~रामप्रकाश पुरी~
१
“दास होइन तिम्रो म, बाँच्ने छैन झुकेर म ।
पेट भर्दिन मागेर, खान्न केही ढुकेर म ।।”
२
अलेरी बोल्न थाल्दामा अजर साथमा थियो ।
औंलो मुखमा घोचेर, अलेरी हाँक यो दियो ।।
३
दुई साथी थिए के भो, तिनको हाल सोधन ।
यो बुझ्न नजिकै पुग्दा, पोख्थ्यो अजर रोदन ।।
४
सुनियो छलको बोली लोलीका गोलि नक्कली ।
भन्दै थियो आस्था मार, त्यही हो काम सक्कली ।।
५
“अलेरी भेट भो हाम्रो भाग्यको भन्छु खेल हो ।
भाग्यले मेट्छ आस्था यो, माग्यमै हुन्छ भेल यो ।।
६
नफाल खेर आस्थामा, जीवन यो अमूल्य छ ।
समाऊ सुखको बाटो, इन्द्रको स्वर्गतुल्य छ ।।
७
संगैको साथ हो हाम्रो, कहाँ छु मा तिमी कहाँ ।
माया लाग्छ मलाई छ, प्यारले भन्छु है यहाँ ।।
८
जब अजर यो बोल्यो, अलेरी ठान्छ ख्याल हो ।
ठट्टामै गाविल ग¥यो, जो चोट पुग्छ स्यालको ।।
९
“भाग्य जंघार हो तिम्रो, निशामा बग्छ त्यो कतै ।
त्यही जंघारमा बग्छ, अनि मर्दछ त्यो कठै ।।
१०
त्यही जो छैन पक्कै त्यो, हो त्यो जंघार। झैं यहाँ ।
निशा झैं हुन्छ त्यो बेला, मर्दछ आशमा यहाँ ।।
११
भाग्य जीवन होला के, को बनाउँछ त्यो भन ?
भन कहाँ छ त्छयो भाग्य, को देखाउँछ त्यो तन ??
१२
जालीको जाल हो भाग्य, पसिना चोर्छ दीनको ।
सत मार्दछ आस्थाको, त्यो घाती हुन्छ हीनको ।।
“विचरण महाकाव्य” बाट
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३ – Nov. 28, 2012 – २०६९ मंसिर १३ गते बुधबार)