गीत : चौबाटो

~दुर्गा कार्की~

झरी पछी उदाएको इन्द्रेणी पो हो कि ?
पुर्णिमाको जून हो कि, औँसीको जुनाकिरी ?
हुन्न हुन्न भन्ने कुरा, गरुँ गरुँ लाग्छ
अडिन्न मन एकै ठाउँँ, जता पनि भाग्छ ।

कैले उड्छु चङ्गासरी, सगरमाथा छुन्छु
कैले फेरी कुहिरो भित्र, काग झैँ हराउँछु
परेलीमा रहर नाच्छन्, चञ्चल हुन्छ मन
मै पो उस्तो हुँँ कि साथी, उमेर उस्तो भन ।

शब्द : दुर्गा कार्की
स्वर : बुनु घिमिरे / दुर्गा कार्की
सङ्गीत : बुनु घिमिरे
रेडियो नाटक “चौबाटो” – तन्नेरी र तन्नेरी हुँदै गरेकाहरुको कथा ।

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.