बहरबद्ध गजल : भन्नलार्इ भने भैगो

~जीवराज बुढाथोकी~

भन्नु थियो भन्नलार्इ भने भैगो ।
जानु थियो आफ्नु बाटो गए भैगो ।

जान्छ के नै मर्छ मान्छे तरी आँखै,
बाँच्नलार्इ एक मुठ्ठी बचे भैगो ।

ज्यान फाली गर्नु के नै कुमार्गी भै,
ढुक्क संगै मात्र चुल्हो बले भैगो ।

राख्नु साँची भन्छ मान्छे थुपारी धन,
खान्छ अर्कै खर्च आखिर टरे भैगो ।

सुन्छ कस्ले बुझ्छ कस्ले र काँ भन्नु,
जे छ पीडा दुःख बिर्सी रहे भैगो ।

बहरः कलीब
सुत्रः २१२२ २१२२ १२२२

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं
२०७२।०३।२४

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.