केन्द्रीय निष्कर्षमा टुङ्गिन्छ (तामाङ, २०७१ः३०) । आदर्शको प्रयोग कुप्रवृत्तिको हार र सत्यको जीत एंव परोपकारी उन्नती र दुष्टको दुर्गति देखाउने क्रममा हुन्छ । आदर्शोन्मुख यथार्थवादी उपन्यासमा समाजमा हुने गरेका विकृति र विसङ्गति तथा नारी र निम्नवर्गीय व्यक्तिहरू माथि हुने शोषण, दमन, अन्याय र अत्याचारलाई जस्ताको तस्तै उतार्ने प्रयास गरिन्छ । नेपालीमा आदर्श र यथार्थका पाठ पढाउने उद्देश्यले लेखिएका उपन्यासहरूमा रूद्रराज पाण्डेको चम्पाकाजी (१९९३), प्रायाश्चित (१९९५), प्रेम (२००५), काशी बहादुर श्रेष्ठको उषा (१९९५), बचन (२००१), शोभाचन्द्र उपाध्यायको पाटलीपुत्र (२००३), शुरेश बहादुर शाहको पारिजात (२००३), भारती खरेलको गङ्गाजमुना (२०४६) आदि हुन् (बराल र एटम, २०६६ः९१) । यी उपन्यासहरूमा समाजको खराव पक्षलाई परास्त गरी नैतिक, परिष्कृत र आदर्श समाजको सिर्जना गर्ने उद्देश्यलाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिएको छ ।
निष्कर्षमा भन्नुपर्दा उद्देश्यको रूपमा आदर्शको स्थापना गर्नु तर चित्रणको पद्धति चाँहि यथार्थवादी हुनु नै आदर्शोन्मुख यथार्थवाद हो । मानवसमाज र यथार्थ परिवेशलाई आधार बनाएर लेखिएको उपन्यास जब आदर्शको केन्द्रीय निष्कर्षमा टुङ्गिन्छ त्यो आदर्शोन्मुख यथार्थवाद हुन्छ । खराब गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कार दिन्छन् भन्ने देखाउनु र त्यसको पुष्टिका लागि यथार्थ घटना सिर्जना गरी वर्णन गर्नु नै आदर्शोन्मुख यथार्थवादी प्रवृत्ति हो । उपन्यासमा सरल, सामान्य र वोलीचालीको भाषा प्रयोग गरी सामाजिक परिवेश र घटनाको हुबहु उद्घाटन गरिन्छ । उपन्यासकारको मुख्य उद्देश्य दैवी चमत्कार वा नियति माथि भर परेर काम गर्ने प्रेरणा प्रकट गर्नु होे । तसर्थ उपन्यासका सम्पूर्ण घटना वा परिवेश आदर्श र यथार्थकै लागि निर्देशित हुन्छन् ।
२.६.३ ऐतिहासिक यथार्थवादी
ऐतिहासिक घटना, व्यक्ति वा परिवेशलाई यथार्थवादी ढङ्गले प्रस्तुत गर्नु नै ऐतिहासिक यथार्थवाद हो । ऐतिहासिक उपन्यासमा लेखकले आफ्नो जन्म भन्दा अगाडिको समयाबधिको घटना र चरित्रलाई प्रस्तुत गरेको हुन्छ । उपन्यासमा ऐतिहासिकताको अर्थ इतिहासको यथार्थ घटना मात्र हो । जसले उस बेलाको सम्पुर्ण परिप्रेक्षलाई जीवन्तता प्रदान गरेर त्यस कालको मूलभूत सामाजिक, राष्ट्रिय परिस्थिति, जीवनका वास्तविक प्रवाह र बाह्यान्तरिक द्वन्द्वकालीन सत्यलाई यथार्थतः उद्घाटन गर्न सघाउ पु¥याओस् (प्रधान, २०५२ः१२७) । इतिहासकारको दायिŒव ऐतिहासिक जीवनका रोमान्सेली रागात्मक पक्षभन्दा यथार्थ घटनाक्रम र घटनावृतान्तप्रति सजग रही तटस्थतापूर्वक त्यसको निर्वाह गर्नु हुन्छ । नेपाली उपन्यासमा ऐतिहासिक यथार्थवादी प्रवृत्तिको शुरूवात डायमण्ड शमशेर राणाको वसन्ती (२००६) बाट भएको मानिन्छ । अन्य ऐतिहासिक यथार्थता भिœयाएर लेखिएका उपन्यासहरूमा डायमण्ड शमशेर राणाकै सेतो बाघ (२०३०), प्रतिबद्ध (२०३४), अनिता (२०४३), केशवराज पिंडालीको एकादेशकी महारानी (२०२६), खगेन्द्र के.सी.को खानदान (२०३५), सुन्दर प्रसाद शाहको प्रतिपाद (२०४०) र त्रिफ्ट (२०४२), दोलतविक्रम विष्टको फाँसीको फन्दामा (२०५३) आदि हुन् (बराल र एटम, २०६६ः१०४) । समग्रमा यी उपन्यासहरूले पाठकमा उल्लेखित व्यक्ति प्रति सच्चा भाव निर्माण गरी औपन्यासिक आनन्द प्राप्त गर्न सहयोग गर्दछ ।
निष्कर्षमा भन्नुपर्दा ऐतिहासिक यथार्थवादी उपन्यासमा तिथिमिति र घटनाहरूको मात्र नभएर इतिहासको सामाजिक अवस्थालाई यथार्थ रूप दिएर जीवन्तता प्रदान गरेको पाइन्छ । ऐतिहासिक उपन्यास रचना गर्दा विशेष गरी घटना र चरित्रको नाटकीय प्रस्तुति र देशकालको समुचित संयोजन हुनुपर्दछ । ऐतिहासिक यथार्थवादी उपन्यासले वर्तमान समयमा प्रेरणा प्रदान गर्दछ । उपन्यास रचना गर्दा उपन्यासकारले घटना र चरित्रलाई सकेसम्म उस्तै देशकाल परिस्थिति अनुरूप औपन्यासिकता प्रदान गर्नु पर्दछ । उपन्यासलाई विश्वसनीयता प्रदान गर्न भाषा प्रयोग तथा संवादमा विशेष जोड दिनुपर्दछ ।
२.६.४ अतियथार्थवादी
अतियथार्थवाद भन्नाले नेपाली साहित्यको सन्दर्भमा यथार्थको अतिक्रमण गर्ने र आन्तरिक पक्षको नाङ्गो रूपले चित्रण गर्ने भन्ने बुझिन्छ । अतियथार्थवादलाई मानवीय लुप्त क्षेत्रको खोजी गर्ने प्रवृत्तिका रूपमा लिइन्छ । जसले मनोविश्लेषण र सामनामा शुक्ष्म तत्वको संश्लेषण गरेर मानवको आन्तरिक पक्षको उद्घाटन गर्दछ । परम्परागत मूल्य र मान्यताबाट मानवमनलाई मुक्त गराउने उद्देश्य अतियथार्थवादमा रहेको हुन्छ । यसले तन्द्रा अवस्थाको मानसिक अवस्थाले नै मान्छेको वास्तविक परिचय दिन्छ भन्ने मान्यता राख्दछ (तामाङ, २०७१ः३५) । नेपाली साहित्यमा अतियथार्थवादको शुरूवात लङ्गडाको साथी (२००८) उपन्यासबाट भएको हो । त्यस्तै अन्य उपन्यासहरूमा गोविन्द बहादुर मल्ल ‘गोठाले’को पल्लो घरको झ्याल (२०१६), अर्पणा (२०५३) र पियानानी (२०५६), अर्जुन निरौलाको घाम डुबेपछि, हिरण्य भोजपूरेको गोरी (२०५४) आदि पर्दछन् (बराल र एटम, २०६६ः१०८) । यस किसिमका उपन्यासहरूमा मानिसको यथार्थ रूप बाहिर नभई उसको मनभित्र हुन्छ भन्ने विचार व्यक्त गरेको पाइन्छ । समग्रमा भन्नुपर्दा अतियथार्थवादी उपन्यासमा उपन्यासकारहरूले व्यक्तिका श्वप्निल भाव तरङ्गको सहायताले व्यक्तिभित्र निहीत वास्तविक स्वरूपलाई प्रस्तुत गरेका छन् । जसले गर्दा अतियथार्थवादले व्यक्तिको जटिलता र मनोभावको विसङ्गत चित्रण साहित्यमा हुन्छ भन्ने मान्यता राख्दछ ।
२.६.५ आलोचनात्मक यथार्थवादी
समाजमा देखिएका कुरीति, शोषण र अन्य विसङ्गत तत्थ्यहरूलाई औंँल्याएर तिनको बिरोध गर्ने तथा तिनलाई सुधार्नुपर्ने आकाङ्क्षा राख्ने लेखन पद्धतिलाई आलोचनात्मक यथार्थवाद भनिन्छ (बराल र एटम २०६६ः१०९) । यो पुँजीवादी सभ्याताबाट उत्पन्न विकृति र विसङ्गतिको यथार्थ चित्रण र तिनको आलोचना गर्ने प्रवृत्तिको रूपमा विकास भएको हो । आलोचनात्मक यथार्थवादले सामाजिक विसङ्गतिलाई चिरफार गरेर उचित समाधान गर्न नसकेपनि त्यस्ता विकृति र विसङ्गतिको निन्दा र बिरोध गर्दै तिनीहरूसँग जुध्ने प्रेरणा प्रदान गर्दछ । नेपाली उपन्यासमा हृदयचन्द्रसिंह प्रधानको स्वास्नी मान्छे (२०११) बाट आलोचनात्मक यथार्थवादको प्रारम्भ भएको हो । यस प्रवृत्तिलाई आत्मसाथ गरेर लेखिएका अन्य उपन्यासहरूमा हृदयचन्द्रसिंह प्रधानकै एक चिहान (२०१७), दौलतविक्रम विष्टको मञ्जरी (२०१६), बिग्रीएको बाटो (२०३३), भोक र भित्ताहरू (२०३८), तारानाथ शर्माको मेरो कथा (२०२६), ध्रुवचन्द्र गौतमको घामका पाइलाहरू (२०३५), र उपसंहार अर्थात् चौथो अन्त्य (२०४८) आदि उपन्यासहरू रहेका छन् (तामाङ २०७१ः३६) । यी उपन्यासहरूले यथार्थवादी जीवनदृष्टि प्रस्तुत गर्दै सामाजिक विकृति र विसङ्गतिको चित्रण गर्दछन् । यस आलोचनात्मक प्रवृत्तिले समाजमा भएका जनविरोधी उच्छृङ्खल र व्यक्तिवादी प्रवृत्तिको भण्डाफोर गरी तिनीहरूसँग जुध्नुपर्ने चेतना प्रदान गर्दछ साथै सामाजिक हितको पक्षमा खुलेर भेदभाव युक्त प्रवृत्तिको विरोध गर्दछ ।
२.६.६. स्वच्छन्दतावादी
सामान्य अर्थमा स्वच्छन्दतावाद भन्नाले बन्धनलाई तोडेर स्वतन्त्र जीवनको वकालत गर्नु भन्ने बुझिन्छ । स्वच्छन्दतावादले शास्त्रीयताका विरूद्ध युद्ध लडेको छ । यसले रूढिवादी नैतिकता र एकाधिकारवादी सरकारको विरूद्धमा आवाज उठाएको हुन्छ । यसले सुन्दरता र विचित्रताको संगम भएकाले बाह्य यथार्थलाई भन्दा आन्तरिक र शुक्ष्म यथार्थलाई बढी महत्व दिएको हुन्छ (तामाङ, २०७१ः३२) । स्वच्छन्दतावादको मुख्य चाहना भनेको नै स्वतन्त्रता हो । त्यसैले वन्धनको त्याग र स्वतन्त्रताको वरणमा नै स्वच्छन्दतावादीहरू बढी रमाउछन् । नेपाली साहित्यको उपन्यास विधामा स्वच्छन्दतावादी प्रवृत्ति भएको पहिलो उपन्यास रूपनारायण सिंहको भ्रमर (१९९३) हो । त्यस्तै स्वच्छन्दतावादी प्रवृत्ति अङ्गालेका अन्य उपन्यासहरूमा रूपनारायण सिंहकै विजुली (अपूर्ण २००६), मोहन बहादुर मल्लको उजेली छाँया (२००८), शिवकुमार राइको डाँक बङ्गला (२०१३), समीरण प्रियदर्शीको पोखिएको जिन्दगी (२०२८), राजेन्द्र पौडेलको समाजले देखिनसहेको प्रेम (२०५८), किशनसिंह धामीको कलेज गर्ललाई ईमेल (२०६३) आदि रहेका छन् (बराल र एटम, २०६६ः९४) । तसर्थ स्वच्छन्दतावादमा रूढी होइन आफ्नै काल्पनिक आदर्श तथा मानवतावादको स्वरूप पाउन सकिन्छ ।
निष्कर्षमा स्वच्छन्दतावादी उपन्यासले कल्पनामा बढी जोड दिएका हुन्छन् । स्वच्छन्दतावादी प्रवृत्तिमा काल्पनिक आदर्श तथा मानवताको स्वरूपसँगै स्वतन्त्र जीवनभोगमा प्रवृत्त रहेको हुन्छ । उपन्यास रचनामा वैयक्तिक अनुभवलाई प्राथमिकतामा राखी राष्ट्रियता र मानवतावादलाई समेत उच्च स्थानमा राखेको पाइन्छ । समग्रमा भन्नुपर्दा स्वच्छन्दतावादी प्रवृत्ति भएका उपन्यास काल्पनिकतामा जोड दिई समाजको नियम कानुनको वेवास्ता गर्दै प्राकृतिक आनन्दमा रमाउन अग्रसर हुन्छ । उपन्यासमा प्रतीकात्मक, आलङ्कारिक र विशिष्ट भाषाको प्रयोग गरिएको हुन्छ ।
२.६.७. मनोविश्लेषणात्मक
आधुनिक नेपाली उपन्यासको प्रवृत्तिहरू मध्ये मनोविश्लेषणात्मक पनि एक हो । मनोविश्लेषणात्मक भन्नाले विविध जटिलता र विपरित परिस्थितिमा बाँचेर विकृति, द्वन्द्व, संघर्ष तथा मानसिक तनावमा अल्झिन विवश मानिसहरूको मनको यथार्थ स्थितिको प्रस्तुति हो भन्न सकिन्छ (तामाङ, २०७१ः३६) । यसले उपन्यासलाई कथात्मक वृतान्तबाट गहन वौद्धिक र विश्लेषणात्मक बनाएको हुन्छ भने बाहिरी भन्दा भित्रि मानसिकताको चिरफार गर्दछ । सर्वप्रथम मनोविश्लेषणवादी प्रवृत्ति भएको उपन्यास गोविन्द बहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल (२०१६) हो । यसका साथै अन्य उपन्यासहरूमा विजय मल्लको अनुराधा (२०१८), लक्ष्मीप्रसाद देवकोटाको चम्पा (२०२५), विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), तारिणीप्रसाद कोइरालाको सर्पदंश (२०२६), नयनराज पाण्डेको अतिरिक्त (२०५०), इन्दिरा प्रसाइको विश्वमिश्र (२०५५) आदि हुन् (बराल र एटम, २०६६ः१३०) । मनोविश्लेषणवादी प्रवृत्तिले पात्रको आन्तरिक तथा बहुमुखी स्वभावको उद्घाटन गर्ने काम गरेको छ । मनोविश्लेषणवादी उपन्यासहरूमा चेतन र अचेतन मनको बीच द्वन्द्व सिर्जना गराई मानवीय मनोदशाका विविध कुण्ठा अतृप्ति तथा विक्षिप्त दमीत स्थितिको विश्लेषण गरिन्छ ।
२.६.८ प्रगतिवादी
उपन्यासमा प्रगतिवादी उपन्यास भन्नाले परम्परागत रूढी, कुरीति, कुसंस्कारको विरोध गरी यिनलाई निर्मुल पार्न गरिएको प्रयासलाई बुझिन्छ । उपन्यासमा चित्रित पात्रहरूलाई शोषक वर्गको आडम्बर भोगवादी प्रवृत्ति र स्वार्थी एवम् मानवहीन षड्यन्त्रको विरोध गर्दै क्रान्तिकारी, विद्रोही र परिवर्तनकारी चरित्र प्रयोग गर्न आग्रह गरिएको हुन्छ । नेपाली साहित्यमा डी.पी. अधिकारीको आशामाया (२०२५) र धरती अझै बोल्दैछ (२०२७) उपन्यासले प्रगतिवादी प्रवृत्तिको सुरूवात गरेका छन् । यसै प्रवृत्तिलाई आत्मासाथ गर्दै लेखिएका अन्य उपन्यासहरूमा पारिजातको बैसको मान्छे (२०२९), प्रखालभित्र र बाहिर (२०३५), खगेन्द्र सङ्ग्रौलाको आमाको छटपटी (२०३४), मोदनाथ प्रश्रितको देशभक्त लक्ष्मीलाई (२०३२), सञ्जय थापाको देउमाईको किनारमा (२०४७), ऋषिराज बरालको कमरेड दुतराजको राजधानी प्रस्थान (२०४८), आहुतीको नयाँ घर (२०५०), आदि रहेका छन् ( बराल र एटम, २०६६ः१५१–१५२) । प्रगतिवादी उपन्यासमा परम्परागत कुसंस्कारको विरोध गरी विद्रोही तथा परिवर्तनशील विषयवस्तुको प्रगोग गरिएको हुन्छ । तसर्थ जनतालाई सङ्गठित गरी उद्देश्यपूर्ण ढङ्गले क्रान्ति गर्दै भविष्यप्रति आशावादी हुनु नै प्रगतिवादी हो जसले परम्परागत रूढि, कुरीति, कुसंस्कारको बिरोध गरी निर्मूल पार्ने प्रयास गर्दछ ।
२.६.९. नारीवादी
सामान्य अर्थमा नारीवादी स्वर भनेको नारीका पक्षमा दृष्टिकोण बनाई नारीको माध्यमबाट नै नारीको सोचाइ र अनुभवको यथार्थ व्याख्या गर्नु हो । नारीवादले सामाजिक, सांस्कृतिक साहित्यिक विविध क्षेत्रमा नारीहरूका समस्याहरूको ब्यापक खोजी गर्दै नारीका पक्षमा वकालत गर्दछ । पुरुष प्रधान समाजले नारीमाथि गर्ने लैङ्गिक विभेद पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्या प्रति प्रश्न खडा गर्दै निर्धारित नारीको स्थान तथा परम्परित मूल्य मान्यताको विरोध गर्छ (तामाङ, २०७१ः३९) । पुरुषकेन्द्री समाजले नारीलाई सन्तान जन्माउने यन्त्र, पुरुषकी दासी, मनोरञ्जनको साधन तथा बिज्ञापनको रूपमा हेर्ने प्रवृत्तिको घोर विरोध गरेको छ । नेपाली उपन्यासमा नारीवादी प्रवृत्ति भएको पहिलो उपन्यास हृदयचन्द्र सिंहको स्वास्नी मान्छे (२०११) हो । यस पछिका अन्य नारीवादी उपन्यासहरूमा हृदयचन्द्रसिंह प्रधानकै एक चिहान (२०१७), विजय मल्लको अनुराधा (२०१८), विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती (२०२५), मदनमणी दीक्षितको माधवी (२०३९), प्रेमा शाहको मम्मी (२०४०), पद्यावती सिंहको समानान्तर आकाश (२०६१), कृष्ण धारावासीको राधा (२०६२) आदि रहेका छन् (बराल र एटम, २०६६ः११९) । उपन्यासमा नारीवादी चेतनाको विस्तार हुनु नै नारीवादको महŒवपूर्ण प्राप्ति हो । आधुनिक नेपाली उपन्यासको विकासमा नारीको सर्वाङ्िगण पक्षको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्नुका साथै नारीका यावत समस्याको भण्डाफोर गर्दै समस्या समाधानको उपाय खोजी गर्नु नै नारीवाद हो ।
समग्रमा माथि उल्लेखित उपन्यासका प्रवृत्तिहरू मध्ये सुधारवादी स्वर, द्वन्द्वात्मकता, मानवतावादी स्वर, अनूदित कृति, आञ्चलिकता, विसङ्गतिवाद, प्रगतिवाद, मिथकीय प्रयोग आदि प्रवृत्तिहरू महŒवपूर्ण मानिन्छन् । साहित्यमा मिथकीय प्रयोगले पुरानै कथामा नयाँ अर्थको अन्वेषण गर्नुका साथै मानवीय कल्पनाको व्याख्या गर्दछ । आधुनिक नेपाली उपन्यास लेखनमा डायस्पोराको अभिव्यक्ति दिनु, दमीत चिन्तनको विस्तारपूर्वक प्रयोग गर्नु र ब्यङ्ग्यलाई पनि कलात्मक ढङ्गले प्रस्तुत गर्नु नवीन प्रवृत्तिहरू हुन् । डायस्पोरा अभिव्यक्तिले कर्मभूमिमा उत्पन्न हुने भय, सन्त्रास, मानसिक तनाव र वेदनाका कारण पुख्र्यौली भूमिको अतिमोहको चित्रण गर्दछ । साथै समसामयिक सामाजिक भ्रष्टाचार, विकृति एवम् विसङ्गतिको आलोचनमत्मक चित्रण गर्नु पनि आधुनिक उपन्यासको प्रवृत्तिहरू हुन् ।
