कविता : दोषी जिन्दगी

~ऋतिक यादव~

हे जिन्दगी !
तिमीले मेरो मानवताको अजिब कला बगाइदियो ,
अहङ्कारको खाल्डोमा एक्लो छाडेर ,
कल्पनाको आजीवन भक्त बनाएर अल्झाइदियो ,
आत्माले कहिले सन्तुष्टि पाएन ,
विभेद र बिचल्लीको खुल्ला देशमा मलाई पठाइदियो ,
मधुरताको कठोर दिवार तोडेर ,
स्वार्थको भुमरीमा सदाका लागि मलाई अड्काइदियो ,
योगी भएर तपस्वी बन्ने चाहना रहेन ,
सस्तो लोकप्रियताको पछि दौडने चम्चा नै बनाइदियो ,
भ्रष्टाचारका सच्चा प्रेमी बनाएर ,
शंकाउपशंकाको संवाहकको उच्च वरियता दिलाइदियो ,
सत्यताको भाव सकुशल रहेन ,
झुटा समाजवादको सर्वश्रेष्ठ पक्षपाती बनाइदियो ,
असली क्षमता निराकरण गरेर ,
पुँजीवादी संस्कारको शोभाले खुब उपर उठाइदियो ,

– ऋतिक यादव
सिम्रौनगढ-१०,बारा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.