कविता : बहादुर सिंह

~क्रान्ति शिखर~

सिंहदरबार
तिमीहरू त बहादुर सिंह
चौरासी ब्यञ्जनका लागि
मलजल गर कुर्सीको तिमी
हामी आटो र गुन्द्रुकका लागि मलजल गर्छौ
किनकि यो अर्गानिक हुन्छ

सिंहदरबार तिमीहरू
सजीव हौ या निर्जीव
आवाज आउँदैन धर्तिमाता लुटिँदा
हामी त रगत बगाउन तयार छौँ
किनकि हामी त बहादुर सिंह हौँ

सिंहदरबार तिमीलाई
देशको माया छ या गाडीको
झण्डाले गाडी सजाउँछौ
या गाडीमा झण्डा बोक्छौ
हामी त बहादुर सिंह हौ
देशको झण्डा हातमा फरफराउँदै हिड्छौँ

सिंहदरबार तिमी
सक्छौ आगो बाल व्यवहार पकाउनका लागि
सक्दैनौ
हामी बहादुर सिंह छौँ
काचा दाउराबाटै अगो बाल्छौँ
व्यवहार पकाएरै देखाउछौ देश र जनतालाई

समय र जनता उत्तर खोजेको छ
होइन, पुरानो शासकीय रीति
बहादुर सिंहहरु व्यवहार खोजेका छन्
अवधारणा मात्र होइन ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक २३ – May 4, 2016 – २०७३ बैशाख २२, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.