सामाजिक यथार्थवादी उपन्यासले समाज र जीवनका यथार्थलाई टिप्छ र सुन्दर समाज बनाउने कल्पना गरी लेखकको विचार र उद्देश्यलाई पात्रमा आरोपित गरेर प्रकट गर्छन् । त्यस्तै आदर्शोन्मुख यथार्थवादले शोषण र अन्यायको विरोध गरी विद्रोहात्मक भावना जागृत गर्न उत्साहित गर्छ । ऐतिहासिक कालको यथार्थ सामाजिक परिस्थिती वा घटना र व्यक्ति विशेषलाई अंगीकार गर्नु ऐतिहासिक यथार्थवाद हो । विगतका सामाजिक घटनाहरू नै साहित्यमा ऐतिहासिक यथार्थ भएर देखा पर्दछन् । अतियथार्थवादले परम्परागत मूल्य मान्यताबाट मानव मनलाई मूक्त गराई उसको मानसिक अवस्थाले नै वास्तविक परिचय दिन्छ भन्ने मान्यता राख्दछ भने स्वच्छन्दतावादले बन्धनलाई तोडेर स्वतन्त्र जीवनको कल्पना गर्दछ । समाजमा भएका अन्धविश्वास, शोषण र सामाजिक कुप्रथाहरू अध्ययन गरेर तिनीहरूको आलोचना गर्ने प्रवृति आलोचनात्मक यथार्थवाद हो । मनोविश्लेषणात्मकमा अचेतन मनको स्थान सर्वाेपरि हुन्छ । यसले बाहिरी भन्दा भित्रि मानसिकताको चिरफार गर्दछ । द्वन्द्वात्मक भौतिकवादी विचारधारालाई अंगालेर साहित्य सिर्जना गर्नु प्रगतिवादी प्रवृत्ति हो भने विविध क्षेत्रमा नारीका समस्याहरूको खोजी गरी नारीका पक्षमा वकालत गर्दै साहित्य सिर्जना गर्नु नारीवादी प्रवृत्ति हो ।
विष्णु भण्डारी नेपाली साहित्यका प्रगतिवादी साहित्यकार हुन् । भण्डारीको प्रस्तुत पहेँलो घाम उपन्यास २०६२/६३ सालको जनआन्दोलन पश्चात लेखिएको पहिलो प्रगतिवादी उपन्यास हो । प्रस्तुत उपन्यासमा एक विद्रोही लडाकु महिलालाई केन्द्रमा राखेर लेखिएको अयोग्य छापामारको कथा छ । उनले प्रस्तुत उपन्यासमा राज्य – माओवादीबीचको सशस्त्र युद्ध, लडाकुको संघर्ष र वलिदानी अनि शान्ति प्रकृयापछि कमजोर बन्दै गएको पार्टी आन्दोलनलाई खोतल्ने प्रयास गरेका छन् । भण्डारीले पहेँलो घामलाई अस्ताउँदो सुर्यसँग तुलना गरेका छन् । जसमा राप र ताप न्यून हुँदै गएको हुन्छ । त्यस्तै माओवादी पार्टी पनि पहेँलो घामजस्तै उर्जाहीन अवस्थामा पुगेको छ भन्ने देखाउन खोजेका छन् । प्रस्तुत पहेँलो घाम उपन्यास मार्फत भण्डारीले पार्टी र नेतालाई भ¥याङ् बन्ने लडाकु वास्तविक अयोग्य लडाकु नभई पार्टीका नेतृत्वकर्ता हुन् भन्ने सन्देश दिएका छन् ।
२.७ निष्कर्ष
उपन्यासमा गद्य साहित्यमा रचित लोकप्रिय विधा हो । उपन्यासलाई जीवन्तता र गतिशीलता प्रदान गर्नको लागि उपन्यासको तत्व र प्रवृत्तिहरूको महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन् । बिषयवस्तुको यथार्थ र भावपूर्ण प्रस्तुति उपन्यास निर्माणको लागि आवश्यक हुन्छ । संसारका जुनकुनै भाषामा लेखिएका उपन्यासमा माथि उल्लेखित सम्पुर्ण तत्वहरूको प्रयोग कुनै न कुनै ढङ्गबाट भएको हुन्छ । उपन्यासमा कुनै तत्वको मात्रा बढी र कुनै तत्वको मात्रा घटि भएपनि प्रयोग चाँहि अनिवार्य रहन्छ । व्यक्ति वा समाजमा घटेका घटनाहरूलाई उपन्यासमा योजनाबद्ध रूपले सङ्गठित बनाएर प्रस्तुत गरिएको हुन्छ जसलाई कथानक भनिन्छ । कथानक पनि सामाजिक, आदर्शोन्मुख, ऐतिहासिक यथार्थ, मनोविश्लेषणात्मक, मानवतावाद आदि विभिन्न विशेषतामा आधारित रहेका हुन्छन् । कथानकलाई अघि बनाउनको लागि मानवीय र मानवेत्तर चरित्रको महत्वपूर्ण भूमिका रहन्छ । पात्र वा चरित्र विना उपन्यासको संरचना हुन सक्दैन । चरित्र चित्रणकै प्रयोग मार्फत नारीवादको उजागर गर्न सकिन्छ । त्यस्तै उपन्यास संरचनाका लागि घटना घटेको समय, स्थान, वातावरण र परिवेश पनि महत्वपूर्ण हुन्छ । उपन्यासले कसको माध्यमबाट कथा भनिरहेको छ भन्ने कुरा दृष्टिबिन्दुबाट अभिव्यक्त हुन्छ भने अभिव्यक्त गर्ने माध्यमलाई भाषाशैली भनिन्छ । भाषाशैली स्थानीय स्तरमा बोलिने परिवेश अनुकुलको भाषा प्रयोग गर्नुपर्दछ । उपन्यासले समग्रमा भन्न खोजेको सन्देशलाई सारवस्तु वा उद्देश्य भनिन्छ । यिनै उद्देश्यलाई सहि तरिकाले प्रस्तुत गर्न उपन्यासका प्रवृत्ति तथा विशेषताहरूको पनि सहि सदुपयोग हुनु जरुरी हुन्छ । तसर्थ समग्रमा उपन्यास संरचनाका लागि कथानक, पात्र वा चरित्रचित्रण, दृष्टिविन्दु, भाषाशैली, परिवेश, सारवस्तु वा उद्देश्य आदिलाई उपन्यासको अनिवार्य र महत्वपूर्ण तत्वहरूका रूपमा स्वीकारिन्छ । साथै आधुनिक नेपाली उपन्यासका औपन्यासिक प्रवृत्तिहरूको पनि सहि सदुपयोग गर्नुपर्छ ।
परिच्छेद तीन
विष्णु भण्डारीको साहित्य यात्रा र प्रवृत्तिको रेखाङ्कन
३.१ विषय परिचय
विष्णु भण्डारी प्रगतिवादी नेपाली कविताका क्षेत्रमा परिचित नाम हो । तीन दशकदेखि निरन्तर साहित्यमा क्रियाशील भण्डारीको वि.सं.२०४३ सालबाट पुस्तककार कृतिहरू प्रकाशित भएका छन् । भण्डारीका हालसम्म कविता विधामा तीनवटा कविता सङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दुईवटा खण्डकाव्य, एउटा लघुकाव्यका साथै एउटा महाकाव्य प्रकाशित छ भने कथाका क्षेत्रमा केही फुटकर कथा, केही फुटकर निबन्ध र उपन्यासका क्षेत्रमा एउटा मात्र उपन्यास प्रकाशित भएको छ । साहित्य यात्राको विविध विधामा कलम चलाउन सफल भण्डारीको पहेँलो घाम उपन्यासको अध्ययन विश्लेषण गर्नु यस शोधको मूल उद्देश्य भएकाले यहाँ भण्डारीको सङ्क्षिप्त जीवनवृत, साहित्य यात्रा र औपन्यासिक प्रवृत्तिको रेखाङ्कन गर्ने काम गरीएको छ । जसका लागि भण्डारीको जन्म, वाल्यकाल, शिक्षादीक्षा, पारिवारीक अवस्था, लेखन आरम्भ, साहित्य यात्रा र औपन्यासिक प्रवृत्तिको रेखाङ्कन गर्दै निष्कर्षमा पुग्ने काम यस अध्यायमा भएको छ ।
३.२ विष्णु भण्डारीको सङ्क्षिप्त जीवनवृत
३.२.१ जन्म र जन्मस्थान
विष्णु भण्डारीको जन्म वि.सं. २०२० फागुन २९ गते लुम्बिनी अञ्चल, गुल्मी जिल्लाको धुर्कोट वस्तुमा भएको हो । उनी बुबा स्व. परमानन्द भण्डारी र आमा विन्तादेवी भण्डारीका माइला छोरा हुन् । उनको न्वारनको नाम खिमलाल भण्डारी हो (विष्णु भण्डारीबाट प्राप्त जानकारी) । नेपालको सुन्दर पहाडी र रमणीय जिल्ला गुल्मीको धुर्कोट वस्तुमा विष्णु भण्डारीको बाल्यकाल बितेको हो । पहाडी भू–भाग, वनजङ्गल, खोल्साखोल्सी, नदीनाला, भीरपाखा, गाउँवेशी, खेतबारी आदि भण्डारीको बाल्यकालको भौगोलिक पर्यावरणीय स्थिति हुन् । नेपालमा राणाशासनको अन्त्यपछिको अस्थिर राजनीतिक अवस्थाका समयमा भण्डारीको जन्म भएको देखिन्छ ।
३.२.२ शिक्षादीक्षा र पारिवारीक अवस्था
अक्षरारम्भ तथा विद्यालयीय शिक्षाको सुरूवात वि.सं. २०२९ मा हिमालय प्रा.वि. वस्तु हटियामा शिशु कक्षाबाट सुरू गरेका भण्डारीले शिशु कक्षामै प्रथम भई आफ्नो प्रतिभा देखाएका थिए । कक्षा चार पास गरेपछि अध्ययन छाडेर वि.सं. २०३३ मा १३ वर्षको उमेरमा पारिवारिक आर्थिक समस्याका कारण कामको खोजीमा भारत गएका भण्डारीले पुनः वि.सं. २०३४ मा नेपाल फर्की हिमालय मा.वि.मा कक्षा पाँचमा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका थिए । उनले वि.सं. २०४० मा प्रवेशिका परीक्षा द्वितीय श्रेणीमा उत्तीर्ण गरी विद्यालयीय शिक्षा पूरा गरेका थिए । उच्च शिक्षा अध्ययन गर्न बुटवल आएका भण्डारीले वि.सं. २०४१ मा बुटवल बहुमुखी क्याम्पस, बुटवलमा भर्ना भई विज्ञान विषय लिएर अध्ययन प्रारम्भ गरे तर विभिन्न कारणले गर्दा पढाइ पूरा गर्न सकेनन् । पछि अन्त्यमा वि.सं. २०४७ सालमा प्राइभेटबाट प्रविणता तह उत्तीर्ण गर्न सफल भए (विष्णु भण्डारीबाट प्राप्त जानकारी) । औपचारिक रूपमा प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका भण्डारीले अनौपचारिक शिक्षामार्फत साहित्यका अलवा राजनीतिकशास्त्र, अर्थशास्त्र र संस्कृतिसँग सम्बन्धित विषयमा व्यापक अध्ययन गरेका छन् ।
विष्णु भण्डारीका पूर्खाहरू जुम्लाको सिंजाबाट धुर्कोट आई बसोबास गरेका हुन् । भण्डारीको हरि, विष्णु र नारायण भण्डारी गरी तीन दाजुभाइ, जमुना र तारा भण्डारी गरी दुई दिदीबहिनीसहित सात जनाको परिवार थियो । उनीहरूको मुख्य पेशा खेतीपाती नै थियो । विष्णु भण्डारीको बुबाको मुख्य पेशा कृषि थियो । त्यसैले आर्थिक दृष्टिकोणले भण्डारीको परिवार निम्न वर्गको थियो । कृषिको आयस्रोतभन्दा परिवारमा आय आर्जनको बाटो थिएन । घरमा बिहान बेलुकाको छाक टार्ने समस्या बढ्दै गएपछि बुबाले व्यापार प्रारम्भ गरेका थिए । केही वर्षको व्यापार पश्चात् बुबाले भारतका आसाम, दार्जिलिङलगायत थुप्रै ठाउँमा काम गरेका थिए । पारिवारिक आर्थिक समस्याका कारण साथीसङ्गीसँगै खेल्ने, रमाउने उमेरका भण्डारी १३ वर्षको उमेरमा कामको खोजीमा बुबासँग भारतमा गएका थिए । वि.सं. २०४८ सालमा पार्वता भूषालसँग विबाह गरेका भण्डारीको प्रदीप भण्डारी, अस्मिता भण्डारी र सुस्मिता भण्डारी गरी तीन सन्तान रहेका छन् (विष्णु भण्डारीबाट प्राप्त जानकारी) । यसरी विष्णु भण्डारीको बाल्यकाल अभाव र सङ्घर्षको सामना गर्दै गुज्रिएको थियो । भण्डारी दम्पति हाल काठमाडौं कोटेश्वरमा बस्दै आएका छन् ।
३.२.३ लेखन आरम्भ
गुल्मी धुर्कोटको रमणीय प्राकृतिक वातावरणमा हाँस्दै खेल्दै त्यही माध्यमिक शिक्षा पूरा गरेका विष्णु भण्डारीको साहित्य लेखनमा त्यहाँको प्राकृतिक मनोरम छटाहरू तथा तत्कालीन सामाजिक सांस्कृतिक पक्षहरूको प्रभाव रहेकोे देखिन्छ । विद्यालयमा हुने गरेको साहित्यिक कार्यक्रम र उनका दाजु हरि भण्डारीको प्रेरणाले साहित्य लेखनका लागि प्रोत्साहित गरेको देखिन्छ । म्याक्सिम गोर्कीको आमा लगायत थुप्रै साहित्यिक कृतिको अध्ययन गरेका विष्णु भण्डारीलाई गरिबी र अभावग्रस्त घरपरिवार, समाजमा भएको सामाजिक आर्थिक विभेद र शोषणले विद्रोहात्मक लेखनका लागि ऊर्जा प्रदान गरेको बताउँदछन् (विष्णु भण्डारीबाट प्राप्त जानकारी) । साहित्यिक लेखनको प्रारम्भ विद्यार्थी जीवनदेखि नै भए पनि नेपाली साहित्यका फाँटमा कविता विधाको विद्रोहको छाल खण्डकाव्य लिएर औपचारिक रूपमा देखा परेका हुन् । उनले वि.सं. २०४३ सालमा एस.वि.विवेक उपनामबाट यो कृति प्रकाशित गराएका हुन् । यो नै भण्डारीको प्रथम प्रकाशित कृति र रचना हो (ढकाल, २०७०ः१९) । तसर्थ प्रगतिशील साहित्यका फाँटमा चम्किएका तारा विष्णु भण्डारीलाई साहित्य लेखनमा उनको पारिवारिक पृष्ठभूमि, तत्कालीन समाज, साथीभाइ, भौगोलिक परिवेश, विद्यालयीय साहित्यिक कार्यक्रम, गुरूहरू, राजनीतिक सम्र्पक तथा विद्रोही स्वभावले उत्प्रेरणा जगाएको देखिन्छ ।
३.३ विष्णु भण्डारीको साहित्य यात्रा
विष्णु भण्डारीको काव्यकारिता उनकै समष्टि साहित्य यात्राको प्रमुख पाटो हो । समग्रमा उनको साहित्य यात्रा भन्नु नै उनका साहित्य लेखनको खास–खास समय, परिस्थितिमा देखापरेका कृतिहरू, तिनमा देखिएका प्रवृत्तिहरू र त्यसले नेपाली साहित्यको फाँटमा पु¥याएको योगदान हुन् । उनले वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी औपचारिकता तय गरेको साहित्य यात्राले लगभग तीन दशकसम्म गतिशीलता लिइरहेको छ । भण्डारीले आफ्नो कृतिहरू मार्फत उत्पीडित जनतामाथिका शोषण, दमन र उनीहरूले खेप्नुपरेका दुःख कष्ट र उत्पीडनका विरूद्ध गरेको सङ्घर्षका साथै उत्पीडित वर्गका नयाँ सपनालाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । उनको २०४३ देखि देखिएको साहित्य यात्राले वि.सं. २०४५ सम्म निरन्तरता पाएको देखिन्छ भने २०४६ देखि २०६२ का बीचमा कुनै रचना आएका छैनन् अर्थात् सिर्जनाका दृष्टिले भण्डारीको यो समय सुषुप्त अवस्थामा रहेको छ । त्यस्तै वि.सं. २०६३ देखि यताको समय भण्डारीको कवित्व सिर्जनाका दृष्टिले ऊर्जाशील भएसँगै उत्कर्षमा पुगेको देखिन्छ ।
साहित्यमा कविता, कथा, उपन्यास र सांस्कृतिक लेख रचनाका क्षेत्रमा कलम चलाएका भण्डारीका एस.वि. विवेक उपनामबाट विद्रोहका छाल (खण्डकाव्य) २०४३, आँधी तुफान (मुक्तक सङ्ग्रह) २०४४, ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य) २०४५, कालो नाटक (लघुकाव्य) २०४५ र विष्णु भण्डारीका नामबाट फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह) २०६३, देश जागेको बेला (कविता सङ्ग्रह) २०६३, उत्सर्ग (महाकाव्य) २०६७, घाइते ह्विलचेयर (कविता सङ्ग्रह) २०६९ पहेँलो घाम (उपन्यास) २०७२ पुस्तककार कृतिहरू र केही फुटकर कथा र निबन्ध प्रकाशित छन् । त्यस्तै भण्डारीका विभिन्न पत्रपत्रिकाहरूमा संस्कृतिसम्बन्धी लेखहरू पनि प्रकाशित छन् । यिनैे साहित्य यात्राको क्रममा देखिएका विषयवस्तु र प्रवृत्तिलाई आधार मानेर भण्डारीको साहित्य यात्रालाई दुई चरणमा वर्गीकरण गरिएको छ । समग्रमा विष्णु भण्डारीको साहित्य यात्रालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
३ः३ः१ पहिलो चरण (वि.सं. २०४३ – २०४५)
वि.सं. २०४३ मा विद्रोहको छाल खण्डकाव्य प्रकाशन गरी नेपाली साहित्यमा पदार्पण गरेका विष्णु भण्डारीको साहित्य यात्राको प्रथम चरण (वि.सं. २०४३ – २०४५) सम्म मानिन्छ (ढकाल, २०७०ः३८) । उनको यस चरणभित्र विद्रोहको छाल (खण्डकाव्य, २०४४), आँधी तुफान (मुक्तक सङ्ग्रह, २०४४), कालो नाटक (लघुकाव्य, २०४५), ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य, २०४५) कृतिहरू प्रकाशित भएका छन् । भण्डारीले यस चरणका कृतिहरूमा सामाजिक यथार्थताको प्रकटीकरणसँगै राष्ट्रप्रेम र स्वतान्त्रतालाई विषयवस्तु बनाइएका छन् । उनले यस चरणको विद्रोहको छाल कृति मार्पmत निरंकुश पञ्चायती शासन व्यवस्थाको समयमा जनताहरू आफ्नो अधिकारको खोजी गर्न विद्रोहमा निक्लिन लागेको समयको भावभूमि प्रस्तुत गरेका छन् । यस खण्डकाव्य मार्फत देशमा पञ्चायती शासन व्यवस्था निस्तेज गरी देशको स्वाधिनता र प्रजातन्त्रको स्थापनाका लागि विद्रोहको लहर जागिरहेको देखाइएको छ ।
वि.सं. २०४४ सालमा विष्णु भण्डारीको लेखन यात्राको दोस्रो प्रकाशित कृतिका रूपमा आँधी तुफान (मुक्तक सङ्ग्रह) एस.वि.विवेकका नामबाट प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र २३ वटा मुक्तकहरू सङ्ग्रहित गरिएको छ । यस मुक्तक सङ्ग्रह मार्फत निर्दलीय पञ्चायतकालीन समयका निरङ्कुशता र व्यथितिका विरूद्ध युवाका प्रगतिवादी जोश जागर प्रस्तुत गरेका छन् । यसै चरणमा वि. सं. २०४५ सालमा एस.वि.विवेकको नामबाटै ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य) प्रकाशित भएको छ । यस काव्यमा पञ्चायती शासक र यसका हरूवा–चरूवाहरूप्रति व्यङ्ग्य र आक्रोश व्यक्त गरिएको छ । प्रस्तुत काव्य मार्फत ब्वाँसोरूपी नेपालका पञ्चायती शासनव्यवस्था र त्यसका नाइकेहरूले जनताको शक्तिका अगाडि टिक्न नसकेर जनतालाई नै एकआपसमा जुधाउने उपाय रचेको तर्फ सङ्केत गरेका छन् । त्यस्तै भण्डारीको कालो नाटक (लघुकाव्य) मार्फत तत्कालीन निरङ्कुश पञ्चायती सामन्तवादी व्यवस्थाले जनताको आँखामा छारो हाल्दै जनआन्दोलनलाई निस्तेज पार्न अगाडि सारेको रणनीतिको चित्रण गरेको छ (ढकाल, २०७०ः५५–६०) । समग्रमा यस चरणका कृतिहरू विचारका हिसाबले उत्कृष्ट रहे पनि कलात्मक भन्दा पनि बढी मात्रामा नाराका रूपमा आएका छन् ।
