~सङ्गीत श्रोता~
त्यता के–के हुँदै छ, यता बाढी पसेर
फेरि हामी दुःखीकै खायो मुटु–कलेजा
हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार
चरी लैजा समाचार, हामी भयौँ बेघरबार !
आँधी र हुरी आउँछ कहिले पानी र असिना,
हीना र मिना पार्दछ फेरि दुःखीकै पसिना
सुखी ज्यानलाई कस्तो छ, यता पहिरो पसेर
फेरि हामी दुखीकै खायो मुटु कलेजा
हामी भयौँ बेघरबार चरी लैजा समाचार
शब्द \ सङ्गीत : सङ्गीत श्रोता
स्वर : अन्जान बाबु , सङ्गीत श्रोता