~किरण खरेल~
जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू
केही भुल गरेझैँ लाग्छ मलाई
केही पाप गरेझैँ लाग्छ मलाई
जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू – २
मैले तिमीलाई माया गरे तिमीले अचानक आशु बगायौ
आफ्नै ठानी आशु पुछे तिमीले के के अर्थ लगायौ
मेरो पूजाले मूर्ती रुवाउँछ भने
अपराध गरेझैँ लाग्छ मलाई
जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू – २
तिम्रो प्रगति तिम्रो खुसी तिम्रो विजय हेर्न म आए
आफ्ना सारा माया बाली तिमीलाई ज्योति छर्न म आए
मेरो बत्तीले धोखा दिन्छ भने
अन्याय गरेझैँ लाग्छ मलाई
जब जब आउँछ आँखा सामु तिमी रोएका दृश्यहरू – २
शब्द : किरण खरेल
सङ्गीत \ स्वर : शिवशङ्कर मानन्धर
(पछि प्रेमध्वज प्रधानको स्वरमा रेकर्ड गरिएको )