~केपी अनमोल~
तिमी भन्छौं म मात्रै नेपाली, मेरो मात्रै देश
म भन्छु हामी सबै एक
यस मै समानता खोजौ
हो, त्यसैले त म धोती, तिमी नेपाली ।
तिमीलाई तिम्रो नाम पछाडी झुन्डिएको
अक्षरमा गर्भ लाग्छ,
तर मलाई नेपाली लेख्नमा ।
हो, त्यसैले त म धोती, तिमी नेपाली ।
म एक ब्यतmी, एक समुदायका लागि होइन
सिंगो देश विकशित होस भन्छु
तिम्लाई आफ्नो जात भए पुग्यो
हो, त्यसैले त म धोती, तिमी नेपाली ।
हो म मधेषीका लागि बोल्छु
थारु आदिवासीका लागि लेख्छु
तिमी मलाई समाज भडुंवा देख्छौं
हो, त्यसैले त म धोती, तिमी नेपाली ।
राज्य एक जातको होइन समृद्धिको देउ
आँशु गरिबका देख, गोहीका होइन
यस्तो भन्दा तिमी पाखुरी सुर्खेछौं
हो, त्यसैले त म धोती, तिमी नेपाली ।
मधेष जल्दैछ,थारु कट्टी भन्दै रिसाएर टुक्क बसेका छन्
दलित महिला, आदिवासी आस मै छन् फेरि
तिमी भन्छौं, यी सबै संविधान बिरोधी ।
हो, त्यसैले त म धोती, तिमी नेपाली ।
हो घरमा त सबैको चित्त बुझाउन सकिन्न
तर, सबै बिच्कीए भने घर नै बरबाद हुन्छ
तिमी भान्से हुँ भन्दै डाडु पनिउँ छोड्दैनौं
हो, त्यसैले त म धोती, तिमी नेपाली ।
हेर समय अझै छ, थप बिग्रनबाट जोगाउ
मुली तिमी नै छौं,सम्झएर भित्र्याउ घर
भाइ फुटे गवार लुटे भुल्यौ तिम्ले
हो, त्यसैले त म धोती, तिमी नेपाली ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)