३ः३ः२ दोस्रो चरण (वि.स.२०६३ देखि – हालसम्म)
विष्णु भण्डारीको साहित्य यात्राको दोस्रो चरण (वि.सं. २०६३ देखि – हालसम्म) रहेको छ (ढकाल, २०७०ः३९) । यो चरण फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३) को प्रकाशनबाट प्रारम्भ हुन्छ । यस चरणमा उनका विचारप्रधान कृतिहरू रचना भएका छन् । यस अवधिमा फेरि अर्को तारा खस्यो (कविता सङ्ग्रह, २०६३), देश जागेको बेला (कविता सङ्ग्रह, २०६३), उत्सर्ग (महाकाव्य, २०६७), घाइते ह्विलचियर (कविता सङ्ग्रह, २०६९), केही फुटकर कथा, निबन्ध र पहेँलो घाम (उपन्यास, २०७२) प्रकाशित भएका छन् । पहिलो चरणभन्दा यस चरणमा भण्डारीले विषयवस्तु प्रयोगगत विविधताका साथै कलापक्ष र विचारपक्षलाई प्रयोगवादका आधारमा अघि बढाएका छन् । जसले गर्दा उनका सिर्जना समाज परिवर्तनका बाहक बन्न पुगेका छन् । फेरि अर्को तारा खस्यो सङ्ग्रहका सम्पूर्ण कविता दासता, उत्पीडन र अन्यायबाट मानव मुक्तिका लागि उदात्त चाहना अभिवृद्धि गर्ने खालका र गद्य लयमा प्रस्तुत भएका छन् । यस सङ्ग्रहका कवितामा तत्कालिन यथार्थताको प्रकटीकरणसँगै राष्ट्रभक्तिको भावना प्रवल रूपमा आएको देख्न सकिन्छ ।
देश जागेको बेला कविता सङ्ग्रहमा भण्डारीले २०६२/६३ को जनआन्दोलनलाई कवितावद्ध गर्न सफल रहेका छन् । जनताकै पक्षमा लेखिएको र राष्ट्रभक्तिले सुसोभित यस कविता सङ्ग्रहका कवितामा कवित्व भन्दा घटनावस्तुको वर्णनले उच्चता पाएको देखिन्छ । वि.सं. २०५२ सालदेखि २०६३ सम्म चलेको जनयुद्धमा आधारित भएर लेखिएको महाकाव्य उत्सर्ग हो । जसमा दशवर्षे माओवादी जनयुद्धको महागाथा गाइएको छ । यो जनयुद्धका घटना सन्दर्भ, विषयवस्तुलाई आख्यानात्मक रूप दिएर लेखिएको कृति हो । त्यस्तै घाइते ह्विलचियर कविता सङ्ग्रहमा कर्ममा विश्वास गर्ने योद्धाका सपना जस्तै नयाँ बाटोको निर्माण गरी यात्रा गर्दा गर्दै आस्थाको शिखरमा पुग्ने चाहना व्यक्त भएका छन् भने विश्वासमा अडिएको जीवन मार्पmत माओवादी जनयुद्धका समयमा सरकारद्वारा बेपत्ता पारिएका परिवारको दयनीय र पीडादायक कारूणिक स्थितिको चित्रण गर्दै जनयुद्धको मर्मलाई सत्तामा पुगेपछि भुल्न नहुने सन्देश दिइएको छ (ढकाल, २०७०ः१०४) । साथै भण्डारीको हालसालै प्रकाशित उपन्यास पहेँलो घाम एक महत्वपूर्ण प्रगतिवादी उपन्यास हो । जहाँ अयोग्य बनाइएका माओवादी छापामारको यथार्थ कथालाई मूल विषय बनाइएको छ । समग्रमा भन्नुपर्दा भण्डारीलाई साहित्य यात्राको दोस्रो चरणले नै साहित्यको उचाईमा पु¥याएको छ ।
समग्रमा विष्णु भण्डारीको साहित्य यात्रा कविताका आधारमा निर्धारण गरिएको छ । साहित्य यात्रा तीन दशकको समय भए पनि उनको बीचको करिब १५ वर्षमा उनका कुनै साहित्यिक कृति र रचनाहरू नदेखिएको हुँदा यो समयलाई यहाँ गणना गरिएको छैन । उनको साहित्य यात्रा कविता विधाको लघुत्तम रूपदेखि चरम रूप महाकाव्यसम्म फैलिएको देखिन्छ । नेपाली साहित्यको कविता विधाबाट साहित्य लेखनको सुरूवात गरेका भण्डारीका कवितामा भाव गाम्भीर्य र कवित्व उच्च रहेको देखिन्छ भने उपन्यास विधामा एउटा मात्र कृति प्रकाशित भएको छ । विष्णु भण्डारीको साहित्येतर व्यक्तित्वको उर्जाशील पाटो राजनीतिक व्यक्तित्व नै हो । तसर्थ देशको राजनीतिक अवस्थालाई राम्रैसँग बुझेका भण्डारीको समग्र साहित्य यात्रा राजनीतिक परिवेशमा रहेको पाइन्छ । कविता क्षेत्र उनको विशेष रूचीको क्षेत्र भए पनि उनले फुटकर रूपमा संस्मरण, निबन्ध, सांस्कृतिक लेखरचना, राजनीतिक लेखरचनाहरू पनि लेख्ने गरेका छन् । जुन रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा पूmटकर रूपमा प्रकाशित भए पनि सङ्ग्रहका रूपमा भने आउन सकेको देखिँदैन ।
३ः४ विष्णु भण्डारीका औपन्यासिक प्रवृत्तिहरूको रेखाङ्कन
विष्णु भण्डारीलाई साहित्य सिर्जनामा उनको जीवन भोगाइ, स्वाध्ययन, जन्मस्थानको बाल्यकालीन परिवेश, समाजसेवी तथा साहित्यकारसँगको साक्षात्कार, माक्र्सवादी दर्शन, साहित्यप्रतिको आन्तरिक रूचि, विद्यालय स्तरीय साहित्यिक वातावरण, दाजु हरि भण्डारीको प्रभाव र प्रेरणा र आफ्नै विद्रोही स्वभाव जस्ता विभिन्न कारक तत्वहरूले अभिप्रेरित गरेका छन् । विष्णु भण्डारीको साहित्य लेखनको प्रारम्भ विद्यार्थी जीवनदेखि नै भएको हो । प्रगतिवादी लेखक विष्णु भण्डारीलाई नेपाली साहित्य जगत्का एक चिरपरिचित ब्यक्तित्वका रूपमा लिन सकिन्छ । नेपाली साहित्यको मझौला रूप विद्रोहका छाल खण्डकाव्य लिएर देखा परेका भण्डारीले साहित्यको हरेक विधा कथा, कविता, समालोचना र उपन्यास लेखनमा कलम चलाएको पाईन्छ । उनले आफ्ना रचनामा शोषण, दमन, अत्याचार, परनिर्भरता विरूद्ध विद्रोहको उद्घोष गरेका छन् । उनका विचार स्वाभिमान, राष्ट्रियता र अभिमानलाई विषय बनाएर साहित्यका विविध विधामार्पmत प्रष्फुटित भएका छन् । प्रगतिवादी विचारधारालाई अँगाली साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा परिचित भण्डारीका औपन्यासिक प्रवृत्तिहरूको रेखाङ्कन निम्नानुसार गर्न सकिन्छ ।
३.४.१ जनविद्रोहको स्वर
विष्णु भण्डारी प्रगतिवादी साहित्यकार हुन् । उनका प्रकाशित कृतिहरूमा विद्रोहको स्वर तीव्र रूपमा आएको पाइन्छ । उनले आफ्ना कृति मार्पmत यथार्थको प्रकटीकरणसँगै उनीहरूको विद्रोहको आवाज बुलन्द गरेका छन् । देशमा व्याप्त विभेदपूर्ण शासन प्रणालीको विरोध गर्दै परिवर्तनको स्वरलाई जनताको तहसम्म पु¥याउने जमर्को भण्डारीले आफ्नो काव्यात्मक कृतिहरूमा गरेका छन् । पहेँलो घाम भण्डारीको पहिलो उपन्यास हो । यो उपन्यास पनि माओवादी केन्द्रीत राजनीति कै सेरोफेरोमा रहेको छ । युद्धमा चमत्कारी भूमिका निर्वाह गरेपनि अयोग्य भनिए पछि भविष्यको बाटो नदेखेर अलमलिएका पूर्व छापामारहरू पार्टीको चर्को आलोचना गर्दै विद्रोहको स्वर उराल्छन् – कमरेडलाई थाहाँ छ कति जना अयोग्यले सहरमा ज्यामी काम गर्छन् (पृ.२३४) । जनतासँग जोडिएको पार्टी किन जनतासँग जान्न ? किन आलोचना र बहसबाट भाग्छ ? (पृ.२४२) ।
त्यस्तै अयोग्यहरू जनयुद्ध विरोधीलाई पार्टीमा हुलेको भन्दै आक्रोशित हुन्छन् – हिजोका भगौडा, भ्रष्ट र मण्डलेहरू आज सल्लाहकार भएका छन् । उनैले नियुक्ति र टिकट पाएका छन् । बेपत्ता र सहिद परिवारको बिचल्ली छ । हजारौँ युवाहरू बिदेशिएका छन् । तपाई भन्दै हुनुहुन्छ प्रतिक्रान्ति नजिकै छ । प्रतिक्रान्ति हुन्छ भन्ने त घाम जत्तिकै छर्लङ्ग थियो नि । अब यो प्रतिक्रान्ति रोक्छ कसले ? (पृ.२५६) । भण्डारीले प्रस्तुत उपन्यास मार्फत पार्टी र नेतालाई जिरोबाट उठाएर सत्तामा पु¥याउने छापामारलाई अयोग्य बनाएर निकाले पश्चात गरेका विद्रोह र जीवन भोगाइका जटिल यथार्थहरू प्रस्तुत गरेका छन् । तसर्थ भण्डारीका औपन्यासिक प्रवृत्तिहरू मध्ये जनबिद्रोहको स्वर पनि एक महत्वपूर्ण प्रवृत्ति मान्न सकिन्छ ।
३.४.२ प्रगतिवादी लेखक
भण्डारी सानैदेखि गरिबी, अन्याय, अत्याचारमा पिल्सिनु परेकाले समाजका ठूलाठालु, साहू महाजन, जिम्माल मुखिया र फटाहासँग घृणा छँदै थियो । सानैमा विदेशिनु परेको, हेपिनु र तिरस्कृत हुनुको पीडाबाट उन्मुक्ति खोज्ने क्रममा भण्डारी प्रगतिवादी लेखनतिर अभिप्रेरित भएको पाइन्छ । प्रगतिवादी विचारधारालाई अंगाली साहित्य सिर्जना गर्ने लेखकका रूपमा परिचित विष्णु भण्डारीले हालसम्म ८ वटा कविता काव्यहरू रचना गरेका छन् भने केही कथा र एउटा मात्र उपन्यास प्रकाशित गरेका छन् । प्रगतिवादी विचाराख्यानले गर्विभूत लेखक विष्णु भण्डारीद्वारा लिखित पहँेलो घाम एक प्रगतिवादी कृति हो । जहाँ नवीनताप्रति आस्थावान रही विकासको लागि अघि बढिएको छ । उनले आख्यानको विषयवस्तु प्रयोगगत विविधताका साथै कलापक्ष र विचारपक्षलाई प्रयोगवादका आधारमा अघि बढाएका छन् । जसले गर्दा प्रस्तुत उपन्यास समाज परिवर्तनको वाहक बन्न पुगेको छ । तसर्थ प्रगतिवादी लेखनको मुख्य उद्देश्य समाज रूपान्तरण भएकाले श्रमशील जनता र समाजलाई केन्द्रविन्दुमा राख्ने भण्डारी प्रगतिवादी लेखकका रूपमा चिनिएका छन् ।
३.४.३ सामाजिक यथार्थता
समाजमा रहेका हरेक यथार्थ घटनालाई विषयवस्तु बनाई साहित्य लेखनमा सक्षम भण्डारीको सामाजिक यथार्थता पनि मुख्य औपन्यासिक प्रवृत्ति हो । उनको साहित्य लेखनको प्रारम्भिक चरण देखि नै आफ्ना काव्य कृतिहरूमा सामाजिक यथार्थताको प्रकटीकरण भएको छ । प्रस्तुत पहेँलो घाम उपन्यासमा चित्रित सम्पूर्ण घटनाहरू सामाजमा हुने यथार्थ घटनाहरू नै हुन् । जहाँ अयोग्य छापामारहरूले भोग्नु परेका समाजका यथार्थ घटनाहरू वर्णित छन् । उपन्यासमा माओवादी जनयुद्ध कालीन समयको समाजमा भएका यथार्थ घटनाहरू प्रस्तुत छ । साथै जनतामाथिको शोषण, उनीहरूले खेप्नुपरेका कष्ट, त्यसविरूद्ध गरेका विद्रोह र जीवन भोगाइका जटिल यथार्थहरू प्रस्तुत छन् । यी घटनाहरू नै समाजमा हुने सामाजिक यथार्थ घटनाहरू हुन् । तसर्थ भण्डारीका औपन्यासिक प्रवृत्तिहरू मध्ये सामाजिक यथार्थता पनि महत्वपूर्ण प्रवृत्ति हो भन्न सकिन्छ ।
३.४.४ समसामयिक परिवेशको चित्रण
साहित्यकार विष्णु भण्डारीका कृतिहरूमा समसामयिक परिवेशको राम्रो चित्रण देख्न सकिन्छ । नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा स्थापित भण्डारीका कृतिहरूमा समसामयिक परिवेशको चित्रण भएको पाइन्छ । उनका कृतिहरूमा शहरको प्रभाव केही मात्रामा रहेपनि ग्रामीण नेपाली समसामयिक परिवेशको चित्रण प्रस्ट रूपमा आएको पाइन्छ । पछिल्लो समयमा प्रकाशित कृति पहँेलो घाम उपन्यासमा चित्रित परिवेश मार्मीक र कारूणिक स्थितिको रहेको छ । उपन्यासमा जनआन्दोलन र जनआन्दोलन पश्चातको परिवेश चित्रण गर्नुका साथै माओवादीको बिगत र वर्तमानको अवस्था पनि चित्रण गरिएको छ । त्यसैगरी उपन्यासमा ठूला भनाउदा र पढेलेखेकाले निम्न वर्गीय जनतामाथी गरेको अमानवीय व्यवहारको पनि चित्रण गरिएको छ । उपन्यासमा ग्रामीण र सहरिया दुबै परिवेशको सफल चित्रण गरिएको पाइन्छ । तसर्थ भण्डारीका औपन्यासिक प्रवृत्तिहरू मध्ये समसामयिक परिवेशको चित्रण पनि महŒवपूर्ण औपन्यासिक प्रवृत्ति हो ।
समग्रमा विष्णु भण्डारीका औपन्यासिक प्रवृतिहरूमा जनआन्दोलन साहित्य लेखन एक हो । यसका साथै परम्परागत मान्यताको विरोध, मानवतावादी, अस्तित्वादी जीवनदर्शन, पुरुष प्रधान समाजमा नारी चरित्रको बाहुल्यता, अङ्ग्रेजी भाषाको प्रयोग, मिश्रित भाषाको प्रयोग, झर्रा नेपाली ग्रामीण परिवेशको भाषा प्रयोग, वर्णनात्मक र संवादात्मक दुवै शैलीको प्रयोग, लामा छोटा सबै प्रकारका संवादको प्रयोग, नेपालकै विभिन्न भागका ग्रामीण, सामाजिक, साँस्कृतिक, प्राकृतिक सौन्दर्यको प्रयोग, गाउँले तथा शहरिया परिवेशको प्रयोग, विविध परिवेशका गरिव, अशिक्षा, वेरोजगारी पात्रहरूको चित्रण र उचित विम्व, प्रतीकको प्रयोग गर्नु भण्डारीका औपन्यासिक प्रवृतिहरू हुन् ।
३.५ निष्कर्ष
प्रस्तुत तेस्रो परिच्छेदमा विष्णु भण्डारीको सङ्क्षिप्त जीवनीवृत साहित्य यात्रा र औपन्यासिक प्रवृत्तिहरूको विश्लेषण गरिएको छ । प्रगतिवादी विचारधारा बोकेका विष्णु भण्डारीको जन्म वि. स. २०२० फागुन २९ गते गुल्मी जिल्लाको धुर्कोटवस्तुमा भएको हो । निम्न वर्गीय परिवारमा जन्मिएका भण्डारीको वाल्यकाल आर्थिक विपन्नतामा बितेको पाइन्छ । उनले विपन्न वर्गमाथि सम्पन्न वर्गले शासन चलाएको सामाजिक पीडा नजिकैबाट देखेका र भोगेका छन् । साहित्य लेखन यिनै जीवन भोगाई, पारिवारिक पृष्ठभूमि तथा पेशागत अनुभवहरूको महŒवपूर्ण भूमिका रहेको छ । सानै उमेरदेखि कविता लेख्न सुरू गरेका भण्डारीको वि. स. २०४३ सालबाट पुस्तककार कृतिहरू प्रकाशित भएका छन् । ५० औँ वसन्त पार गरिसकेका भण्डारीका हालसम्म कविता विधामा तीनवटा कवितासङ्ग्रह, एउटा मुक्तक सङ्ग्रह, दूईवटा खण्डकाव्य, एउटा लघुकाव्यका साथै एउटा महाकाव्य प्रकाशित छन् भने कथा विधामा केही कथा र उपन्यास विधामा एउटा मात्र उपन्यास प्रकाशित भएको छ । भण्डारीको साहित्य यात्रालाई पहिलो र दोस्रो चरण गरी दुई चरणमा बाँडेर अध्ययन गरिएको छ । वि. स. २०४२ – २०४५ सम्म पहिलो चरण र वि. स. २०६३ – हालसम्मको समयलाई दोस्रो चरण मानिएको छ । भण्डारीको वि. स. २०४६ देखि २०६२ का बीचमा कुनै रचना नदेखिएकाले यहाँ गणना गरिएको छैन । प्रगतिवादी साहित्य सिर्जनामा लागेका विष्णु भण्डारीका जनविद्रोहको स्वर, सामाजिक यथार्थता, समसामयिक परिवेशको चित्रण गर्नु औपन्यासिक प्रवृत्तिहरू हुन् ।
परिच्छेद चार
पहेँलो घाम उपन्यासको विधातात्विक विश्लेषण
४.१ विषय प्रवेश
प्रगतिवादी उपन्यासकार विष्णु भण्डारी नेपाली साहित्यका प्रतिभाशाली व्यक्तित्व हुन् । सानै उमेरदेखि साहित्य लेखन सुरू गरेका भण्डारीको पहेँलो घाम पहिलो औपन्यासिक कृति हो । प्रस्तुत उपन्यास लेखिदाको पृष्ठभूमि २०६२/६३ सालको जनआन्दोलन पश्चातको समय हो । जनयुद्घमा साहसिक योद्घाको परिचय बनाएकी युवतीको कथा उपन्यासमा बुनिएको छ भने अयोग्य बनाएर निकालिएका छापामारले बाँच्नका लागि गरेको संघर्ष र समकालीन राजनीतिलाई पनि सङ्गसङ्गै उतारिएको छ । प्रस्तुत पहेँलो घाम उपन्यासको विधातात्विक विश्लेषण गर्नु यस शोधको मूल उद्देश्य भएकाले यहाँ उपन्यासको तत्वगत आधारमा संरचना, कथानक, पात्र वा चरित्र, सारवस्तु वा उद्देश्य, दृष्टिविन्दु, परिवेश, भाषाशैली, प्रतीक र विम्व, शीर्षकको विश्लेषण गर्दै निष्कर्षमा पुग्ने काम यस अध्यायमा भएको छ ।
४.२ पहेँलो घाम उपन्यासको संरचना
