कविता : समय र सिगरेग

~अनुष्कर पुष्कर गुरुङ~

बुंग बुंग तानेको सिगरेटको धुवा सरह
मानव जिन्दगी रहेछ
सिगरेटको समय क्षनरमा उड़ेर जाने

समय पनि बिस्तार बिस्तार बितेर जान्छ
सिगरेट र समय के हो त
सिगरेटको समय मानव जिवन हो
जसरी सिगरेटको धुवा बल्दै जान्छ
बिस्तार बिस्तार सल्केको समय
अनि पुग्छ फिल्टरमा
मानव जीवन पनि बिस्तार बिस्तार
सिगरेटको फिल्टरमा पुग्छ
तब मानवले पनि केहि समयमा मृत्युमा लिन हुन्छ
सिगरेट र समय भनेको
मानव जीवन रहेछ
सिगरेटको टुप्पोमा नै मानवले केहि समयमा
नाच्दै ,रमाउदै केहि लक्षय हासिल गर्नु पर्दो रहेछ
सिगरेट भनेको मानव जीवन रहेछ
सिगरेटको फिल्टर भनेको मानवको
अन्तिम समय रहेछ
सिगरेटको समयमा मानव जीवनले
केहि असल कर्म गर्नु पर्दो रहेछ
सिगरेटले मानवलाई भित्र भित्र खिहाउछ भन्छ
तर
म भन्छु सिगरेटले समयको अमुल्य क्षनको सन्देस दिदो रहेछ
सिगरेट र समय भनेको
मानव समय रहेछ !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.