~शशीकला थापा सुब्बा~
म त डुब्ने घाम थिएँ जून सँगै उदाइ दिएँ
आफ्नो मन दुखाएर तिम्रो चित्त बुझाई दिएँ
बन्द थिए ओठहरु छात्तीभरी आँधी थियो
आँखा रसाएर आँसु झर्न मात्र बाँकी थियो
तिमीले हास्न चाहेपछी मैले आँसु लुकाइदिएँ
यो जुनीमा साथै थिए तिमी आँफै टाढा भाग्यौ
भगवानलाई साक्षी मानी फेरी अर्को जुनी माग्यौ
तिम्रो इच्छा अघि मैले आफ्नो शिर झुकाइ दिएँ
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)