कुनै पनि कृतिको बनावट नै संरचना हो । हरेक साहित्यिक विधाको छुट्टाछुट्टै संरचना र संरचक तत्वहरू रहेका हुन्छन् । कुनै विधा निर्माणका लागि आवश्यक पर्ने तत्वहरूको ब्यवस्थित गठन नै संरचना हो । कृतिको संरचना आन्तरिक र बाह्य गरी दूई प्रकारका हुन्छन् । उपन्यासको आन्तरिक संरचना अन्तर्गत त्यसका संरचक तत्वहरू पर्दछन् भने बाह्य संरचना अन्तर्गत उपन्यासको आकार प्रकार, पृष्ठ, अनुच्छेद, पङ्क्तियोजना आदि पर्दछन् । प्रस्तुत पहेँलो घाम उपन्यास अयोग्य छापामार विद्रोही केटीलाई प्रमुख पात्र बनाएर लेखिएको विष्णु भण्डारीको पहिलो उपन्यास हो । यो उपन्यास २९४ पृष्ठमा संरचित छ । उपन्यासको आरम्भ प्रस्तावना भागबाट भएको छ भने अन्त्य पूर्वकथा भागबाट भएको छ । सानो ठूलो गरी प्रस्तुत उपन्यास २५ वटा मूल अध्याय, प्रस्तावना र पूर्वकथा गरी २७ भागमा विभाजित रहेको छ । यो उपन्यासको मोटाइ डिमाइ आकारको रहेको छ ।
४.३ कथानक
प्रस्तुत पहेँलो घाम उपन्यासमा कथावस्तुको सुरूवात नै कारूणिक अवस्थाबाट भएको छ । उपन्यासको प्रमुख पात्र शिवा क्यान्टोन्मेन्टबाट अयोग्य प्रमाणित भएपछि गन्तव्यहीन यात्रामा निस्केसङ्गै कथानक आरम्भ हुन्छ । सोहनले पनि शिवाको कथा भेट्छ र उपन्यासको अन्त्य सुखान्तमा टुङ्गिन पुग्छ । प्रस्तुत उपन्यासमा वस्तु सङ्गठनका दृष्टिले हेर्दा दुईवटा कथावस्तुलाई अभिव्यक्त गरिएको छ । पहिलो कथावस्तु शिवाले जनयुद्धमा देखाएको साहसिक वर्णन छ भने दोस्रो कथावस्तु धनसिं विश्वकर्माको विगतसँग जोडिएर आएको छ । प्रस्तुत पहेँलो घाम उपन्यासमा जनयुद्धमा साहसिक योद्धाको परिचय बनाएकी शिवाको कथा बुनिएको छ । साथै अयोग्य हुनुको पीडा र बाँच्नका लागि गर्नु परेको संघर्ष वर्णित छ ।
माघ महिना थियो । लाहान चोकबाट सोहन गाडी चढ्यो । ऊ डकुमेन्ट्रीको लागि अयोग्य छापामारको कथा खोज्न आएको हुन्छ । त्यो रात सोहनले नै शिवालाई होटलमा सुत्ने व्यवस्था गरेर ठूलो सहयोग गरेको थियो । शिवाले भने आफ्नो नाम रमिला बताएकी थिई । भोलिपल्ट सोहन शिवा र उसको कथा खोज्न सविनसँग दोलखा जान्छ । त्यहाँ अचिनारू रामकृष्ण र दोर्जे भेटिन्छन् । रामकृष्णले करिब ८ वर्ष पहिलेको घटना भन्दै शिवाको कथा भन्न थाल्छ । ढिलै भएपनि गाँउमा जनयुद्घको हावा लागेको थियो । गाँउमा पालैपालो माओवादी, सेना र शाही सेना आउँदा गाँऊ नै आतङ्कित भएको थियो ।
त्यस्तैमा एकदिन गाँउमा सेनाको ठूलो फोर्स पस्यो । अघिल्लो दिन राती आफ्नो भाइको नेतृŒवमा माओवादी सेना त्यहि बाटो भएर पूर्व गएका थिए । सेनाले रामबहादुरको घर घेरा हाले र माओवादीलाई पाल्ने जाँठा भन्दै बाँधेर लडाए । उनीहरूले एउटी स्कुले छात्रालाई पनि गिरफ्तार गरेर ल्याएका थिए । मास्टरले माओवादीका बारेमा थाहाँ छैन भन्दा आतङ्कारीको दाइलाई सवै थाहाँ छ भन्दै क्याप्टेन कड्कियो । मास्टरलाई जति नै यातना दिए पनि कुरो खुस्किएन । कैयौँपटक होइन भन्दै क्याप्टेनको गोडा समाए आमा र जहानले तर टसको मस भएन । किशोरीलाई आतङ्ककारीको निहुमा ल्याएका थिए भने कारण अर्कै थियो । विचरीले हात जोडेर ज्यानको भिक्षा मागेकी थिई तर क्याप्टेनले फ्याउरी रण्डी भन्दै बलात्कार गरेको थियो । क्याप्टेन पछि अरू सिपाहीहरूले बलात्कार गरे तर जमदार र हवलदारले हाम्रा पनि छोरी छन् भनेर बलात्कार गर्न अस्वीकार गरे । बिचरी पीडाले चिच्याउँदा चिच्याउँदै सिताङ्ग बनी । त्यसपछि सैनिकहरूले मास्टरकी श्रीमतीलाई बलात्कार गर्न लागे । मास्टर भने उसलाई नछोऊ भन्दै चिच्याउदै थियो । क्याप्टेनको आदेशमा जिउँदै उसका आँखा निकालियो । आँखा निकाल्दा निस्किएको उसको पीडापूर्ण आवाजले गाउँ नै थर्कियो । बुहारीको रोदन र छोराको क्रन्दनले बूढी चिच्याउदै बाहिर आइन् । क्याप्टेनले बूढीलाई धक्का दिँदै भित्र अर्कै भर्जिन छ भन्दै भित्र पस्यो । क्याप्टेनले शिवालाई बलात्कार गर्नै लाग्दा हजुरआमाले क्याप्टेनको ढाँडमा बञ्चरोले हानिन् र रक्ताम्य बञ्चरो समाएर नातिनीलाई जस्केलोबाट भगाइन् । त्यो घटनामा इमान्दार मास्टरसँगै स्कुले किशोरी र वृद्घा हजुरआमा मारिए ।
घटनाको वर्णन गर्दै उपन्यासमा मास्टरले भनेको छ – ‘त्यतिबेला माओवादी किन हुनप¥यो ? भात ख्वाए पनि पिटाइ, नख्वाए पनि पिटाइ कम्ता समस्या थियो र गाउँमा’ ? (पृ. ३५) त्यो दर्दनाक घटनापछि शिवाकी आमा अर्धपागल भइन् ।
अर्को दिन सोहन र सविन शिवाको कथा सुन्न आर्दशको होटलमा पुग्छन् । ताराले खाना खाइसकेपछि कथा सुनाउन थालिन् । पश्चिम कमान्डरसँग भएको सैन्य तालिम सकेर टिम फर्किदै थियो । चारैतिर डम्म कुहिरो र बाक्लो हिउँ छिचोल्दै टीम लेक पुग्यो । सबै छापामार आ–आफ्नो काममा लागे । जनसेनाले सर्च गर्दै जाँदा शिवा गोठमा भेटिएकी थिई । ऊ अर्धचेत थिई । पछि बटालियन कमान्डर छिरिङकी भतिजि भएको र सेनाले छिरिङका दाजु र आमा सहित एउटी स्कुले छात्राको नृशंस हत्या गरेको पनि थाहाँ भयो । सुरूमा त्यो दर्दनाक घटना सम्झिएर रून थाल्थी । सवैतिर शिवा मारिएको खबर फैलिएको थियो । केही समयपछि छोरीलाई छिरिङले आपूmसँगै लैजान चाहेको थियो तर शिवा हामीसँगै बसी । काकालाई भेटेपछि जनयुद्घको अर्थ र कारण बुझी । युद्घले उसलाई बिद्रोही बनाउदै लग्यो । केही महिनाको सैन्य प्रशिक्षण सम्पन्न भएपछि शिवाले बिग्रेड कमान्डर वलिदानलाई भेटेर आफू र आफ्नो किशोर समूहलाई बन्दुक माग्न सफल हुन्छे । शिवा बिग्रेडमा सरूवा भएपछि धेरै प्रगति गरी र डिभिजनभरि सार्पसुटर परीको नामले चिनिई ।
शिवाले लडेका मोर्चा मध्ये पहिलो ठूलो मोर्चा बन्दीपुर हो । त्यो युद्घ स्वतन्त्रता र मुक्तिका लागी लडिएको थियो । लडाइ यति भयाभह थियो कि जहाँ चट्टानजस्ता जब्बर कमिसार दिनेश र कमाण्डर रामजी ढलेका थिए । माओवादी कम र सुरक्षाकर्मी बढी मारिएको खबरले माओवादीको विजय हुने पक्का थियो । ढुङ्ग्री खोलाको खोचमा भएको भिषण आक्रमणपछि शिवाको नाम सबैतिर फैलिइसकेको थियो भने शिवा डरलाग्दी माओवादी आतंककारी र महान् जादुमयी योद्धका रूपमा चिनिएकी थिई । सोहनको मन शिवाको कथाले भित्रभित्रै आक्रोश र संवेदनाले जल्दै थियो भने उसलाई भेट्ने लालसा झन् बढ्दै गएको थियो । सोहनले त्यो घटनाबारे मिडियामा पढेको, आफ्नी आमाबाट जानकारी पाएको र बावुको प्रोत्साहनले डकुमेन्ट्री बनाउन लागेको कुरा ब्यक्त गर्छ । सोहन शिवा सम्झिदा दुखेको मन रमिला सम्झेर मुस्कुराउँदै सहयोग गर्नेमा विस्वस्थ हुन्छ ।
शिवा क्यान्टोन्मेन्टबाट निस्किएपछि काठमाडौँमा पासाङ र आस्थाको शरणमा आई र युवाविहीन, वृद्ध र अशक्त बोकेर बाच्न विवश आफ्नो जन्मघर पुगी । शिवालाई गाउँमा एकदिन बिताउन पनि गाह्रो भयो र पुनः काठमाडौँ आई । क्यान्टोन्मेन्टबाट निकालिएपछि अयोग्यहरूका लागि पीडाजनक दिनहरू थिए । कोही होटल र क्याटरिङ्मा भाडा माझेर, कोही ज्यामी, खलासी र माडवारीकोमा काम गरेर गुजारा चलाउँदै थिए । गाउँ जान सम्भव हुनेहरू गाउँ गए भने नहुनेहरू शहरमा भौतारिरहेका थिए । धेरै अयोग्यहरू काठमाडौँमा नै थिए । अहिलेको अवस्थामा पूर्वछापामारको जीवन नयाँ थियो । जीवन जीउने सङ्घर्षमा उनिहरूसँग हिजो बन्दुक थियो आज दुई हात बाहेक केही थिएन । न पढाइ न सीप र दक्षता (पृ.१०३) । त्यसैले युद्धको विर्सजनपछि दोबाटोमा उभिएका बटुवा जस्तै उनीहरूले सामूहिकतामा बाच्ने र समस्यासँग भाग्ने होइन लड्ने प्रण गरे ।
दुई महिनाको बेरोजगारपछि साथी समरसिंको माध्यमबाट शिवाले मेनपावरको काम पाएकी थिई । जुन अफिस खुसी नभएर बाध्यता थियो । यसैबीच फागुनको अन्तिम शुक्रबार वोसले शिवालाई डाक्छ र अर्को हप्ता दुवईमा मिटिङ भएकोले जान आग्रह गर्छ तर शिवाले आपूm नजाने पहिलेको पिएलाई लैजान आग्रह गर्छे । केही समयको कुराकानी पछि शिवालाई हृदयको रानी बनाएर राख्ने लोभ लालचा देखाउन थाल्छ । शिवाले रिसको झोकमा उठ्दै भनि – ‘तेरो कालो धनमा बिक्छे भन्ठानेको छस् ? ला तेरो लुटको धन’ (पृ. १५६) भन्दै नोटको बिटोले वोसको घिनलाग्दो अनुहारमा हानेर बाहिर निस्किन्छे । वोसले रण्डी ! कुकुरलाई घिउ नपचेको भन्दै चुल्ठोमा समातेर घिसार्दै सोफामा लडाउन खोज्छ तर शिवाले लात्ताले हानेर दश फिट पर पु¥याइदिन्छे । वोसलाई आफ्नै अफिसमा एउटी केटीद्वारा कुटिएकोमा हीनताबोध हुन्छ र भएभरको बल प्रयोग गरेर शिवालाई घुस्सा हान्छ । शिवाले पनि मेरो चुल्ठो समाउने हात यहि होइन भन्दै दाइने हात ठनक्कै भाँचिदिन्छे । शिवा रीस र घृणाले वोसतिर फर्किदै सबै नारीलाई लुट्न सकिन्छ भनेर नसम्झी । यो धर्तीमा तैले सोचेजस्तै सबै नारी रण्डी छैनन् । तँजस्ता रण्डोहरूले नै सुन्दर संसारलाई कुरूप बनाएको हो भन्दै आफ्नो मासिक तलब २० हजार लिएर फर्किन्छे । त्यसपछि केही दिनमै पूर्व छापामारहरूले सिर्जनशील कृषि फाराम खोल्ने योजना अनुरूप कामको पनि बाँडफाड गर्छन् र जीवनको नयाँ यात्रामा लाग्छन् ।
शिवाको साथी सोहन वैशाखको पहिलो हप्ता आउदै थियो । सोहन रमिलाको व्यवहारले दोस्रो पल्ट शिवाको नभई रमिलाको खोजीमा आएको थियो । उनीहरू पहिलो चरणमा गोरखा र पोखराको भ्रमण गरेर काठामाडौं फर्किए । त्यसपछि दोलखाको जिरी पुगे । जिरी पुग्दा रमाएको सोहन फर्किएर कालिन्चोक पुग्दा भने भावुक बनेको थियो । कालिन्चोकबाट कुरी हुँदै उनीहरू फर्किएर चरिकोट आइपुगे । सोहनले फेरी वैराम हुँदै कालिलेक जान मन लागेको कुरा शिवालाई भन्छ । वैरामको नाम सुन्दैमा शिवालाई एकैचोटी आफ्नो घर, आमाबुवा र हजुरआमाको सम्झनाले सताउँछ । एकपल्ट गएको ठाउँमा फेरि किन जानुप¥यो भनेर शिवाले सोध्दा सोहनले आफूलाई शिवाको डकुमेन्ट्री बनाउनु पर्ने भएकोले अध्ययनको लागि जान चाहेको कुरा सुनाउँछ । अर्कोदिन उनीहरू बैराम हुँदै कालिलेक तिर लाग्छन् । त्यहाँ केही घन्टा बसेपछि उनीहरू मनोरम प्रकृतिको अवलोकन गर्दै काठमाडौँ फर्किए ।
काठमाडौं उत्रिदा अबेर भएकाले सोहन शिवालाई मादीकोट छोडेर होटलतिर लाग्यो । शिवा कोठामा एक्लै सोहनलाई नै सम्झिन थाली । उसको मनमा खुसी र पीडा पालैपालो आउन थाल्यो । शिवा कहिले वर्तमानलाई त कहिले विगतलाई सम्झिदै सुतेकी थिई । कतिखेर निदाई पत्तै भएन । सोहन अघिल्लो पटक आउँदा आफ्नो बुबाको गाउँ सुन्द्रावती लापिलाङ र कालिन्चोक हुनुपर्छ भन्ने लख काटेको थियो । त्यसैले होटल्नी दिदिले गाइडको व्यवस्था गरिदिएकीे थिइन् । सोहन र गाइड सुनखानी र लापिलाङका केही भाग घुम्दा पनि धनसिं विश्वकर्मालाई चिन्छौँ भन्ने कोही भेटिएको थिएन । अर्कोदिन बाबरे र कालिन्चोकका बाँकी भाग घुमेपछि तेस्रो दिन गाइड माओवादी भाइलाई खोजीको जिम्मा लगाएर सोहन काठमाडौँ फर्किएको थियो ।
सिर्जनशिल कृषि फारमभित्र घाम पानीको मतलब नराखी काम भइरहन्थ्यो । सवै आ–आफ्नो काममा व्यस्त भइरहन्थे । त्यस्तै एक साझ धेरै समय हराएको समरसिं कृषि फाराममा आउँदा त्यो साझ खुसीले सवै रमाएका थिए भने पहिले एउटै डिभिजनका कमरेड जीतवीर आउदाँ सवै पुर्व छापामारको व्यङ्ग्यपूर्ण भनाइले निराश भएर निस्किन बाध्य बनाएका थिए । दिन बित्दै जादाँ सिर्जनशिल कृषि फारम पनि ऋण मुक्त भयो । त्यहाँका गाँउलेहरूले सिर्जनशील कृषि फारमलाई अयोग्य फारम भन्थे ।
शनिवारको दिन सवै आ–आफ्नो काममा व्यस्त हुन्थे । शिवा भने बिहानैदेखि स्काइपमा सोहनसँग कुरा गर्दै बस्थी । सोहनको तेस्रो नेपाल आगमनको दिन शिवा विमानस्थलमै सोहनलाई लिन पुगेकी थिई । काठमाडौं उत्रिएसँगै सोहन र शिवा चरिकोट गए । अर्को दिन सुन्द्रावती र लापिलाङ हुँदै कालिन्चोक तिर लागे । उनीहरूसँगै माओवादी भाइ पनि थियो । उसले सोहनले खोजेको मान्छे नभेटेपनि त्यहि नामको मान्छे धेरै वर्ष पहिले त्यहाँ मारिएको घटना सुनाउँदै भन्यो – घटना करिब पैतिस वर्ष पहिलेको हो । सहराँ निशुल्क पढ्नका लागि पल्लो गाउँको स्कुलाँ छनौट परीक्षा भयो । गरिब र जेहेन्दार विद्यार्थी छान्नुपर्ने परीक्षामा सेर्मा गाउँको धने कामी प्रथम भयो । त्यतिखेर गाउँमा काजीको रजगज थियो । काजीले धनेको सट्टा आफ्नो छोरी पढाउन सवैकुरा मिलाइसकेको रहेछ । तर एकजना भूमिगत पार्टीको विद्यार्थीले पोल लगाएपछि काजीको योजना भताभुङ्ग भयो । यसरी धनेकामी सहराँ राजाको छोराछोरी पढ्ने स्कुलमा पढ्न थाल्यो । काजीका छोराछोरी पनि सहराँ पढ्थे । समयक्रमसँगै उनीहरूबीच मायापे्रम बसेछ । पछि धनेले काजीकी छोरीलाई नै भगायो । उनीहरू बच्चा जन्मिएको केही समयपछि गाउँमा आए । विचरा ! धनेलाई आएकै दिन राती भाला रोपेर मारियो । त्यसपछि उसकी स्वास्नी र छोरो कहाँ गए केही थाहा भएन । युद्धमा धनेका दाजु र भतिज पनि मारिए । दाजुलाई त जिउँदै खाल्डोमा पुरेका थिए सेनाले । भतिजलाई भने सेनाले जङ्गलाँ गोली हानेर मारे । घरमा बूढाबूढी मात्र छन् । अहिले बूढाबूढी मागेर खान्छन् ।
माओवादी भाइले सेर्मा गाउँको दलित बस्तीको एक घरमा लैजान्छ । घरमा बूढाबूढी मात्र थिए । भाइले नमस्ते गर्दै सहरबाट तपाईंको जेठो छोरोको बारेमा बुझ्न आउनु भएको भन्छ । बूढाले जेठो छोरोको नाम सुन्नेबित्तिकै केही उत्तर नै नदिई बूढीलाई डो¥याएर भित्र पस्छन् । सोहन दलानमा टाँगिएका फोटो हेर्दै गाउँले अधबैँसेलाई यो फोटो चिन्नुहुन्छ कि भनेर सोध्छ । अधबैँसेले त्यो फोटो बूढाबूढीको जेठो छोरो धनसिंको हो भनेपछि सोहनले आफ्नो खोजी पूरा भएको अनुभव गर्छ । सोहन धेरै वर्ष पहिले केही घण्टा बुवाआमासँग यही घरमा बसेको थियो । त्यसबेला आमाले नभगाएको भए बुवासँगै ऊ पनि मारिन्थ्यो होला । त्यो भयाबह र दर्दनाक घटना उसलाई आमाले सुनाएकी थिइन् । सोहनले आफ्नो बुवाको चिहानबारे सोध्दा अधबैँसेले लासलाई काजीले पोल्न नदिएपछि सबै मिलेर गाडेको भन्यो ।
केही समयमा नै गाउँभरि धनसिंको छोरो आयो भन्ने हल्ला फैलियो । हेर्दाहेर्दै आँगनमा मान्छेको भीड लाग्यो । असहाय बूढाबूढीलाई भने यो सबै सपनाजस्तै लाग्दै थियो । सोहनका आखाँमा आमाले सुनाएको त्यो बर्वर घटना नाच्न थाल्यो । माओवादी भाइले पनि यो पहेली खोज्न लगाउनुको रहस्य बुझ्यो ।
फारम छोडेको हप्तादिनपछि शिवा काठमाडौं फर्की भने सोहन अमेरिका फर्कियो । शिवालाई सोहनबिनाको संसार एक्लो र पराई जस्तो लाग्दै थियो । माघको अन्तिम साता शिवाले सोहनलाई फोन मार्फत पार्सल पठाएकी छु प्राप्त भएपछि फोन गर भनेर बिदा भई । सोहनले के पार्सल भन्दा तिमीले खोजेको वस्तु भनेकी थिई । सोहन रमिलालाई सम्झदै गर्दा एयर कुरियरको कर्मचारीले सानो पार्सल दिएर गयो । जुन विष्णु भण्डारीद्वारा लिखित पहेँलो घाम उपन्यासको पाण्डुलिपी थियो । साथमा हस्तलिखित कागज पनि थियो । पत्र पढिसक्दा सोहनका आँखा खुसीले रसाएका थिए भने पहेँलो घाम पढि सिध्याउदा सपनाबाट बिउझिए झै झल्यास हुन्छ । अनि शिवालाई नेपाल आउन लागेको जानकारी गराउँछ ।
