~‘अभिलाषी’ शारदा राई~
म निर्दाेष छु ईनिस्पेक्टर साहेब
मैले केही बिराएकी छुईन
मैले कसैलाई मारेकी छुईन
अनि मैले कसैकाे हत्या गरेकी छुईन
मैले त मेराे शरीर माथीकाे त्याे
गिद्धे नजरलाई हटाएकी हुँ
अनि नारी माथीकाे अपबित्र चरम त्याे
फाेहाेरि ब्यबहारकाे मुल उखालेकी हुँ
धर्तिकाे बाेज अहम पुरुषकाे अन्त्य गरेकी हुँ
हाे ईनिस्पेक्टर सहेब म निर्दाेष छु!!
जब जब म मेराे निवास बाट निस्कन्थेँ
कुनै यात्रा गर्न अनि पुग्दथेँ केही टाढा
भेट्दथेँ पाटी पाैवा अनि चाैताराहरु
देख्दथेँ सुनाैलाे दृश्यहरु रम्दथेँ म त्यहीँ
तब तब तिनै बिच गाेरेटाेहरुमा
मलाई गिद्धे नजर लगाउने तिनै राक्षस थिए
पुरुषत्वकाे खुलेयाम दादा गिरी देखाई
नारि माथी सन्सनि पुर्ण राक्षसि अाँखा गाड्दथे
र म जस्ता कैयाैँ नारीकाे लास झाडीमा फ्याक्दथे
हाे त्यसैकाे बद्ला लिएकी हुँ मैले
अनि मेराे सुरक्षा म अाफैँले गरेकी हुँ
हाे ईनिस्पेक्टर साहेब म निर्दाेष छु!!
जब म पाँच पटक सम्म बलत्कारकाे फन्दामा परेँ
त्यसैकाे जबर्जस्तीमा तिर्खा मेटाई दि रहेँ
अनि पटक पटक न्यायालय धाई रहेँ
मलाई न्याय दिलाईदिनुस्
म सुरक्षित बन्न चाहान्छु
म त्याे राक्षस बाट छुटकारा चाहान्छु
यस्तै अावाज बारबार उठाई रहेँ
तर अहँ!
मेराे अावाज तिमीहरुकाे कानमा कहिल्यै परेन
सुनेर पनि नसुने झैँ बेमत्लबी बन्याै
त्यसैले त मैले अाफ्नाे सुरक्षा अाफैँ गरेँ
हाे म एक धर्तिकाे महान नारी थिएँ
धाउन छाेडे न्यायालय सुनाउन छाेडे पिडाहरु
र निर्णय गरे अाफै पुरुस्वार्थकाे अन्त्य गर्ने
अाज धर्तीकाे एक बाेझ हटाउँदा
भार तिमीलाई भयाे ईनिस्पेक्टर
र खुलेयाम अखबारमा छाप्दैछाै
महिलाले पुरुषकाे हत्या गर्याे
हत्यारालाई कार्बाही हुन पर्याे भनी जुलुस उठायाै
अब हेर्दै जाउ तिम्राे पनि अन्त्य गर्नेछु
किनकि तिमी पनि त्यहि नारी बिरुद्द
अन्याय गर्न तल्लिन कानुनि ब्वाँसा हाै
र फेरी पनि भन्ने छु तिम्राे स्वर्गिए त्याे लासलाई
हाे ईनिस्पेक्टर साहेब म निर्दाेष छु!!
हाे म निर्दाेष छु!!
– बिराटचोक मोरङ