कविता : कामरेड सित मेरो केमिस्ट्री मिल्दैन

~प्रा. डा. बद्रीविशाल पोखरेल~

माक्र्स बाजे राता मान्छे हुनु असल मान्छे बन्नु हो भन्थे
तिमी त कमसल लायक पनि ठहरिएनौ
मदनले जनताको मन जित्ने कुरा गर्थे
तिमी त आस्थाको आधार र धारमाथि आक्षेप बर्साउँछौ
त्यसैले कमरेड सित मेरो केमिस्ट्री मिल्दैन

तिमी गाउँ घरमा कहिल्यै विमोचित भएनौ
तिमी आफ्नै छरछिमेकमा गुमनाम छौँ, बदनाम छौ
तिमीले बढप्पनको ढाँचा कहिल्यै छाडेनौ
तिमीले भातका लागि गर्नु अपहत्ते ग¥यौ
वर्तमानमा भोक खपेर भविष्यको लाल पुष्पपथ तिमीले कहिल्यै देखेनौँ
सदाकाल भात भात जप्यौ
भात भोलि नर्क हुन्छ
भविष्यले आस्थाको शिखर चुम्छ,
यो कुरा चर्मचक्षुले कहिल्यै देख्दैन
त्यसैले तिमी कमरेड सित मेरो केमिस्ट्री मिल्दैन

तिमी प्राज्ञ,तिमी टिपेसज्ञ
म अज्ञ, म अल्पज्ञ
तिमी पुरस्कृत, म तिरस्कृत
तिमी वरिष्ठ नेता, म कनिष्ठ कार्यकर्ता
तिमी अधिकारी म पधिकारी
तिम्रो ल्यागतको कुरा अहिले नगरौँ,
तिमीमा त सामान्य लिहाज सम्म पनि देखिएन
कालीदास झ्यालीदास भएको मलाई पटक्कै मन परेन
त्यसैले कवि कामरेड सित मेरो केमिस्ट्री मिल्दैन

तिमीले जबजलाई सिर्फ जाप ठान्यौ
जबजको ज्यानमाथि पटकपटक खेल्यौ
म त जबजको जिन हुँ
तिमीले सपनामा सरापेको पनि म चाल पाउँछु
तैपनि अज्ञानी सित म धेरै रिसाउन्न
त्यसैले कामरेडसित मेरो केमिस्ट्री मिल्दैन

तिमी नेतामुखी,नाकमुखी र नश्लमुखी
तिमीलाई सिर्फ जात,भात र भतिज भए पुग्छ
म नीतिमुखी, सूर्यमुखी र उध्र्वमुखी
मैले आफैँ बलेर गाउँबस्ती उज्यालो पार्नुछ
तिमीलाई आफैँ मात्र धोती फेर्न भ्याइ न भ्याइ छ
म कलकलाउँदो सङ्लो पानी
तिमी मुहानलाई मैलो बनाउने बेइमानी
मसित तिम्रो कुनै लक्षण मिल्दैन
त्यसैले कामरेड सित मेरो केमिष्ट्री मिल्दैन

तिमी तरबार कट्टी,म मल्हम पट्टी
तिमी कुरुप छेक,म कलात्मक हस्तक्षेप
तिमी छिनछिनमा हलचल,म अविरल अविचल
तिमी शस्त्र, म शास्त्र
तिमी संहार म सम्भार
तिमी कसैको बुइ, म आफ्नै भुइँ
तिमी आस्थाको नक्कली,म आस्था सक्कली
तिमीसित मेरो सक्कली नातो कहिल्यै गाँसिएन
त्यसैले कामरेडसित मेरो केमिस्ट्री कहिल्यै मिलेन

काङ्ग्रेस सित पनि मेरो केमिस्ट्री मिल्दैन
म तराइ मधेस भलबाढीमा बग्नै लागेको थिएँ
तिमी ओलीआली भएर थुन छेक गर्नै आएनौ
तिमी त उल्टै म सितै बग्नबग्न खोज्दै थियौ
तिनबित्ता उफारियौ र कहिल्यै नउठ्ने गरी थचारियौ
अहिले पनि बेला छ,अबेला नगर
तिमीलाई जहिल्यै पनि संगत र संगति चिन्न गाह्रो परेछ
त्यसैले तिमी काङ्ग्रेस सित पनि मेरो केमिस्ट्री मिल्दैन
तिमी कामरेड सित मेरो केमिस्ट्री मिल्दैन

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.