सोहन काठमाडौं उत्रिएपछि सागर र बिगुलसँगै बैराम आउँछ । उसले शिवातिर फर्किएर तिमीसँगै खेलेको, तिम्रो बाबासँग रमाएको र तिम्री आमाले सुमसुम्याएको कुरा कहाँ बिर्सन सक्छु र म भन्छ । उसले घर आँगन र चोटाकोठामा बाल्यकालमा सँगै बसेको, सँगै सुतेको अनि झगडा गरेको कुरा सम्झना गर्छ । त्यतिमात्र हैन उसले शिवाको बाल्यकालको नाम डोल्मा समेत उच्चारण गर्छ । शिवाले अचम्म मान्दै मेरो नाम कसरी थाहाँ पायौ भन्छे । म तिम्रै खोजीमा आएको थिएँ भन्दै उसले शिवालाई पूर्वकथा सुनाउँछ । जुन कथा उसले आफ्नी आमाबाट सुनेको थियो । कसरी उसकी आमकाको धनसिंसित बिबाह भयो ? कसरी उसको लोग्नेको हत्या भयो र कसरी ऊ भागेर बैराम आई ? सोहन शिवाकोमा बसेदेखि अमेरिका उडेकोसम्मको कथा सुनाउँछ उसले । सोहनले पुर्वकथा भनिसकेपछि आमाको चाहाना पूरा गर्न र रगतको नाता खोज्न आएको बताउँछ । अन्तिममा उनीहरूले सहिदघरको उद्घाटनसँगै नयाँ यात्राको सङ्कल्प गरेपछि उपन्यास सकिन्छ ।
प्रस्तुत उपन्यास संरचनाका दृष्टिले आदि, मध्य र अन्त्यका क्रममा संरचित रहेको छ । घटनाहरू वीच अन्विति कायम भएकाले कथानक शृङ्खलाबद्घ एवम् सन्तुलित बन्न पुगेको छ ।
आदि भाग
प्रारम्भ
प्रस्तुत पहेँलो घाम उपन्यासको प्रारम्भ सोहन माघ महिनामा लाहान चोकबाट गाडी चढेसंगै भएको छ । उपन्यासमा अयोग्य छापामारको डकुमेन्ट्री बनाउनको लागि अमेरिकादेखि नेपाल आउनु नै आदि भाग अन्तर्गतको प्रारम्भ खण्ड हो ।
सङ्घर्ष विकास
प्रस्तुत पहेँलो घाम उपन्यासको कथानक प्रारम्भ भई सोहन शिवाको कथा खोज्न उसको गाउँ–गाउँसम्म पुगेको छ । सोहन र सविन दोलखाको विभिन्न ठाउँमा पुगी शिवाको कथा सुन्न जानु प्रस्तुत उपन्यासको सङ्घर्षविकास हो ।
मध्य भाग
प्रस्तुत पहेँलो घाम उपन्यासको मध्य भागको प्रारम्भ अयोग्य छापामारहरूले जीवन जीउनका लागि गर्नुपरेको सङ्घर्षसँगै सुरू भएको छ । होटल र क्याटरिङ्मा भाडा माझ्नु, ज्यामी, खलासी र माडवारीकोमा काम गरेसँगै सिर्जनशील कृषि फारम सञ्चालन गरेसम्मको अवस्था उपन्यासको मध्य भाग हो ।
चरोमत्कर्ष
प्रस्तुत पहेँलो घाम उपन्यासको चरम विकास सिर्जनशील कृषि फारम सञ्चालन पश्चात पार्टीले अयोग्य बनाउदैमा हामी अयोग्य हुदैनौँ भनि अयोग्यहरूले आफू योग्य भएको प्रमाणित गरेपछि भएको छ ।
संघर्षह्रास
प्रस्तुत पहेँलो घाम उपन्यासमा मुक्तिको सपना देखेर जनयुद्धमा सहभागी भएपनि अहिले जीवन जीउन नै संघर्ष गर्नु परेकोमा पार्टीप्रति रूष्ट भएको देखाएपछि उपन्यासको कथानकमा संघर्षह्रास सुरू भएको छ ।
अन्त्य भाग
प्रस्तुत पहेँलो घाम उपन्यासको अन्त्य भाग सिर्जनशील कृषि फारम सञ्चालन गरी आफ्नो जीवन सहज बनाएसँगै माओवादी भाइले पत्ता लगाएको खोज अनुसन्धानबाट उपन्यासको अन्त्य सरू हुन्छ । अन्त्य भागमा सोहनले शिवालाई भेटेर पनि चिन्न सकेको हुँदैन ।
४.४ पात्र तथा चरित्र
उपन्यासमा पात्रको महत्वपूर्ण भूमिका हुन्छ । कथावस्तुसँग सम्बन्धित विविध घटनाहरूलाई गति दिने माध्यम पात्र र उनीहरूको चरित्र नै हो । चरित्रचित्रणका आधारमा पहेँलो घाम उपन्यासको अध्ययन गर्दा लिङ्ग, कार्य, प्रवृत्ति, स्वभाव, जीवनचेतना, आसन्नता र आबद्धता आदिका आधारमा वर्गीकरण गरी विश्लेषण गर्न सकिन्छ । उपन्यासमा प्रमुख पात्रका रूपमा शिवा र सोहन रहेका छन् भने सहायक पात्रमा पासाङ, आस्था, विगुल, दिपिका, सागर, विकल्प, आकास, आशा, समरसिं, धनवीर राई, मोहना, विश्वास, सविन, आदर्श, तारा, रामकृष्ण, दोर्जे, शिवाकी आमा, रामबहादुर, क्याप्टेन, जमदार, हवलदार, अञ्जना, माओवादी भाइ, विग्रेड कमान्डर वलिदान, जीतवीर, वटालियन कमाण्डर छिरिङ, शिवाको वोस, सोहनको आमा, स्थानीय गाइडजुँगे, सिर्जना विक, कारसाङ सेर्पा, पासाङ सेर्पा, निमा सेर्पा रहेका छन् । त्यसैगरी प्रस्तुत उपन्यासमा गौण पात्रको भुमिकामा लेखक विष्णु भण्डारी, शिवाकी हजुरआमा, स्कुले किशोरी, सिपाहीहरू, एक अधबैँसे, होटल मालिक, खलासी, ड्राइभर, होटल कर्मचारी, युवती, चालक, शाही सेना, पुलिस, जनसेना, कोपिला, ज्वाला, वटालियन कमिसार दिनेश, कमाण्डर रामजी, वटालियन कमाण्डर सन्देश, वटालियन भाइस कमाण्डर जमिन, मेजर सहित एक दर्जन सेना, मेजर, सोहनको अमेरिकी बुवा, सोहनको गर्लफ्रेन्ड, साहुको छोरो, हेडसर, एक जना केटा, विभिषण, वटालियन कमाण्डर वलिदानको श्रीमती, विक्रम, साहु, अञ्जनाको हस्वेन्ड, गाउँकी चौधरीकी छोरी, दानबहादुर, कचकचे सहयोगी, कर्मचारी, एक युवती, केटो, डाक्टर, सागरकी वहिनी नानी, सिर्जनाकी छोरी, सिर्जनाको श्रीमान्, पासाङकी छोरी सानी, बूढापाका, अधबैँसेहरू, गाउँलेहरू, वेटर, युवायुवती, अमेरिकनहरू, काजी, धनसिं, धनेको दाजु, धनेको भतिज, बूढाबूढी आदि पात्रहरू उपस्थित भएर कथाको कार्यव्यापारलाई अगाडि बढाएका छन् ।
प्रस्तुत पहेँलो घाम उपन्यास अयोग्य छापामार युवतीलाई प्रमुख पात्र बनाएर लेखिएको उपन्यास हो । जहाँ अयोग्य छापामारहरूले बाँच्नका लागि गरेको संघर्ष र समकालीन राजनीतिलाई पनि सङ्गसङ्गै उतारिएको छ । उपन्यासमा प्रयुक्त पात्रहरू जनयुद्धमा लडेर साहसिक योद्घाको परिचय बनाए पनि पछि पार्टी शान्ति प्रक्रियामा आएपछि अयोग्य बनाइएका छन् । प्रस्तुत पहेँलो घाम उपन्यासमा प्रमुख पात्रको रूपमा शिवा र सोहन देखापरेका छन् भने अन्य पात्रहरू सहायक र गौण पात्रका भूमिकामा देखापरेका छन् । चरित्रका दृष्टिले प्रस्तुत उपन्यास बहुपात्रीय उपन्यास हो । उपन्यासमा प्रयुक्त पात्रहरूको चयन गर्दा केही पात्रहरू ग्रामीण स्तरका, केही अमेरिकन र केही पात्रहरू काल्पनिक रहेका छन् । तिनीहरूमध्ये उपन्यासका प्रमुख र सहायक पात्रहरूको चरित्रचित्रण निम्नानुसार गरिएको छ ।
४.४.१ शिवा
पहेँलो घाम उपन्यासको प्रमुख स्त्री पात्र शिवा हो । यस उपन्यासको शिवा केन्द्रीय पात्र हो । शिवाकै माध्यमबाट लेखकले प्रस्तुत गर्न खोजेको कुरा व्यक्त गरेका छन् । यो सिङ्गो उपन्यास उसकै वरिपरि घुमेको छ । उपन्यासमा शिवाले आफ्नो नाम सोहनलाई अन्तिम भागमा आएर मात्र पत्र मार्फत बताएकी छ । शिवा पाँच फिट उचाइकी, गोला र थोरै चिम्सा आँखा, सुलुत्त परेको नाक र गोलो अनुहार भएकी फुर्तिली केटीका रूपमा देखा परेकी छ । उपन्यासमा शिवा अठार वर्षकी साहसी केटीको रूपमा चित्रित छे जसले जनयुद्धमा क्याप्टेन सहित एक दर्जन सैनिकलाई सिध्याएकी थिई । शिवा किशोरी भए पनि बन्दुक बोकेर जनसेनासँग लड्न चाहन्थी । ऊ आपूmसँग बन्दुक नभएपनि सबैजसो लाडाइँमा सहभागी हुन्थी । उसको उत्साह र पराक्रम देखेर सबै इष्र्या गर्थे । शिवा आपूmलाई सहिदपुत्री कमरेड भनेर चिनाउँथी । उसले १६ वर्षको उमेरमै बिग्रेड कमान्डर बलिदानसँग बन्दुक माग्न सफल भएकी थिई । कमान्डरले शिवालाई रोपवे, मङ्की क्लाइम्ब, क्रसिङ, बेन्ड पोजिसनमा कुद्न र ल्याडर पास गर्न लगाउँदा अनुभवी जनसेना झैं गरेकी थिई । शिवा कमान्डरसँग आफ्नो १३ जनाको किशोर समूहलाई समेत बन्दुक दिलाउन सफल पात्रको रूपमा चित्रित छे । ऊ कमाण्डरले काँधमा धाप मार्दा वुबाको मृत्यु पछि आफ्नो प्रतिभाको कदर गरेकाले गहभरि आँसु बनाउने पात्र हो । शिवा कम सुत्ने र फुर्सदको समयमा पुस्तकहरू पढ्ने, पौडी खेल्ने, डोरीमा झुन्डिएर मङ्की वाक गर्ने, दगुर्ने, हाम फाल्ने कार्य गर्न मन पराउँछे ।
परीजस्तै उड्ने फुर्तिली र साहसी योद्वाको परिचय बनाएकी शिवा व्यायाम गर्दा गोमन साँपको जस्तो आवाज निकालेर हातगोडा चलाउँथी । किशोरै भए पनि उसका हात यति बलिया थिए कि इट्टाको चाङ् त झ¥याम्मै पार्थी । त्यसैले डिभिजनभरि सार्पसुटर परीका नामले चिनिन थाली । उसले विशेष टाक्स फोर्सको जिम्बेवारीमा कहिल्यै असफलता देखाइन । लडाइँ लड्दा सिंह उफ्रिएझैँ उफ्रिने शिवा लड्दालड्दै पनि आफ्नो साथीलाई मेडिकल आर्कमा पठाउन सहयोग गर्थी । शिवाका हजुरबुबा जमानामा काँग्रेसका नेता थिए त्यसैले उसले बुवाआमासँग छलफल गर्दा फुर्ति साथ भनेकी थिई – ‘म त नेता नै हुने हो बुवा । हजुरबुवा जस्तै । काका जस्तै’ (पृ. ८१) । सानैदेखि तिक्ष्ण दिमागकी शिवा पढाइमा पनि बेजोड थिई । जनजाती बाहुल्य भएको गाउँमा शिवा बाहुन क्षेत्रीबाट आफू हेपिएको अनुभव त गर्थी तर दबिने स्वभावकी भने थिइन । शिवा अराजक थिई तर पढाइमा भने स्कुल टप थिई । शिवाले विद्यालयमा एक जना केटाले लभ लेटर लेखेर दिँदा कक्षाकोठामै चप्पल फुकालेर गालामा हानेकी थिई । त्यस्तै पैसा र यौनमा लिप्त हुने बोसको हात नै भाँचिदिएकी थिई । शिवा अप्ठेरोसँग जुध्न मन पराउने मान्छे हो । त्यसैले पैसाको समस्या परेका बेला पनि पैसामा बिकिन । ऊ खुल्ला हृदयकी केटी हो । शिवाकै सक्रियतामा सिर्जनशील कृषि फाराम सञ्चालन भएको थियो ।
प्रस्तुत पहेँलो घाम उपन्यासमा शिवा प्रवृत्तिका आधारमा सत् पात्रको भूमिका निर्वाह गरेकीले अनुकुल पात्रको रूपमा देखा परेकी छ । शिवाले समय र परिस्थिति अनुसार आफूलाई परिवर्तन गर्दै लगेकी छ, तसर्थ उसलाई गतिशील पात्र भन्न सकिन्छ । त्यस्तै उपन्यासमा आर्थिक सामाजिक समस्याको प्रतिनिधित्व गरेकाले शिवा जीवन चेतनाका आधारमा वर्गीय पात्र पनि हो । उपन्यासको सवै भागमा उसको उपस्थिति रहेको छ । ऊ उपन्यासको प्रमुख पात्र भएकाले उपन्यासमा प्रत्यक्ष संवाद र वार्तालापमा सरिक भएकी छ । उसले मञ्चमा उपस्थित भएर आफ्नो भूमिका निर्वाह गर्न सक्षम भएकी छ । जसलाई उपन्यासबाट झिक्न मिल्दैन । त्यसैले उसलाई मञ्चीय पात्र भन्नुपर्छ । शिवा प्रस्तुत पहेँलो घाम उपन्यासमा प्रयोग भएका अन्य पात्रहरूसँग बाँधिएर आएकी छ । त्यसैले यस उपन्यासमा शिवा बद्घ चरित्र हो ।
४.४.२ माइकल सोहन
माइकल सोहन पहेँलो घाम उपन्यासको प्रमुख पुरुष पात्र हो । नेपालमा जन्मिए पनि बच्चामै अमेरिका गएको र आमासँग उतै हुर्केको सोहनको घर वासिङटन अमेरिका हो । सोहन अमेरिकामा नै पढेको अमेरिकी नागरिक भए पनि नेपाली राम्रो बुझ्छ र उत्तिकै शुद्ध बोल्छ । सोहन सबिनसँग भेट भएपछि नेपाल आएको हो । उसले शिवाको बारेमा मिडियामा पढेकाले र आमाबाट पनि थप जानकारी पाएकोले डकुमेन्ट्री बनाउन लागेकोे हन्छ । सोहन कथाको पात्र शिवालाई खोज्न उसको गाउँसम्म जान्छ तर नभेटेकोमा दुःखी हुन्छ भने रमिलाले सहयोग गर्ने छ भन्नेमा विस्वस्त हुन्छ । सोहन अमेरिकामा हुर्किए पनि नेपालमा नै जन्मिएको पात्रको रूपमा चित्रित छ । डकुमेन्ट्री बनाउन नेपाल आउने तयारीकै अवस्थामा ड्याड र ममी गाडी दुर्घटनामा परी यो संसारबाट विदा हुनुभएकोले सोहन अहिले नितान्त एक्लो भएको अनुभव गर्छ । सोहन नेपालमा बस्न र घुम्न चाहेर पनि यहाँ उसको सम्पर्क नभएको पात्र हो । नेपालमा सम्बन्धको अविच्छिन्न डोरी आमासँगै चुडिएकाले ‘म जहाँ जन्मे त्यहि देश मेरो निम्ति पराईजस्तो छ’ (पृ.७२) भन्दै सोहन आफन्तविहीन र राज्यहीन हुन पुगेकोमा चित्त दुखाउने पात्रको रूपमा चित्रित छ । सोहन शिवाको कथा खोज्नको लागि सविनसँग उसको गाउँ–गाउँसम्म पुग्छ र कथा सुन्छ तर शिवालाई भेट्न नसकेकोमा चिन्तित हुन्छ ।
सोहन घुम्न मन पराउने व्यक्ति हो । उसलाई टेकिङ जान मन पर्छ । सोहनलाई शिवाले आफ्नो नाम ढाँटेर रमिला बताएकी थिई । त्यसैले रमिला सोहनको पे्रमीका भइसकेकी थिई तर सोहनले शिवा नै रमिला हो भन्ने पत्ता लगाउन सकेको थिएन । रमिलाको ब्यबहारले भने सोहन वेलावेलामा शिवा जस्तै भनेर तुलना गर्ने गथ्र्यो । सोहनले रमिलासँग गोरखा, पोखरा, जिरी लगायतको ठाउँ घुमेको छ भने शिवाको कथा खोज्न आफ्नो गाऊँ कालिन्चोक पनि गएको छ । सोहन दोस्रो पल्ट नेपाल आउँदा शिवाको नभई रमिलाको खोजीमा आएको पात्रको रूपमा चित्रित छ । ऊ रमिलालाई प्रेम गर्छ तर शिवा नै रमिला हो भन्ने थाहाँ पाउन सक्दैन । अन्त्यमा शिवाले चिठी मार्फत आफू नै शिवा हो भन्दा सोहन अचम्म मान्दै पुराना दिनको घटना सम्झिने पात्र हो । आफू जन्मेको माटोलाई मायाँ गर्ने सोहन बावुको चिहान खोज्दै पाखो पखेरो चहारेको छ । आफ्नै हजुरआमा र हजुरबुवालाई भेट्दा खुसी हुन्छ भने पुराना घटना सुनाउँदा मन दुःखी बनाउँछ । विशेषत ऊ शिवाको खोजीमा आएको र शिवालाई नै भेटिएकोमा भने बढी खुसी हुन्छ ।
प्रस्तुत पहेँलो घाम उपन्यासमा सोहन सुरू देखि अन्त्यसम्म नै देखा परेको छ । सोहन अमेरिकामा बसेपनि नेपाललाई मायाँ गर्ने देशप्रेमी नागरिकको रूपमा देखा परेको छ । शिवालाई साँचो प्रेम गर्ने असल प्रेमीको रूपमा पनि उपन्यासमा चित्रित भएको छ । सोहनले सत् पात्रको भूमिका निर्वाह गरेकाले प्रवृतिका आधारमा अनुकुल पात्रका रूपमा चित्रित छ । सोहन आफ्नो कार्यमा हरेस नखाई लागी परिरहेकाले स्वभावका आधारमा स्थिर पात्र हो । त्यस्तै सोहन उपन्यासको सवै जसो भागमा चित्रित भएकाले आसन्नताका आधारमा मञ्चीय र अन्य चरित्रहरूसँग बाँधिएर आएकाले आवद्धताका आधारमा बद्ध पात्रका रूपमा देखापरेको छ ।
४.४.३ समरसिं
समरसिं प्रस्तुत पहेँलो घाम उपन्यासको सहायक पात्रको रूपमा देखा परेको छ । शान्त र गम्भीर स्वभावको समरसिं बोल्दा घरीघरी पे्रmन्चकट दाह्री मुसार्ने, कम बोल्ने, सुलुत्त परेको नाम, काला आँखा र चौडा निधार भएको सुन्दर पात्र हो । विद्यार्थी कालमै राजनीतिमा होमिएको समरसिं युद्धकालमा असल कमान्डरका रूपमा देखा परेको छ । स्वेच्छिक अबकाशमा परी क्यान्टोन्मेन्टबाट निकलिनु परेकोमा चिन्तित समरसिं मार्पmत शान्ति प्रक्रियापछि पार्टीले हिजो युद्धमा लडेका क्रान्तिकारीलाई बिर्सन नहुने कुरा व्यक्त गरिएको छ । घुमन्ते स्वभावको समरसिं एकै ठाउँमा स्थिर भएर बस्न सक्दैन । समरसिं प्रायः शिवाकोमा आइरहन्थ्यो । ऊ शिवालाई भित्रैदेखि मन पराउने तर भन्न नसक्ने पात्र हो । उसले नै शिवालाई नोकरी खोजिदिएको हुन्छ । समरसिं आफूलाई पहेँलो घाम जस्तै उर्जाहीन मान्छे सम्झने पात्र हो । समरसिं निराश हुँदै डेढ दशक जेल र युद्धमा बिताएको, केही वर्ष क्यान्टोन्मेन्टमा बिताएको, युद्वमा मन पराएको साथी गुमाएको सम्झन्छ र आफू अब जोगी बन्न चाहेको कुरा व्यक्त गर्छ । समरसिं यूनिभर्सिटिको विद्यार्थी हो । उसलाई माओवादीमा लाग्नु पर्ने कुनै दबाब थिएन । हुनेखानेको विद्वान छोरा थियो । ऊ जीवनदेखि थाकेर आत्महत्या गर्ने सोच बनाएको पात्र हो । कैयौँ पटक आत्महत्याको प्रयत्न गरेको पात्रको रूपमा चित्रित छ ।
