~महानन्द ढकाल~
जन्मैदेखि दूधका धारा मलाई पिलायौ
निर्धक्क भई दगुर्न सक्ने जीवन दिलायौ
हर्ुकायौ मलाई सुसार गरी छोरो हो भनेर
सपना देख्यौ प्रगति राम्रो गर्ला कि भनेर ।
फकाइवरी स्कूल जान मलाई सिकायौ
छोराका निम्ति जीवन आफ्नो दुःखमै बितायौ
फोहोरबाट बचायौ स्वच्छ जीवन तुल्यायौ
मायाले पाल्यौ यो छोरालाई मायामै हुर्कायौ ।
म भोको हुँदा आफूले केही नखाई खुवायौ
कहिले राती अनिदो बसी मलाई सुतायौ
छोराका निम्ति अनेकौ दुःख तिमीले उठायौ
दुखमा पनि सन्तोषी बनी सुमार्ग देखायौ
आमाले सधैं सन्तानलाई बालकै देख्दिछिन्
जेसुकै हओस् भविष्य उसको राम्रो होस् भन्दछिन्
आमाका सामु झुक्दछन् हिमाल गुनासो सुनेमा
संसारै राम्रो देखिन्छ उनी प्रसन्न रहेमा ।
प्रतिज्ञा गर्छ आज तिम्रो काखमै रहेर
यर्थाथ कुरो बुझाउँछु हरेक घरघर गएर
सृष्टिमा ठूलो शक्ति हुन् आमा यो कुरो बुझ है
जीवन दिने आमाका निम्ति केही त गर है ।
आमाका निम्ति जुन् छोरो यहाँ निष्ठूर बन्नेछ
नसोची केही ती आमालाई दर्ुवाच्य भन्नेछ
त्यस्ताले यहाँ कहिल्यै पनि पाउँदैन शरण
अनेकौ दुःख पाएर मर्छ कुकर कै मरण ।
महानन्द ढकाल
कोहलपुर -१२, बाँके ।