कविता : आमा

~आविष्कार कला~

हे आमा
हे आमा
तिमी
नेपाल आमा
किन आमा
तिम्रो क्षेत्रफल घट्दै छ
तिमी त सगरमाथा जस्तो
चुलिन पर्ने होइन र ?

पानी त सागर छुनलाई तल झर्छ आमा
तर आमा
तिम्रो सीमा किन झर्दैछ ?
हो आमा
तिमीलाई पीडा छ
सन्तान भनाउँदाहरु रगतको होली खेल्दैछन्

आमा तिम्रो शरीर
विस्तारवादले काट्दैछ
आमा तिमी त
वैशको उमेरमा छिनेको कम्मर
र कालो केश हुने बेलामा
दुब्लाउँदै सेता फुलेका केश देखाउँछौ

आमा
तिमी
दुब्लाउँदै सुक्दै गए
के हामी रहौंला र ?
हामी हेरिरहने छैनौं आमा
पीडालाई आक्रोशमा बदल्दै
हामी जस्ता छोराछोरीहरु
उठ्ने छौं
हो, आमा
तिम्रो रक्षार्थ हामी
ज्वालामुखि भई फुट्ने छौं

–रसपुरकोट–७, प्यूठान

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २ – Nov. 21, 2012 – २०६९ मंसिर ६ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.