समरसिं परिवारको एक्लो छोरा भएकाले बुवाआमा मेरै बाटो हेरेर बसेका होलान् भन्छ तर घर जान मन गर्दैन । उदासी, छिनछिनमा परिवर्तन भइरहने मनले ऊ मुस्कुराउदा पनि खुसी होइन दर्द र खिन्नता प्रष्ट देखिन्थ्यो । ऊ सिर्जनशील कृषि फारमको लागि पाँच लाख रूपैया आफ्नो तलव र अवकाशको रकम दिने सहयोगी भावना भएको पात्रको रूपमा चित्रित भएको छ । उसले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा होम्यो, परिवार गुमायो, उमेर गुमायो । तर पनि उसले केही प्राप्ति गर्न सकेन । ऊ शिवाहरूबाट विदा भएपछि केही दिन गाउँमा बस्यो । त्यसपछि विरक्तिएर इन्डियाका धेरै ठाउँ घुम्यो । मर्नुभन्दा बौलाउँनु निको भनेर लामो समयसम्म गेरूवस्त्र धारणा गरेर चारधाम पुग्दा पनि मनमा शान्ति नभएपछि फर्किएर फेरी काठमाडौँ आएको हुन्छ । धेरै नबोल्ने समरसिं फुर्सदको समयमा प्रतीक्षालयमा गएर बस्ने र अस्ताउँदै गरेको पहेँलो घाम हेर्ने गथ्र्याे । आजभोली त उसलाई सपनामा पनि पहेँलो घामले लखेटेको देख्न थालीसकेको थियो । शिवालाई प्रेम गर्ने समरसिं शिवाको अमेरिकन केटासँग प्रेम बसेको थाँहा पाएपछि अब मेरो खोजी नगर्नु भनेर वेपत्ता भएको पात्र हो ।
प्रस्तुत पहेँलो घाम उपन्यासमा समरसिं कार्यका आधारमा सहायक पुरुष पात्र हो । प्रवृत्तिका आधारमा अनुकुल पात्रको रूपमा चित्रित छ भने स्वभावका आधारमा स्थिर पात्रका रूपमा देखापरेको छ । ऊ उपन्यासमा प्रत्यक्ष उपस्थित भएकाले मञ्चीय पात्रका रूपमा चित्रित छ भने आवद्धताका आधारमा बद्ध पात्रका रूपमा देखापरेको छ ।
४.४.४ पासाङ
पासाङ प्रस्तुत पहँेलो घाम उपन्यासमा सहायक पुरुष पात्रको रूपमा चित्रित छ । पासाङ युद्धकालमा शिवासँग एउटै कम्पनीमा काम गरेको साथी हो । उसको गाउँ भक्तपुरको दक्षिणपूर्वमा रहेको छ । पासाङ युद्धकालमा ज्यानलाई पातमा राखेर युद्ध लडेको उत्साही योद्धाका रूपमा चित्रित छ । पासाङ अरू अयोग्य साथीहरू भन्दा गम्भीर र चिन्ताग्रस्त पात्रको रूपमा देखा परेको छ । अरूभन्दा पाको पासाङको केही थ्याप्चो नाक र चिम्सा आँखा, बोल्दा तामाङ टोन आउथ्यो । पासाङ बाउले दिएको एक रोपनी जग्गामा तरकारी खेती गरेर आफ्नो जीवनयापन गर्दै थियो । पछि पूर्व छापामारहरूको सहभागितामा सिर्जनशील कृषि फारम सञ्चालन गरी पासाङ अध्यक्ष बनेको छ । सिर्जनशील कृषि फारम सञ्चालन गर्नमा सवैभन्दा ठूलो भूमिका पासाङको नै रहेको छ । पासाङ प्रस्तुत उपन्यासमा मेहनती पात्रको रूपमा चित्रित भएको छ । सानीलाई स्याहार गर्नु, पढाउनु, छोरीलाई काँधमा बोकेर गाउँ डुलाउनु पासाङको दैनिकी जस्तै होे । पूर्व छापामारको समूहलाई परिवारजस्तै सम्झिने पासाङ यस उपन्यासमा सुरूदेखी अन्त्यसम्म नै बीचबीचमा देखा परेको हुनाले वर्गीय र मञ्चीय पात्रको रूपमा देखा परेको छ । स्वभावका आधारमा गतिशील र प्रवृत्तिको आधारमा अनुकुल पात्रका रूपमा चित्रित छ । त्यस्तै आवद्धताका आधारमा बद्ध पात्रका रूपमा देखापरेको छ ।
४.४.५ शिवाको वोस
प्रस्तुत पहेँलो घाम उपन्यासमा शिवाको वोस विशाल माछापुच्छ्रे डिभाइन मेनपावरको सञ्चालक हो । चिल्लो घस्न सिपालु शिवाको वोस प्रत्येक दिन नयाँ – नयाँ परीको खोजीमा हिँड्थ्यो । आफ्नो कार्यालयमा किशोरीलाई भर्ना गथ्र्यो र अफिसमा नै भोग गथ्र्यो । पैसा र यौनमा लिप्त शिवाको वोस राक्षसजस्तै थियो । ऊ कसरी पैसा कमाउने र कलिली केटीलाई यौन दासी बनाउने भन्ने ध्याउन्नमा हुन्थ्यो । उसको आधा दर्जन त श्रीमती नै हुँदा हुन् । प्रत्येकलाई अलग–अलग अपार्टमा राखेकाले एउटीलाई अर्कोबारे थाहा हुदैनथ्यो । धनले मैमत्त ऊ महिलालाई पैसामा नाच्ने नर्तकी सम्झन्थ्यो । त्यसैले शिवालाई पनि पैसाको विटो दिएर भोग गर्न चाहन्थ्यो तर शिवाले अस्वीकार गर्दा जवर्जस्ती गर्न खोज्दा आफ्नो हात ठनक्कै भाँचिएको थियो । ऊ पहिलो पल्ट आफ्नै अफिसमा काम गर्ने त्यो पनि एउटी केटीद्वारा पिटिएको पात्र हो । तसर्थ यस उपन्यासमा वोस प्रतिकुल, मञ्चीय, पुरुष सहायक पात्रका रूपमा चित्रित छ ।
४.४.६ रामकृष्ण
रामकृष्ण प्रस्तुत पहेँलो घाम उपन्यासमा सहायक पुरुष पात्रका रूपमा आएको छ । रामकृष्ण उपन्यासमा हाइस्कुलको मास्टर बताउँने कुरौटे स्वभावको पात्रको रूपमा चित्रित छ । चिसोमा पनि हाफ ज्याकेट लगाएर हिड्ने रामकृष्णको अनुहारबाट शिक्षक कम जँड्याहा बढी प्रष्ट देखिन्थ्यो । रामकृष्णले नै शिवाको कथाको पहिलो भाग भनेको थियो । करिव आठ वर्ष अघिको घटना सोहन र सविनलाई सविस्तार वर्णन गर्दै जाँदा रामकृष्ण आपूmपनि भावुक बन्दै गएको पात्र हो । रामकृष्ण प्रस्तुत उपन्यासको एउटा खण्डमा मात्र देखा परेको छ । त्यस्तै प्रवृत्तिका आधारमा अनुकुल पात्र र स्वभावका आधारमा स्थिर पात्रको रूपमा देखा परेको छ । रामकृष्ण प्रस्तुत उपन्यासमा जीवन चेतनाका आधारमा व्यक्तिपात्र र आसन्नताका आधारमा मञ्चीय पात्र हो ।
४.४.७ तारा
तारा पहेँलो घाम उपन्यासको सहायक स्त्री पात्र हो । पार्टीमा लाग्दा वटालियन भाइस कमान्डर डम्मर गुरुङ्की नातिनी तारा आदर्शको जीवनसङ्गीनी हुन् । तारा जस्तै चम्किलो अनुहार भएकी तारा शान्ति प्रक्रिया पछि दोलखाको पल्लो पाखोमा सानो कटेरो सञ्चालन गरेर जीविका चलाउँदै आएको पात्रको रूपमा देखा परेकी छ । शिवाको दोस्रो भागको कथा ताराले नै सोहनलाई बताएकी हुन् । शिवा एक वर्ष जति तारासँगै बसेकाले शिवाको बारेमा बताउन सजिलो भएको थियो । ब्यङ्ग्य गर्न सिपालु ताराको लवज वटालियन भीसिको जस्तै थियो । गोलो र गोरो अनुहारकी ताराको नाम युद्धमा प्रतिभा थियो । तारा उपन्यासमा अनुकुल, स्थिर, वर्गीय चरित्र भएको मञ्चीय पात्रको रूपमा चित्रित पात्र हो ।
४.४.८ माओवादी भाइ
प्रस्तुत पहेँलो घाम उपन्यासमा माओवादी भाइ पुरुष सहायक पात्र हो । माओवादी भाइ नपढेको, पढ्ने बेलामा जङ्गल पसेको, पूरानो र मैलो ज्याकेट लगाएको, खुट्टामा टालेको जुत्ता, लट्टा परेका कपाल, थेप्चो नाक र गहुँगोरो अनुहारको छ । फरासिलो र मायालु केटो सोहनको गाइड हो । उसकै सहयोगमा सोहनले सुन्द्रावती, लापिलाङ र कालिन्चोक, डुसीखर्क, नुमथली घुमेको थियो । आपूmले खोजेको मान्छेलाई नभेटेपछि सोहनले त्यो माओवादी भाइलाई नै खोजीको जिम्मा लगाएको थियो । माओवादी भाइले पनि धनसिं विश्वकर्माको बारेमा खोजेर सोहनलाई सहयोग गरेको थियो । यस उपन्यासमा माओवादी भाइ अनुकुल, वर्गीय पात्रको रूपमा चित्रित छ । माओवादी भाइ उपन्यासमा प्रत्यक्ष सहभागी भएकाले मञ्चीय पात्र पनि हो ।
४.४.९ अन्य पात्रहरू
पहेँलो घाम उपन्यासमा अन्य पात्रहरूमा सविन, दोर्जे, शिवाकी आमा, रामवहादुर, जमदार, क्याप्टेन सिपाहीहरू रहेका छन् । शिवाकी हजुर आमाले शिवालाई अन्धकार रातमा भगाएर आपूm मर्न समेत तयार भएकी पात्र हुन् । सोहनको साथी सविनले शिवाको कथा खोज्न कालिन्चोक तिर गएर सहयोग गरेको छ । त्यस्तै आस्था, विगुल, दिपिका, सागर, विकल्प, धनवीर राई अयोग्यमा परे पनि सामूहिक कृषि गरेर आपूm योग्य भएको पात्रका रूपमा चित्रित छन् । हाल भुगोलको राजनीतिमा खुम्चिएको विग्रेड कमान्डर वलिदान शिवालाई आफ्नै छोरी जस्तै लाग्छ । उसले नै डोल्मालाई शिवा बनाएको हो । कमान्डर वलिदान युद्धमा दुवै छोराछोरी गुमाएको इमान्दार नेताका रूपमा चित्रित छ । उपन्यासमा जीतवीर सुकिलो र खाइलाग्दो कुनै समयको डिभिजन कमान्डर हो । ऊ शान्ति प्रक्रियापछि सहर पसेको र सहर पस्ने वित्तिकै राज्यको उपल्लो तहमा पुग्न सफल भएको व्यक्तिको रूपमा चित्रित छ ।
एउटै ब्रिगेडमा काम गरेकी सिर्जना बिक आफ्नो श्रीमानले पनि छोडेपछि एक्लै बेसाहारा भएकी पात्रका रूपमा चित्रित छ भने अञ्जना श्रृङ्गारपटार र फेसनले उच्च घरानकी सम्पन्न महिलाका रूपमा चित्रित छ । त्यस्तै एउटै विगे्रडका विस्वास शान्ति प्रक्रियापछि आफ्नो रोजीरोटीको लागि अरब गएको छ भने आकाश फेरी जनयुद्ध गर्ने भन्दै अलग पार्टी निर्माणमा लागेको छ । क्याप्टेनसँग आफ्नो ज्यानको भिक्षा मागेकी स्कुले किशोरी बिनाकारण मृत्युवरण गर्न पुगेकी पात्र हो । जमदार र हवलदार उपन्यासमा हाम्रा पनि छोरी छन् भन्दै बलात्कार गर्न अस्वीकार गर्ने सत् पात्रका रूपमा चित्रित छन् । त्यस्तै कचकचे सहयोगीले वोसको बारेमा जानकारी गराएर शिवालाई सहयोग गरेकी छ भने एक अधबैसे जसले धनसिंको बारेमा सत्य तत्थ्य खबर सोहनलाई सुनाएर सहायक पात्रको भूमिका निर्वाह गरेको छ ।
४.५ सारवस्तु वा उद्देश्य
समग्र उपन्यासको अध्ययन पश्चात पाठकले प्राप्त गर्ने भावार्थ वा अभिप्राय नै सारवस्तु हो । पार्टी शान्ति प्रक्रियामा आएपछि अयोग्य बनाएर निकालिएका छापामारले बाच्नका लागि गरेको संघर्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरी नेताले धोका दिए पनि समयले नयाँ नेतृŒव जन्माउँछ भन्नु नै पहेँलो घाम उपन्यासको सारवस्तु वा उद्देश्य हो । उपन्यासको मूल विषय नै क्यान्टोन्मेन्टबाट अयोग्य प्रमाणित भएका माओवादी छापामारको कथा हो । पहेँलो घाम उपन्यासमा माओवादी शान्ति प्रक्रियापछि अयोग्य प्रमाणित भएका अयोग्यहरूले सामूहिक कृषि फारम मार्पmत गरेका प्रगतिलाई प्रस्तुत गरिएको छ । उपन्यासमा निम्नवर्गीय जनताहरूलाई अनेक सपना देखाएर जनयुद्धमा लाग्न प्रेरित गर्ने र पछि शान्ति प्रक्रियापछि अयोग्य बनाएर पार्टीबाट निकालिएकाहरूको आक्रोश व्यक्त गरिएको छ । उपन्यासकी मूलपात्र शिवा सेनाले बुवाको हत्या र आमाको बलात्कार गरेसँगै हजुरआमाले साहसपूर्वक उम्काएपछि दुःख खेप्दै माओवादी सम्पर्कमा पुगेर चमत्कारी चरित्र भएकी ‘सार्पसुटर परी’ बनेको देखाइएको छ भने शान्ति प्रक्रियापछि अयोग्यमा परेको देखाइएको छ । त्यसपछि क्यान्टोन्मेन्ट छोडेर हिडेकी शिवाले यात्राकै क्रममा सोहनसँग भेट हुँदा आफ्नो नाम ढाँटेर रमिला बताउनु परेको छ किनकी सोहन शिवाकै डकुमेन्ट्र«ी बनाउनका लागि नेपाल भएको हुन्छ ।
प्रस्तुत उपन्यासमा शिवाले भोगेको त्रासद घटना र उसले लडाइँमा देखाएका चमत्कारी वर्णनलाई नै उपन्यासकारले विभिन्न पात्र मार्पmत व्यक्त गरेका छन् । युद्ध लड्न योग्य व्यक्तिलाई राज्य र पार्टीले अयोग्य बनाएपछि माओवादी पार्टी पहेँलो घाम जस्तै उर्जाहीन बन्दै गएको देखाइएको छ । पूर्व छापामारहरू राज्य र पार्टीले अयोग्य प्रमाणित गर्दैमा हामी अयोग्य हुदैनौँ भन्दै सिर्जनशील कृषि फारम सञ्चालन गरेर आपूmहरू योग्य भएको प्रमाणित गरेका छन् । उपन्यासले सामूहिकतालाई जोड दिएको छ । जसले जीवनलाई सहज बनाउने मात्र नभई भ्रष्ट नेतासँग बहसमा उत्रन पनि बल प्रदान गर्दछ भन्ने सन्देश प्रस्तुत गरेको छ । उपन्यासमा पार्टी एकताका नाममा जनयुद्ध विरोधीलाई पार्टीमा जम्मा गर्ने र चन्दामा मोज गर्ने, पार्टीको नाममा जम्मा हुने पैसा नेताले घरघडेरी, कम्पनी, हाइड्रो र व्यापारमा लगानी गरेकोमा पुर्व छापामारहरू आक्रोशित भएको देखाइएको छ भने मुक्तिको सपना देखेर जनयुद्धमा सहभागी भए पनि अहिले जीवन जीउन नै संघर्ष गर्नु परेकोमा पार्टीप्रति पनि रूष्ट भएको देखाइएको छ । उपन्यासकी प्रमुख पात्र शिवालाई प्रसङ्ग अनुसार डोल्मा तामाङ, शिवा र रमिला गरी तीन नामले उपन्यास भरी चित्रण गरिएको छ । त्यसैले सोहनले शिवालाई भेटेर पनि चिन्न सकेको छैन ।
पहँेलो घाम जनयुद्धलाई सकारात्मक कोणबाट लेखिएको प्रगतिवादी उपन्यास हो । प्रस्तुत पहँेलो घाम उपन्यासमा चित्रित पात्रका अभिव्यक्ति मार्पmत आफ्नो जीवन पार्टी र उसले सञ्चालन गरेको युद्धमा होमेर साहसपूर्वक लडेका कार्यकर्ताले शान्ति प्रक्रियापछि पाएको दुःख र पीडाको मार्मिक चित्र प्रस्तुत गर्नु नै मुख्य उद्देश्य देखिन्छ । युद्धमा वीरतापूर्वक लडेको सीमान्त वर्गलाई पार्टीले सत्तामा पुगेपछि वेवास्ता गरेको चित्र उपन्यासमा प्रस्तुत छ । साथै समाजमा हुने यौनहिंसाका घटनालाई पनि समेटिएको छ । उपन्यासमा अयोग्य बनाएर निकालिएका छापामारले बाँच्नका लागि गरेको संघर्ष र समकालीन राजनीतिलाई पनि प्रस्तुत गरिएको छ । उपन्यास समसामयिक छ । उपन्यासको अन्त्यतिर शिवा र सोहनको लभ स्टोरी पनि छ त्यसैले उपन्यासलाई न काल्पनिक भन्न सकिन्छ न वास्तविक नै । तर ज्यादै नाटकीय छ । उपन्यास संयोग नै संयोगमा सकिएको छ । यी नेताले धोका दिएपनि समयले नयाँ नेतृत्व जन्माउँछ । पहेँलो घाम सृष्टिको अन्त्य होइन सुरूवात हो भन्ने सन्देश प्रस्तुत उपन्यासमा दिइएको छ ।
४.६ दृष्टिविन्दु
उपन्यासमा कथयिताले कथा वाचनका लागि उभिन वा बस्नलाई रोजेको ठाउँ नै दृष्टिविन्दु हो । दृष्टिविन्दु उपन्यासको अनिवार्य र महŒवपूर्ण घटक हो । दृष्टिविन्दु उपन्यासको जीवनदर्शन पाठक समक्ष प्रस्तुत गर्ने माध्यम हो । प्रस्तुत पहँेलो घाम उपन्यास तृतीय पुरुष दृष्टिविन्दु प्रयोग गरी लेखिएको कृति हो । प्रस्तुत उपन्यासमा बाह्य दृष्टिविन्दु वा तृतीय पुरुष दृष्टिविन्दु पात्रलाई माध्यम बनाएर कथा भनिएको छ । प्रस्तुत उपन्यासमा शिवा पात्रलाई सर्वाधिक महत्व दिएर लेखकले घटनास्थल बाहिर रहेर कथा भनिरहेको छ । उपन्यासमा नाटकीय संवादको उपस्थिति गराइएको छ । प्रस्तुत पहेँलो घाम उपन्यासमा विभिन्न पात्रको माध्यमबाट शिवाको व्यावहार, मानसिकता, लगनशिलता र अनुभूति आदिको उद्घाटन गर्ने प्रयास गरिएको छ । उपन्यासमा शिवाले गरेका कार्यलाई घटनास्थल बाहिर बसेर अरूले नै कथा वाचन गरेको हुनाले तृतीय पुरुष दृष्टिविन्दु भन्न सकिन्छ । उपन्यासमा प्रस्तुत कथावस्तु, घटनास्थल, पात्र, परिवेश आदिको टिप्पणी तृतीय पुरुष दृष्टिविन्दुमा नै भएको छ । उपन्यासमा भएका पात्रहरूले घटनाको वर्णन गर्दा आफ्नो वर्णन नगरी मुख्य पात्रको वर्णन गरेका छन् । तसर्थ पहेँलो घाम उपन्यास बाह्य दृष्टिविन्दु वा तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएको उपन्यास हो ।
४.७ परिवेश
उपन्यासको कथानकले समेटेको स्थान र उपन्यास लेख्दाको समय परिस्थिति नै परिवेश हो । घटना घटेको समयावधि र घटनागत सामाजिक, सांस्कृतिक, भौगोलिक अवस्था आदिको कार्यव्यापारलाई समायोजन गर्ने महŒवपूर्ण आधारभूत तत्व परिवेश हो । उपन्यासलाई प्रभावकारी बनाउन कथावस्तु, पात्र, उद्देश्य, शीर्षक, रूपविन्यास जस्तै परिवेशको पनि महत्वपूर्ण भूमिका रहन्छ । परिवेशले नै उपन्यासका घटना र चरित्रलाई उपयुक्त किसिमको पृष्ठभूमि प्रदान गर्दछ । परिवेशको मुख्य अर्थ कार्यव्यापार, त्यसको स्थान र समय नै हो । सहभागीहरूले कार्य गर्ने, घटनाहरू घट्ने समय, ठाउँ र वातावरणलाई बुझाउने परिवेश अन्र्तगत स्थान विशेष वा समय विशेष चालचलन, आचार, व्यावहार, रहनसहन, भेषभूषा, सोचाई, अनुभव आदि पनि पर्दछन् । जसले उपन्यासलाई आञ्चलिकता प्रदान गर्दछ । तसर्थ उपन्यासले लिएको स्थान, समय र त्यसबेलाको सामाजिक, राजनैतिक, आर्थिक आदि परिवेशहरूको समष्टि पर्यावरण हो । उपयुक्त परिवेशले नै उपन्यासलाई जीवनको निकट तुल्याउँछ र जिज्ञासा पनि सिर्जना गर्दछ । प्रस्तुत पहेँलो घाम उपन्यासको परिवेशसँग सम्बन्धित पक्षहरूलाई विभिन्न उपशीर्षकमा प्रस्तुत गर्न सकिन्छ ।
