कविता : दौँतरी

~रबिन पुरि~

तिमीले त बिर्सेयु कि ,
के हो साथी ?
छैन है मैले बिर्सेको
कता गयौँ आजभोलि
खै त मलाई खोजेको ?

थाहा छ तिमीलाई,
सँगै हामी खेलेको ?
गाई वस्तु , दाउरा गाँस
सँगै सँगै गरेको !

चौतारीमा दिनै भरी
गट्टा र चोर पुलिस खेलेको !
देवीको मन्दिर छेउको
वर को हाँगो झरेको !!

याद छ है मलाई त अझै
लुकामारी खेलेको !
कता गयौँ आज भोलि
लाग्छ है मलाई बिर्सेको !!

तिम्रो चिनो छ म सँग
जतन गरी राखेको !
सम्हालेर राखी रहन्छु
तिमीले माया गरी दिएको !!

कहाँ छौ आज भोलि
छिट्टै खबर पठाइ देऊ !
आफ्नो ज्यानको ख्याल गर्नु
मलाई माया नमारिदेउ !!

तिमिनै हो मेरो
बाल्यकालको साथी !
तिमि नै हो मेरो
बालापनको दौँतरी !!

रबिन पुरि
हाल Ras Al khaimah ,UAE

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.