गजल : फुलेको हेर्न मन छ

~बद्री बाबु पोखरेल~

अब त तिम्रो पेट फुलेको हेर्न मन छ
आगनिमा लालाबाला डुलेको हेर्न मन छ

म सधैँ कमाउने ,कामले व्यस्त हुन्छु
तिमी छोरा छोरी सँग भुलेको हेर्न मन छ

म खन् जोत गरुँला ,तिमी बीउ रोपौला
खेतै भरी धान्का बाला झुलेको हेर्न मन छ

दु:ख गरे एक दिन ,सुख मिल्ला नि बुढी
हाम्रा खुसीका फूल फुलेको हेर्न मन छ

सधैँ एकैनास शायद ,हुँदैन जीवन पनि
सम्भावनाका धेरै ढोका खुलेको हेर्न मन छ

बद्री बाबु पोखरेल
घिरिङ्ग -1 तनहुँ
हाल -पोर्तुगल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.