४.७.१ स्थानिक परिवेश
उपन्यासको कथावस्तुले समेटेको स्थान वा ठाउँ नै स्थानिक परिवेश हो । उपन्यासमा अभिव्यक्त घटना घटित भएको ठाउँ देश हो । प्रस्तुत पहेँलो घाम उपन्यासमा घटनाहरू घटित स्थान विविध रहेको छ । उपन्यासमा पोखराको लेकसाइड, सराङ्कोट, दोलखाको जिरी, कालिञ्चोक, सुन्द्रावती, लापिलाङ, डुसीखर्क, नुपथली र लाङटाङ पदमार्ग आदि स्थानिक परिवेशका रूपमा उल्लेख गरिएको छ । गोरखा दरबारबाट उत्तरतिर हिमाल, पश्चिमतिर फैलिएको क्षितिज र दक्षिणतिरको हरियो फाँट पनि उपन्यासमा परिवेशको रूपमा आएको छ । दोलखा जाने राजमार्ग छेउको होटल, दोलखाकै पल्लो पाखोमा रहेको आदर्शको होटल, वैराम काटेर शैलुङ हुँदै पूर्व जानपर्ने बाटो, चारैतिर डम्म कुहिरो र बाक्लो हिउँ, स्याउले गोठमा खाँवा र छानामात्र भएको स्थानहरूको उल्लेखसँगै त्यहाँको बाक्लो जङ्गल, माघेझरीमा ढुङ्गाको चेपको ओत र खुल्ला चउरको समेत उपन्यासमा वर्णित छ । उपन्यासमा काठमाडौँको ठमेलमा रहेको होटल, एयरपोर्ट, भक्तपूरको दक्षिण पूर्व पर्ने शिवाको कोठा, भक्तपूर मादिकोटको सिर्जनशील कृषि फारम स्थानिक परिवेशका रूपमा आएका छन् । त्यस्तै खेतबारीमा काम गर्ने मानिसहरूको जीवनशैली, परम्परागत चालचलन पनि उपन्यासमा प्रस्तुत भएको छ । बारी र खेत बाँझिएका, सन्नाटा बोकेर बाँचेका गाउँ र गाउँमा विकासको नाममा धुले जीप र थोत्रा बस मात्र हुनु पनि स्थानिक परिवेश हुन् । प्रस्तुत उपन्यासमा अस्पताल, सेर्मा गाउँ, पेरिस डाँडा, अमेरिका, शिवाको अफिस पनि स्थानिक परिवेशको रूपमा देखा परेका छन् ।
४.७.२ कालीक परिवेश
प्रस्तुत पहेँलो घाम उपन्यास जनयुद्घ कालीन अवस्था र गतिविधिलाई विषयवस्तु बनाएर लेखिएको उपन्यास हो । यस उपन्यासमा जनआन्दोलनमा लागेका युवाहरूले पार्टी शान्ति प्रक्रियासँगै अयोग्य बनाइसकेपछि आफ्नो जीविकोपार्जन गर्नका लागि गरेको सङ्घर्षको समयावधि उपन्यासमा राम्रोसँग चित्रण गरिएको छ । यस उपन्यासको समयावधिको सेरोफेरो लगभग वि.स.२०६२/६३ देखि हालसम्म रहेको देखिन्छ । उपन्यासमा सेना र माओवादी बीच भएको जनआन्दोलनको समय कालीक परिवेशको रूपमा आएको छ । साथै शान्ति प्रक्रियापछि अयोग्य प्रमाणित भएर निकालिएकाहरूले जीवन यापन गर्न सिर्जनशील कृषि फारम सञ्चालन गरेको समयावधि पनि कालीक परिवेशको रूपमा आएको छ ।
४.७.३ पारिस्थिक परिवेश
प्रस्तुत पहेँलो घाम उपन्यासमा पारिस्थितिक परिवेश उपन्यासका घटना अनुरूप रहेका छन् । राजमार्ग छेउको होटलबाट देखिएको पातला घरहरू जुन पहेँलो घाममा जादुमयी देखिएको र अत्यासलाग्दो चिसोमा पनि रमाइलो ठाउँ, किराना पसल, कपडा पसल, भट्टी पसल पारिस्थितिक परिवेशमा रूपमा आएका छन् । त्यस्तै ढुङ्ग्री खोलाको खोचमा भएको भीषण आक्रमण, शिवाको बोसको अफिसमा भएको आक्रमण, ठमेलको अग्लो होटलबाट देखिएको मनमोहक दृश्य, घामको दोछायामा देखिएको स्वयम्भू, चन्द्रागिरिको सौन्दर्य, पोखराको सुन्दर मनोरमणीय वातावरणसँगै घामको न्यानोमा धोबिनी र जुरेलीको चिरबिर आवाज उपन्यासमा पारिस्थितिक परिवेशको रूपमा आएका छन् । फागुन महिनाको न्यानो घाम, पाखोमा बाक्लो जङ्गल, ग्रावेल बाटो, जङ्गल छेउ चौतारो, डाँडोतिर जाने गरेटो बाटो, बसन्त ऋतुको रात, शरदको न्यानो घाम, धान झुलेका फाँट, मादिकोटको पातलेटार खोलाछेउ फाँटको पूर्व र दक्षिणमा ठडिएका पहाड, फारमबाट देखिएको पश्चिम र उत्तर पट्टिको विशाल आयतनमा फैलिएको सहर उपन्यासमा परिवेशका रूपमा वर्णित छन् । उपन्यासमा लोभलाग्दो वातावरण जहाँ नागढुङ्गा कटेपछि उत्तरतिरको गणेश हिमाल, टाढाटाढा सम्म देखिने हरिया पहाड, बीचबीचमा देखिने स–साना गाउँ र एकनासको घरको चित्रण गरिएको पाइन्छ भने शैलुङको शिखर गौरी शङ्कर, सेर्मा गाउँको दलित बस्ती, सुनसान र एकलास ठाउँ, ढुङ्गा लगाइएको घरको छाना भत्किएको र चुहिने, गारोमा देखिएको पानीका धारा बगेको डाम पारिस्थितिक परिवेशका रूपमा प्रस्तुत भएका छ । त्यस्तै बन्दीपुर, सर्लाही मलङ्गवा, महाभारत लेक, भोजपुरको घोडेटार, कालीलेक, ठाउँ पनि पारिस्थिति परिवेशको रूपमा आएका छन् ।
प्रस्तुत पहेँलो घाम उपन्यासमा जनआन्दोलन र जनआन्दोलन पश्चातको परिवेश चित्रण गरिएको छ । उपन्यासमा माओवादीको बिगत र वर्तमान अवस्थाको चित्रण गरिएको छ । आन्दोलनमा भएको दमन हत्या र निर्ममताको यथार्थ प्रस्तुत उपन्यासमा विवेच्य उपन्यासको वातावरण हो । त्यसैगरी उपन्यासमा ठूला भनाउदा र पढेलेखेकाले निम्न वर्गीय जनतामाथी गरेको अमानवीय व्यवहारको पनि चित्रण गरिएको छ । सङ्घर्ष र क्रान्तिको निरन्तरताबाट नै जीवन सफल हुन्छ भन्ने उपन्यासमा देखाइएको छ । समग्रमा भन्नुपर्दा उपन्यासमा ग्रामीण र सहरिया दुबै परिवेशको सफल चित्रण गरिएको पाइन्छ ।
४.८ भाषाशैली
भाषा विचार विनिमयको माध्यम हो भने शैली भनेको लेखकीय अभिव्यक्तिको तरिका वा ढाँचा हो । भाषाकै माध्यमबाट साहित्य सिर्जना गरिन्छ । उपन्यासमा गद्य भाषाको प्रयोग गरिन्छ । उपन्यासको भाषाशैली पात्र अनुकुल हुने गर्दछ । प्रस्तुत पहेँलो घाम उपन्यासमा भाषाशैली विशिष्ट प्रकारको देखिन्छ । उपन्यासकारले पहेँलो घाम उपन्यासलाई आफ्नै कला र सौन्दर्यले भरेर पाठक सामु प्रस्तुत गरेका छन् । प्रस्तुत उपन्यासमा भाषा सरल र स्वभाविक रहेको छ । भाषालाई मिठासपूर्ण बनाउन आवश्यकता अनुसार बीच–बीचमा विभिन्न सम्प्रदायका भाषा र भाषिकाहरूको प्रयोग गरिएको छ । जसले उपन्यासको भाषामा रोचकता थपेको छ । नाटकीय शैलीमा लेखिएको यस उपन्यासमा प्रश्न चिन्हहरूको प्रयोगसँगै सरल भाषाशैली, छोटा–छोटा वाक्यहरूको प्रयोग गरिएको छ । उपन्यासमा बढी सरल वाक्यको प्रयोग गरिएको छ । व्याकरणिक नियमको खासै पालना नगरिएको प्रस्तुत उपन्यासमा ग्रामीण स्तरमा प्रयोग हुने बोलचालको भाषाशैलीको प्रयोग बढी मात्रामा भएको छ ।
प्रस्तुत पहेँलो घाम उपन्यासमा नेपाली र अङ्ग्रेजी मिश्रित भाषाको प्रयोग प्रशस्तै रहेको पाइन्छ । यस्ता शब्दहरूको प्रयोगले उपन्यासलाई रोचक र प्रभावकारी बनाएको छ :
‘हवेर डु यु कम फ्रम ?’
‘ओ ! म लाहानबाट ।”
‘नो, नो ह्विच कन्ट्री भनेको ? ’
‘देश ?’ उसले मुस्कुराउँदै भन्यो– ‘अमेरिका ।’
‘अमेरिका रे ? अचम्म छ बा ! नेपाली पनि बोल्छ !’ (पृ. १७)
‘ह्वाट अ व्युटिफुल ? के हो ? निको चाला छैन जस्तो छ नि !’ सोहनले त्यो केटी गएतिर हेर्दै भन्यो– ‘गलफ्रेन्ड ? बधाई छ यार !’
‘अरे नो यार ! सी इज जस्ट अ फ्रेन्ड । एन्ड यु नो, सी इज अ माओवादी कमान्डर ।’
‘सो डेन्जरस् ।’
‘भर्खर त क्या च्वाँक भन्थिस् त ।’
‘ह्वाट इज द मिनिङ अफ च्वाँक ?’
‘नसकिने भयो बा ! ऊ तेरी आमा आउँदै छे । चुप लाग ।’ सतर्क बनायो सविनले ।
‘च्वाँक ! आमा ! ह्वाट नन्सेन्स !’ फुसफुसायो सोहन । (पृ. ६६)
प्रस्तुत पहेँलो घाम उपन्यासमा ग्रामीण क्षेत्रमा बोलिने भाषाशैलीको पनि प्रयोग गरिएको छ । जसको प्रयोगले उपन्यासमा मौलिकता प्रदान गरेको छ :
‘हाँ, नात्रा तिमी बाहुन काँठा मात्र नेता हुने त साधैँभरि ?’ (पृ. २८)
‘काँ हुन्थ्यो सार ? मो ता केही वार्ष इन्डियन आर्मीमा काम गारेर छोड्याको हो ।’ (पृ. १७६)
सहराँ निःशुल्क पढ्नका लागि पल्ला गाउँको स्कुलाँ छनोट परीक्षा भयो । (पृ. २६६)
प्रस्तुत उपन्यासमा पाठकले पढ्न थालेपछि छोड्न मन नलाग्ने गरी घटनाहरूको चित्रणमा कौतूहलता पाइन्छ । चिल्लो घस्न सिपालु धनले मैमत्त भएको व्यक्ति र सहर पस्ने वित्तिकै राज्यको उपल्लो तहमा पुगेको व्यक्तिलाई व्याङ्ग्यपूर्ण लवजको भाषा पनि प्रयोग भएको छ । जसले त्यस्ता व्यक्तिलाई हीनताबोध भएको छ :
‘सरलाई मेरो बाहिरी सुन्दरताले आकर्षण गरेको हो कि भित्री क्षमताले ?’ ‘यदि मेरो छालाले आकर्षण गरेको हो भने त्यो दुर्भाग्यपूर्ण छ’ । (पृ.१३७)
‘साच्चि कमरेड ! तपाईका छोराछोरीले कहाँ पढ्दै छन् ? सेन्टजेभियर्स र रातो बङ्गलामा त होला, होइन ?’ । (पृ.२३९)
प्रस्तुत पहेँलो घाम उपन्यासमा सोहन अमेरिकन भएकाले अङ्ग्रेजी भाषाको पनि प्रयोग भएको छ । जसले उपन्यासलाई आधुनिकता प्रदान गरेको छ :
‘आई डन्ट लभ हर । विलिभ मी, रमिला ! आई वन्ली वान्ट टु रिसर्च अन हर स्टोरी ।’ (पृ. १८९)
‘गुडमर्निङ स्वीट हर्ट !’ (पृ. २१६)
प्रस्तुत पहेँलो घाम उपन्यासमा तत्सम, तद्भव, नेपाली, आगन्तुक र केही हाम्रो समाजमा अश्लील लाग्ने शब्दको पनि प्रयोग गरिएको छ । यस्ता शब्दहरूको प्रयोगले उपन्यासलाई रोचक र प्रभावकारी बनाउन सहयोग गरेको छ । उपन्यासमा लेखक, सौन्दर्य, गद्य, शिक्षक, जनता, राक्षस, मानसिक, शारीरिक, धनी, गुणवान, चरित्रवान, आत्मीय, उत्तम, मित्रता, आवश्यकता जस्ता तत्सम शब्दहरूको प्रयोग गरिएको छ भने कामी, घिन, आज जस्ता तद्भव शब्दहरूको पनि प्रयोग गरिएको छ । त्यस्तै गुनिउँ, चोलो, जाँड, रक्सी, गरिव, स्कूल, जागिर, गिरफ्तार, चलाख, मिसन, एजेण्डा, कफ्र्यू जस्ता स्वदेशी तथा विदेशी आगन्तुक शब्दहरूको पनि प्रयोग छ । उपन्यासमा फ्याउरी रण्डी, भर्जिन, छाैँडी, रण्डो जस्ता अश्लील शब्दहरूको प्रयोग भएको छ । समग्रमा यीनै शब्दहरूको प्रयोगले गर्दा उपन्यास रोचक र प्रभावकारी बनेको छ ।
प्रस्तुत पहेँलो घाम उपन्यासमा बीच–बीचमा जनयुद्धमा प्रयोग गरिने भाषाहरूको पनि प्रयोग गरिएको पाइन्छ । जसले उपन्यासको कथानक विकासक्रमलाई रोचकता थप्ने काम गरेको छ । प्रस्तुत उपन्यासमा विविध प्रकारको भाषाशैलीको प्रयोग गरिएको छ । उपन्यासमा अङ्गे्रजी, झर्रा नेपाली ग्रामीण परिवेशको भाषा प्रयोग गरिएको छ । यस्ता विविध प्रकारका भाषाको प्रयोगले उपन्यासलाई सुन्दर बनाउन मद्दत गरेको छ । विविध भाषाको प्रयोगले उपन्यासको भाषालाई सरल, सहज, स्वभाविक तथा मौलिक बनाएका छन् । प्रस्तुत उपन्यासमा पात्र र परिवेश अनुसारको मौलिक भाषाको प्रयोगले गर्दा सौन्दर्ययुक्त देखिएको छ । उपन्यासमा वर्णनात्मक र संवादात्मक दुवै शैलीको प्रयोग गरिएको छ । उपन्यासमा लामा छोटा सबै प्रकारका संवादको प्रयोग गरिएको छ । तसर्थ प्रस्तुत पहेँलो घाम उपन्यास भाषाशैलीका दृष्टिले उत्कृष्ट रहेको छ भन्न सकिन्छ ।
४.९ प्रतीक र विम्व
सामान्य वा सोझो अर्थ नबुझाएर त्यस भन्दा निकै परको अर्थ बुझाउनु नै प्रतीक हो भने विम्ब भनेको कुनैपनि वस्तुको मस्तिष्कमा पर्ने छाया हो । प्रस्तुत पहेँलो घाम उपन्यासको शीर्षक नै प्रतीकात्मक रहेको छ । यसले पहेँलो घामजस्तै उर्जाहीन आन्दोलनबाट विकास सम्भव छैन त्यसका लागि त्याग र उत्सर्गको संस्कृति आवश्यकता पर्छ भन्ने परिकल्पना गरेको छ । यस उपन्यासमा प्रयोग भएका पात्रहरू प्रतीकात्मक रूपमा उपस्थित भएका छन् । त्यसैगरी डोल्मालाई शिवा, रमिला र तारालाई प्रतिमा उपनामले चिनाइएको छ । प्रस्तुत उपन्यासमा प्रकृतिको वर्णन मार्पmत आलङ्कारिक भाषाको प्रयोग गरिएको छ : हरिया पाखा र हँसिला पखेरा, सर्वत्र रमणीय र सुन्दर देखिन्थ्यो । पारिपारि उँचा र हरिया पहाड लयवद्ध उभिएका थिए । उत्तरतिर स्निग्ध गौरीशङ्कर हिमशृङ्खला विहानको कलिलो घाममा टल्किँदै थियो (पृ. २६५) । यस गद्याँशमा शरद ऋतुको समयमा सेर्मा गाउँको रमणीय व्याख्या गरिएको छ । जहाँबाट वारिपारि हेर्दा कलिलो घाममा टल्किएको गौरीशङ्कर हिमालको वर्णन कलात्मक ढङ्गले गरिएको छ । त्यसैगरी उपन्यासमा प्रतीकहरूको पनि प्रयोग गरिएको छ । प्रेमका सम्बन्धमा प्रयोग गरिएको पङ्क्ति ‘छे एउटी वसन्तमा मुस्कुराउने फूलजस्तो’ (पृ. २१७) भनेर आफूले मन पराएको मान्छेलाई फूलसँग तुलना गरिएको छ ।
प्रस्तुत पहेँलो घाम उपन्यासमा विम्वको प्रयोग प्रचुर मात्रामा देखिन्छ । उपन्यासका कतिपय प्रसङ्गमा स्थान परिचय, वस्तु परिचय, व्यक्ति परिचय आदिका रूपमा विम्वको प्रयोग गरिएको छ । उपन्यासमा शिवाको वर्णनमा विम्वात्मक प्रस्तुति – गोला र थोरै चिम्सा आँखा । सुलुत्त परेको नाक र गोलो अनुहार । चुन्नीले गला छोपिएको (पृ.५२) । प्रस्तुत गद्याँशले शिवाको शारीरिक बनावटको वर्णन गरेको छ । विकट गाउँमा रहेको दलितवस्ती जहाँ रहेको बूढाबूढीको घरको वर्णन विम्वात्मक तरिकाले गरिएको छ – ढुङ्गा लगाएको घरको छानो भत्किएको र चुहिने थियो । गारोमा सबैतिर पानीका धारा बगेको डाम देखिन्थ्यो (पृ.२६८) । यस वाक्यले बूढाबूढीको आर्थिक अवस्थाको विम्व उतारिएको छ । तसर्थ प्रस्तुत पहेँलो घाम उपन्यासमा विम्व र प्रतीकको प्रयोग सहज र औचित्यपूर्ण ढङ्गले गरिएको छ ।
४.१० शीर्षक
कुनैपनि कृतिको नामाकरण नै शीर्षक हो । शीर्षक कृतिको शिरमा रहने परिचयात्मक तत्व हो । कृतिको भाव, पात्र, विषय, उद्देश्य आदिका आधारमा शीर्षकीकरण गरिन्छ । प्रस्तुत पहेँलो घाम उपन्यास दुई शब्द शीर्षक भएको उपन्यास हो । यसले पहेँलो घाम सृष्टिको अन्त्य होइन, सुरूवात हो भन्ने देखाउन खोजेको छ । पहेँलो घामलाई अहिलेको माओवादीसँग तुलना गरिएको छ । जुन अहिलेको यथार्थ हो अन्तिम सत्य होइन । रातो हुन अपेक्षित घाम पहेँलिदै गएको संकेत माओवादी भित्रको सैद्घान्तिक र व्यावहारिक विचलन फुटको सङ्केतसँग तुलना गरिएको छ । पहेँलो घामको अर्थ अस्ताउँदो सुर्य हो । जसमा राप र ताप न्यून हुँदै गएको हुन्छ । यसको अर्थ मूल्य विघटनको दिशामा उन्मुख आन्दोलन विचलनतिर गएको पार्टी र नेतालाई शुन्यबाट उठाएर सत्तामा पु¥याउने छापामारलाई अयोग्य बनाएर निकाल्ने काम नेताले गरेका छन् । त्यसैले अहिलेको माओवादी आन्दोलन पहेँलो घामजस्तै उर्जाहीन भएको देखाइएको छ । तसर्थ प्रस्तुत उपन्यासमा विषयवस्तुको प्रस्तुति, विविध पात्रको प्रयोग, पात्रहरूको भूमिका, उपन्यासले ओगटेको भौगोलिक परिवेश र सारवस्तु अनुसार शीर्षक सार्थक रहेको छ ।
४.११ निष्कर्ष
प्रस्तुत पहेँलो घाम उपन्यासमा जनयुद्धमा साहसिक योद्धाको परिचय बनाएकी युवतीको कथा बुनिएको छ । युवतीले युद्धकालमा भोग्नु परेको पीडा र उनले देखाएको साहस उपन्यासमा वर्णित छ । राज्य र पार्टीले गणतन्त्र ल्याउन योगदान दिएका छापामार माथि गरेको अन्याय उपन्यासमा देखाइएको छ । उनीहरूको योगदानको मुल्याङ्कन गर्नुको साटो अयोग्य प्रमाणित गरी क्यान्टोन्मेन्टबाट निकालिएको छ भने उपन्यासमा अयोग्य बनाएर निकालिएका छापामारले बाँच्नका लागि गरेको संघर्ष र समकालीन राजनीतिलाई पनि सगँसगैँ उतारिएको छ । प्रस्तुत पहेँलो घाम उपन्यासमा माओवादी आन्दोलन पहेँलो घाम जस्तो कमजोर र उर्जाहीन हुनुको कारणलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । पैसा र यौनमा लिप्त भएका ब्यक्तिहरूको चरित्र पनि उपन्यासमा चित्रण गरिएको छ । त्यस्ता व्यक्तिलाई महिला भएर पनि प्रतिकार गर्न सक्षम भएको देखाइएको छ । साथै उपन्यासमा वलिदानीपूर्ण प्रदर्शन देखाउदा भएका भय, डर, त्रास आदि पक्षले मानसिक र आर्थिक क्षति भएको कुरा पनि देखाइएको छ ।
प्रस्तुत पहँेलो घाम उपन्यासमा उपन्यासकार विष्णु भण्डारीले मानवतावादी, अस्तित्वादी जीवनदर्शनलाई अभिव्यक्त गरेका छन् । मानव नियतिको कठोर प्रहार खप्न विवश प्रस्तुत उपन्यासका पात्रहरूको पीडा, वेदना, कुण्ठा, आक्रोशलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यी पात्रहरू जस्तोसुकै दुःखद र कठीन परिस्थितीमा जीवन बाँच्नु परेपनि जीवनप्रति कहिल्यै निराशा देखाएका छैनन् । उपन्यासमा धेरै पात्रहरूको प्रयोग भएपनि अनुकुल चरित्रको पात्रहरूको विशेष महत्व रहेको देखाइएको छ । जुन पात्रहरू उपन्यासमा सशक्त, निडर र आक्रामक खालका छन् । अत्याधिक सहभागीहरूको प्रयोग भएको प्रस्तुत उपन्यासमा नेपालकै विभिन्न भागका ग्रामीण, सामाजिक, साँस्कृतिक, प्राकृतिक सौन्दर्यले भरिएको विविध परिवेशका पात्रहरू लगायत नेपाल बाहिर अमेरिकाको पात्र र परिवेशको पनि चित्रण गरिएको छ । साथै गरिव, अशिक्षा, वेरोजगारी आदिको समेत चित्रण उपन्यासमा गरिएको पाइन्छ । प्रस्तुत उपन्यास मार्पmत युद्धमा वीरतापूर्वक लडेका सीमान्त वर्गलाई पार्टीले सत्तामा पुगेपछि वेवास्ता गर्न थालेको चित्र प्रस्तुत गर्न उपन्यासकार सफल भएका छन् । तसर्थ पहेँलो घाम उपन्यास जनयुद्धलाई सकारात्मक कोणबाट लेखिएको उपन्यास हो भन्ने अवस्था देखिन्छ ।
परिच्छेद पाँच
उपसंहार
५.१ सारांश
प्रस्तुत पहेँलो घाम उपन्यासको विधातात्विक अध्ययन शीर्षक शोधपत्रलाई जम्मा पाँच परिच्छेदमा विभाजित गरिएको छ । यस शोधको परिच्छेद एक शोधको परिचय अन्तर्गत विषय परिचय, समस्या कथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, शोधकार्यको औचित्य र महत्व, शोधकार्यका सीमाङ्कन, सामग्री सङ्कलन विधि, सैद्धान्तिक ढाँचा र शोधविधि, शोधकार्यको रूपरेखा लगायतका उपशीर्षक राखेर शोधकार्य प्रस्तुत गरिएको छ ।
परिच्छेद दुईमा उपन्यासको सैद्धान्तिक स्वरूप अन्र्तगत विषय परिचय, उपन्यासको परिचय, उपन्याको परिभाषा र स्वरूप, उपन्यासको उद्भव र विकास, उपन्यासका तत्वहरू उपशीर्षक राखेर विश्लेषण गरिएको छ । त्यस्तै उपन्यासका तत्वहरू कथानक, पात्र वा चरित्रचित्रण, सारवस्तु वा उद्देश्य, दृष्टिविन्दु, परिवेश, भाषाशैलीका बारेमा पनि भिन्नाभिन्नै उपशीर्षक राखेर विश्लेषण गरिएको छ । उपन्यास साहित्यका विविध विधाहरू मध्ये लोकप्रिय र महत्वपूर्ण विधाका रूपमा चिनिन्छ । उपन्यासले आधुनिक विश्वसाहित्यमा महत्वपूर्ण स्थान ओगेटेको छ । उपन्यास संरचनाका लागि आवश्यक पर्ने तत्वहरू मध्ये महत्वपूर्ण तत्व कथानकलाई मानिएको छ । कथानकलाई अगाडि बढाउन पात्र तथा चरित्रचित्रणले पनि उत्तिकै महत्व राखेको छ । उपन्यासलाई गतिशिलता प्रभावकारी र विकसित तुल्याउन पात्र तथा चरित्रको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । पात्रहरूको वर्गीकरण गर्दा मुख्य रूपमा उनीहरूले उपन्यासमा निर्वाह गरेका भूमिका, कार्य, स्वभाव, प्रवृत्तिगत विशेषतालाई आधार मान्न सकिन्छ । कृतिलाई पाठक समक्ष उपस्थित गर्ने तरिका नै दृष्टिविन्दु हो । यसले कथा कसले भनेको छ र कसरी कथा भनिएको छ भन्ने कुरालाई बुझाउँछ । त्यस्तै उद्देश्यबिना कुनै पनि काम गरिदैन तसर्थ त्यहि उद्देश्य वा सारवस्तु परिपूर्ति गर्नका लागि साहित्यकार समर्पित देखिन्छन् । परिवेश उपन्यासमा पात्रहरूको कार्यकलाप हुने स्थान, समय र घटनागत सामाजिक, साँस्कृतिक र भौगोलिक वातावरण हो जसले कृतिलाई सशक्त र प्रभावकारी बनाउन सहयोग गर्दछ । रूपविन्यासले पनि कृतिको सँरचनालाई सुन्दरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । तसर्थ रूपविन्यासलाई पनि एक महत्वपूर्ण तत्वको रूपमा मानिएको छ । यसै परिच्छेदमा उपन्यासका प्रवृत्तिको पनि व्याख्या र विश्लेषण गरिएको छ । उपन्यासका प्रमुख विशेषताहरू सामाजिक यथार्थवादी, आदर्शोन्मुख यथार्थवादी, ऐतिहासिक यथार्थवादी, अतियथार्थवादी, आलोचनात्मक यथार्थवादी, स्वच्छन्दतावादी, मनोविश्लेषणात्मक, प्रगतिवादी, नारीवादी आदिको छुट्टाछुट्टै उपशर्षिक राखेर विश्लेषण गरिएको छ ।
परिच्छेद तीनमा उपन्यासकार विष्णु भण्डारीको साहित्य यात्रा र प्रवृत्तिहरूको रेखाङ्कन अन्र्तगत सर्वप्रथम विषय परिचय, विष्णु भण्डारीको सङ्क्षिप्त जीवनवृत, विष्णु भण्डारीको साहित्य यात्रा र विष्णु भण्डारीको प्रवृत्तिहरूको रेखाङ्कन उपशीर्षक राखेर विश्लेषण गरिएको छ । विष्णु भण्डारीको सङ्क्षिप्त जीवनवृतलाई जन्म र वाल्यकाल, शिक्षादीक्षा र पारिवारीक अवस्था, लेखन आरम्भ उपशीर्षक राखेर विश्लेषण गरिएको छ । त्यस्तै भण्डारीको साहित्य यात्रालाई पहिलो र दोस्रो गरी दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरण वि.स. २०४३ – २०४५ सम्मको समय र दोस्रो चरण वि.स.२०६३ – हालसम्मको समय रहेको छ । पहिलो चरण र दोस्रो चरणको बीचको समयमा साहित्य लेखन नभएकाले चर्चा गरिएको छैन । विष्णु भण्डारी तीन दशकदेखि निरन्तर काव्यिक आन्दोलन र लेखनमा सक्रिय साहित्यकार हुन् । भण्डारीका एउटा उपन्यास, सात काव्यकृति र थुप्रै फूटकर कविता, कथा, निबन्ध र सांस्कृतिक लेख प्रकाशित छन् । यसै परिच्छेदमा साहित्यकार भण्डारीको औपन्यासिक प्रवृत्तिहरूको पनि चर्चा गरिएको छ । जनविद्रोहको स्वर, प्रगतिवाद, सामाजिक यथार्थता, समसामयिक परिवेशको चित्रण भण्डारीको प्रमुख प्रवृत्तिहरू हुन् । यिनै प्रवृत्तिहरूको विश्लेषण यस परिच्छेदमा गरिएको छ ।
परिच्छेद चारमा पहेँलो घाम उपन्यासको विधातात्विक विश्लेषण अन्तर्गत विषय परिचय, पहेँलो घाम उपन्यासको संरचना, कथानक, पात्र वा चरित्र, सारवस्तु वा उद्देश्य, दृष्टिविन्दु, परिवेश, भाषाशैली, विम्व र प्रतीक, शीर्षक आदि विभिन्न उपशीर्षकमा राखेर विश्लेषण गरिएको छ । प्रस्तुत पहेँलो घाम उपन्यासको सुरूवात नै कारूणिक अवस्थाबाट भएको छ । उपन्यासको प्रमुख पात्र शिवासँगै क्यान्टोन्मेन्टबाट अयोग्य बनाएर निकालिएका छापामारहरूले बाच्नको लागि गरेको संघर्ष र समकालीन राजनीतिलाई उपन्यासले उतारेको छ ।
उपन्यासमा साहसिक योद्धाको परिचय बनाएकी युवतीको कथा बुनिएको छ । युवतीले युद्धकालमा भोग्नु परेको पीडा र उनले देखाएको साहसिकता उपन्यासमा बुनिएको छ । जनयुद्धको घटनालाई विषयवस्तु बनाएर लेखिएको प्रस्तुत उपन्यासको कथानक आदि, मध्य र अन्त्यको श्रृङ्खलित ढाँचामा व्यवस्थित रहेको छ । प्रस्तुत उपन्यासको केन्द्रीय चरित्र शिवा र सोहन हुन् । उपन्यासलाई गति प्रदान गर्ने क्रममा विविध परिवेशको चित्रण गरिएको छ । साथै नेपाली ग्रामीण परिवेश र संस्कृतिको प्रतिनिधित्व गर्ने थुपै्र पात्रहरूको प्रयोग गरिएको छ । प्रस्तुत पहेँलो घाम उपन्यासको उद्देश्य जनयुद्धको विभिन्न अवस्थाको सही, सत्य र तथ्यको टिपोट गरी कलात्मक ढङ्गले समाज र पाठक वर्गलाई वैचारिक सन्देश दिनुका साथै मानवतावादी विचारको अभिव्यक्त गर्नु हो । प्रस्तुत उपन्यास तृतीय पुरुष दृष्टिविन्दुमा लेखिएको उपन्यास हो जहाँ उपन्यासको घटना लेखकद्वारा बताइएको छ । प्रस्तुत पहेँलो घाम उपन्यासमा स्थानिक परिवेश अन्तर्गत दोलखा, काठमाडौ, भक्तपूर, पोखरा, चरिकोट, लाङटाङ, कालिन्चोक, सन्द्रावती, लापिलाङ, अमेरिका आदि स्थानहरू उल्लेख गरिएका छन् भने कालीक परिवेश अन्तर्गत करिब आठ वर्षको घटना रहेको छ । त्यस्तै पारिस्थिक परिवेश अन्र्र्तगत आमेरिकाको विभिन्न स्थानहरू, राजमार्ग छेउको होटन, शिवाको अफिस, स्वयम्भू, चन्द्रागिरि, मादिकोटको पातलेटार, खोलाछेउ, फाँटको पूर्व र दक्षिणमा ठडिएको पहाड आदि रहेका छन् । समग्रमा प्रस्तुत पहेँलो घाम उपन्यासलाई विभिन्न विधागत तत्वहरूका आधारमा विश्लेषण यस परिच्छेदमा गरिएको छ ।
५.२. निष्कर्ष
प्रस्तुत पहेँलो घाम उपन्यास जनयुद्ध र त्यसपछिको समयमा छापामारहरूले भोग्नुपरेको दुःख सुखका घटनामा केन्द्रीत भएर लेखिएको उपन्यास हो । जनयुद्ध पश्चातको समयमा योद्धाहरूको जीवन र तिनीहरूका परिवारजनको दयनीय अवस्थाको बारेमा प्रस्तुत उपन्यासमा छर्लङ्ग पारिएको छ । समग्रमा विष्णु भण्डारीको पहेँलो घाम उपन्यासको विधातात्विक अध्ययनबाट प्राप्त निष्कर्षलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
(१) विष्णु भण्डारी प्रगतिवादी लेखक हुन् ।
(२) भण्डारीको सूक्ष्मदेखि वृहत रूपसम्मको विषय सन्दर्भलाई केलाउँदा उनी मूलतः परिवर्तनको पक्षमा लेखिरहने स्रष्टा हुन् ।
(३) पहेँलो घाम उपन्यास जनयुद्धलाई सकारात्मक कोणबाट लेखिएको उपन्यास हो ।
(४) पहेँलो घाम समाज, राजनीति र प्रेमको त्रिकोणात्मक सम्बन्धको कथामा बुनिएको उपन्यास हो ।
(५) माओवादी आन्दोलन नै पहेँलो घामको अवस्थामा पुगेकाले उपन्यासको नाम पहँेलो घाम रहेको हो ।
(६) प्रस्तुत उपन्यासको शीर्षक पहेँलो घाम एक प्रतिकात्मक नाम हो । जसले रातो हुन अपेक्षित घाम पहेँलिदै गएको सङ्केतले माओवादी भित्रको सैद्धान्तिक र ब्यावहारिक विचलनलाई प्रस्तुत गरेको छ ।
(७)चारित्रिक संरचनाका आधारमा प्रस्तुत उपन्यासलाई बहुपात्रीय उपन्यासका कोटीमा राख्न सकिन्छ ।
(८) शिवाको साहस, प्रतिरोधी चरित्र र आशावादिताले नै उपन्यासका अन्य पात्रहरूलाई बाँधिराखेको छ ।
(९) प्रस्तुत पहेँलो घाम उपन्यासमा शिवा मार्फत जनयुद्धमा महिला र जनजातिको बलियो सहभागिताको कथा प्रस्तुत गरेको छ ।
(१०) युद्धमा वीरतापूर्वक लडेको सीमान्त वर्गलाई पार्टीले सत्तामा पुगेपछि बेवास्ता गर्न थालेको चित्र प्रस्तुत उपन्यासले समेटेको छ ।
(११) प्रस्तुत उपन्यास मार्फत पूर्व छापामारहरू राज्य र पार्टीले अयोग्य प्रमाणित गर्दैमा हामी अयोग्य हुदैनौँ भन्दै सिर्जनशील कृषि फारम सञ्चालन गरेर आपूmहरू योग्य भएको प्रमाणित गरेका छन् ।
(१२) अयोग्यहरूले सामूहिकतालाई जोड दिई जीवनलाई सहज बनाउनुका साथै भ्रष्ट नेतासँग वहसमा उत्रिएका छन् ।
(१३) उपन्यासमा आफ्नो जीवन पार्टी र उसले सञ्चालन गरेको युद्धमा साहसपूर्वक लडेका कार्यकर्ताले शान्ति प्रक्रियापछि पाएको दुःख र पीडाको मार्मीक चित्र प्रस्तुत गरिएको छ ।
(१४) पहेँलो घाम अहिलेको यथार्थ हो अन्त्य होइन ।
(१५) प्रस्तुत पहेँलो घाम मार्फत पहेँलो घाम सृष्टिको अन्त्य होइन सुरूवात हो भन्ने सन्देश देखाउन खोजिएको छ ।
(१६) पहेँलो घामजस्तै उर्जाहीन आन्दोलनबाट महान् उद्देश्य प्राप्ती गर्न सम्भव छैन त्यसका लागि फेरी त्याग र उत्सर्गको आवश्यकता पर्दछ ।
(१७) प्रस्तुत पहेँलो घाम उपन्यास मार्पmत जनताको त्याग, तपस्या र बलिदानबाट बनेको राजनीतिक पार्टीलाई सीमित नेताको पेवा बन्न नदिन आग्रह गरिएको छ ।
(१८) युद्ध लड्न योग्य व्यक्तिलाई राज्य र पार्टीले अयोग्य बनाएपछि माओवादी पार्टी पहेँलो घाम जस्तै उर्जाहीन बन्दै गएको देखाइएको छ ।
(१९) प्रस्तुत उपन्यासमा समाजमा हुने गरेका यौनहिंसाका घटनालाई स्पष्टसँग देखाउन खोजिएको छ ।
सन्दर्भ सामग्री सूची
अनुरागीे, कला (२०७२), पहेँलिदै गएको क्रान्तिको कथा, अन्नपूर्ण पोष्ट (२०७२ माघ ३), । http://annapurnapost.com/News.aspx/story/25262#sthash.FfYm7wBp.dpuf .
…………… (२०७२), बुक : टक— ‘कतिले भने ‘सेक्स सिन’ दिएको उपन्यास कसरी प्रगतिवादी हुन्छ ।’ http://www.ratopati.com/interview/30087 .
गौतम, सुशीला (२०६९), नयाँ घर उपन्यासको विधात्विक अध्ययन, स्नातकोत्तर शोधपत्र : त्रि.वि., त्रि–चन्द्र बहुमुखी क्याम्पस ।
ढकाल, चित्रा (२०७१), अन्तर्मुखी उपन्यासको कृतिपरक अध्ययन, स्नातकोत्तर शोधपत्र : त्रि.वि., पृथ्वी नारायण क्याम्पस ।
ढकाल, ध्रुवराज (२०७०), विष्णु भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्व, स्नातकोत्तर शोधपत्र : त्रि. वि., नेपाली केन्द्रीय विभाग, कीर्तिपूर ।
तामाङ, कल्पना (२०७१), युद्व बोकेको सिताङ उपन्यासको विधातात्विक अध्ययन, स्नातकोत्तर शोधपत्र : त्रि. वि., त्रि–चन्द्र बहुमुखी क्याम्पस ।
पोख्रेल, टीकाराम (२०६८), ऐतिहासिक उपन्यास : सिद्धान्त र स्वरूप, डायमन शमशेर राणा साहित्यिक प्रतिस्ठान ।
पौड्याल, महेश (२०७२), पहेँलो घाम : एक आख्यान विद्रोह, http://www.enayapatrika.com/2016/02/52065 .
प्रधान, कृष्णचन्द्रसिंह (२०५२), नेपाली उपन्यास र उपन्यासकार, (ते.सं.) ललितपुर : साझा प्रकाशन ।
बराल कृष्णहरी र एटम नेत्र, (२०६६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, (ते.सं.) ललितपुर : साझा प्रकाशन ।
भण्डारी, विष्णु (२०६३), फेरी अर्को तारा खस्यो, काठमाडौँ ः शैलवी प्रकाशन ।
……………. (२०६३), देश जागेको बेला, काठमाडौँ : हंशराज वाग्ले ।
……………. (२०६७), उत्सर्ग, काठमाडौँ : अक्सफोर्ड इन्टरनेशनल पब्लिकेशन प्रा. लि. ।
……………. (२०६९), घाइते ह्विलचियर, काठमाडौँ : शैलवी प्रकाशन ।
……………. (२०७२), पहेँलो घाम, काठमाडौँ : प्राइम बुक्स प्रकाशन ।
वानियाँ राजकुमार (२०७२), माओवादी छायामा, कान्तिपुर : (२०७२ फाल्गुन २९) । http://kantipur.ekantipur.com/printedition/news/2016-0312/20160312102027.html.
विवेक, एस वि (२०४५) विद्रोहको छाल, (दो.सं.) रक्तकाली : ऐश्वर्य छापाखाना ।
…………….. (२०४५), ब्वाँसोको अन्त्यको खेल, रक्तकाली : ऐश्वर्य छापाखाना ।
श्रेष्ठ, दयाराम र अन्य (२०६३), नेपाली साहित्यको संक्षिप्त इतिहास, (आ.सं.) ललितपुर : साझा प्रकाशन ।
शर्मा, मोहनराज र खगेन्द्रप्रसाल लुइँटेल (२०६६), शोधविधि, ललितपुर : साझा प्रकाशन ।
संगम, फणीन्द्र (२०७२), केही साथी मसंग धेरै खुसी छैनन्, साप्ताहिक शुक्रवार ।
सुवेदी, राजेन्द्र (२०६४), नेपाली उपन्यास : परम्परा र प्रवृत्ति, काठमाडौं : साझा प्रकाशन ।
(समाप्त)